हाम्रो जनकल्याण साकोसको आयोजनामा माध्यमिक विद्यालयस्तरीय दौड प्रतियोगिता सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो जनकल्याण साकोसको आयोजनामा माध्यमिक विद्यालयस्तरीय दौड प्रतियोगिता सम्पन्न

दोलखा । खेलकुदमार्फत सदस्यको समृद्धि र उत्कृष्ट साकोसको सन्देश जिल्लादेखि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यका साथ हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था (साकोस) ले कक्षा ८ देखि १० कक्षामा अध्ययनरत विद्यार्थी सम्मिलित लामो दुरीको दौड प्रतियोगिता आयोजना गरेको छ । 

दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा आयोजित दौड प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बचत तथा ऋणको कारोबार मात्र नभई खेल क्षेत्रमा पनि योजनाबद्ध कार्यक्रमका साथ दौड प्रतियोगिता आयोजना हुनु र त्यसमा पनि विद्यार्थीहरुको सहभागिता गराइनुले आगामी दिनमा एथ्लेटिक्स क्षेत्रमा जिल्लाको सहभागिता सुनिश्चित गर्न सहयोग पुग्ने बताउनुभयो । छात्रछात्रा सहभागी हुँदा सामाजिक समावेशीकरणमा समेत राम्रो सन्देश गएको बताउँदै प्रमुख जिल्ला अधिकारी पोखरेलले सहकारीहरुमा वित्तीय अनुशासन र सामाजिक अनुशासनका लागि समेत कार्यक्रम उदाहरण हुनेमा जोड दिनुभयो ।

भिमेश्वर नगरपालिकाका १५ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट १५/१५ जना सहभागी भएकोमा छात्रतर्फ दुई हजार र छात्रातर्फ सोह्र सय मिटरको दुरी कायम गरिएको दौड प्रतियोगितामा छात्रातर्फ सर्व मावि जिलुकी सलिना श्रेष्ठ प्रथम, क्षमावती मावि सुस्माक्षमावतीकी सुस्मिता थामी द्वितीय, कुटिडाँडा मावि मकैबारीकी पुजा तामाङ तृतीय र सुर्के मावि खरिढुंगाकी रितु तामाङले सान्त्वना स्थान प्राप्त गर्नुभएको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिनुभयो ।

त्यसैगरी छात्रतर्फ भिम माविका विष्णु श्रेष्ठ प्रथम, अल्पाइन पब्लिकका आसिस राउत द्वितीय, हिमालय क्राउनका साङगे तामाङ तृतीय र कालिञ्चोक माविका रुपेश तामाङले सान्त्वना स्थान प्राप्त गर्नुभएको थियो । उत्कृष्ट ४/४ जनालाई नगद पुरस्कार सात हजार, पाँच हजार, तीन हजार र एक हजार पाँच सय सहित मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । संस्थाको अध्यक्ष राजन श्रेष्ठले हाम्रो जनकल्याण साकोसको वित्तीय कारोबारमा उत्कृष्टतासँगै सामाजिक क्षेत्रको उपस्थितिलाई पनि उदाहरणीय बनाउन दौड प्रतियोगितालाई निरन्तरता दिएको बताउँदै यस वर्ष हाम्रो जनकल्याणको विद्यालय अभियानमाफर्त समुदायमा पुग्ने योजना रहेको बताउनुभयो ।

दौड प्रतियोगितालाई प्राविधिक रुपमा सशस्त्र प्रहरी बल हेडक्वाटर १८ नम्बर गुल्मले व्यवस्थापन गरेको थियो भने जिल्ला ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा र दोलखा सामुदायिक अस्पतालको सहयोग रहेको थियो । कार्यक्रममा जिल्ला स्थित सहकारी संस्थाका छाता संघका पदाधिकारी, सञ्चारकर्मी, विद्यालयका प्रअ तथा शिक्षकहरु, विद्यार्थी लगायत शेयर सदस्य र अभिभावकहरुको सहभागिता रहेको थियो । संस्थाले २०७६ सालदेखि खेलकुदमा हाम्रो जनकल्याणको योगदान भन्ने सन्देशका साथ विद्यालय स्तरीय लामो दुरीको दौड प्रतियोगिता आयोजना गर्दै आएको संस्थाका सूचना अधिकृत पर्वत न्यौपानेले जानकारी दिनुभयो । 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप