‘क्यूमेल्स’ को तेस्रो एपिसोड सञ्जाल व्यवस्थापनमा केन्द्रीत हुने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘क्यूमेल्स’ को तेस्रो एपिसोड सञ्जाल व्यवस्थापनमा केन्द्रीत हुने

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को अग्रसरतामा नेपालका वित्तीय सहकारीका व्यवस्थापन प्रमुखहरु लक्षित अभौतिक सिकाइ श्रृङ्खला (ई लर्निङ सिरिज–क्यूमेल्स) अन्तर्गतको तेस्रो एपिसोड सञ्जाल व्यवस्थापनका विषयमा केन्द्रीत हुने भएको छ । आउँदो जनवरी १, २०२४ (पुस १६) मा ठीक ११ बजे आयोजना हुने उक्त भर्चुअल कार्यक्रममा सबल र सुदृढ साकोस अभियानको लागि दिगो उपाय सावित भएको सञ्जाल व्यवस्थापनको आवश्यकता र महत्वबारे सिकाइ आदानप्रदान हुनेछ । साकोस अभियानको सञ्जाल ब्यवस्थापनको विषयलाई नेफ्स्कूनले उच्च रणनीतिक महत्व प्रदान गर्दै आएको छ । 

आगामी एपिसोडमा सञ्जाल व्यवस्थापनबारे एशियाली ऋण महासंघ (आकू) का चीफ टेक्निकल अफिसर रञ्जित हिताराची र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले सहजीकरण गर्नुहुनेछ । स्मरणीय छ, एशियाली ऋण महासंघ (अकू) ले पनि सञ्जाल व्यवस्थापनलाई रणनीतिक महत्व दिएको छ । सञ्जाल व्यवस्थापनको माध्यमबाट नै साकोस अभियानको सबलीकरण र सुदृढीकरण सम्भव भएको विश्वास अकू र नेफ्स्कूनले लिदैं आएका छन् । सञ्जाल व्यवस्थापनको विषयमा एशियाली ऋण महासंघका पूर्व प्रमुख कार्यकारी अधिकृत समेत रहनुभएका हिताराचीको विज्ञता रहेको छ ।नेफ्स्कूनको प्राविधिक सहकार्यमा नेफ्स्कून–साकोस म्यानेजर्स क्लबले अंग्रेजी महिना नोभेम्बरबाट क्यूमेल्स श्रृङ्खला सुरु गरेको हो । प्रत्येक अंग्रेजी महिना आयोजना हुने सिकाइ कार्यक्रमको पहिलो श्रृङ्खला नोभेम्बर २ मा आयोजना गरिएको थियो भने दोस्रो एपिसोड डिसेम्बर १ मा आयोजना गरिएको थियो । 

सहभागितात्मक विधिबाट सञ्चालन गरिने उक्त निःशुल्क कार्यक्रममा प्रश्नोत्तरका माध्यमबाट जिज्ञासाहरुको सम्बोधन समेत गरिनेछ । वित्तीय सहकारीका व्यवस्थापन प्रमुखहरुलाई समसामयिक र नवीन विषयहरुमा अन्तर्राष्ट्रिय विज्ञहरुबाट व्यावहारिक समाधानसहितको सिकाइ  उपलब्ध गराउने उद्देश्यले नेफ्स्कूनले पहिलो पटक यस किसिमको श्रृङ्खला सुरु गरेको हो । 
 
भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२३ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप