शिरडी साकोसको समुदायमा सहकारी शिक्षा अभियान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
शिरडी साकोसको समुदायमा सहकारी शिक्षा अभियान 

मोरङ । विराटनगरको शिरडी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पुस २० गते शुक्रबार खार्जी टोलमा सामुदायिक सहकारी शिक्षा, सदस्य भेटघाट तथा विस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सदस्य तथा सम्भावित सदस्यहरु गरी करिब ५० जनाको उपस्थिति थियो। कार्यक्रममा संस्थाको परिचय, संस्थाले संचालन गरिरहेका विभिन्न गतिविधिहरु तथा सहकारी संचालन प्रकृयाका सम्बन्धमा संस्थाका अध्यक्ष बलराम पराजुलीले प्रस्ट पार्नु भएको थियो । कोषाध्यक्ष लोकेन्द्रबहादुर कार्कीले कार्यक्रमको उद्देश्य एवम संचालक समितिको तर्फबाट प्रतिवद्धता र लेखा सुपरीवेक्षण समितिका सदस्य भोला निरौलाले संस्थाको नियमनको सम्बन्धमा धारणा राख्नु भएको थियो ।

कार्यक्रममा उपस्थित सदस्यहरुको विभिन्न जिज्ञासाहरुको संस्थाका अध्यक्षले समाधान गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सहभागिहरुलाइै संस्थाका उपाध्यक्ष भुपप्रसाद बाँस्तोलाले स्वागत मन्तव्य राख्नु भएको थियो भने संस्थाका बचत तथा ऋण व्यवस्थापन समिति सदस्य बलकराम राजबंशीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष बलराम पराजुलीको अध्यक्षता र संचालक समिति सदस्य अर्जुन भट्टराइको संचालनमा सम्पन्न भएको थियो । वर्तमानमा सहकारी संस्थाहरुप्रति देखा परिरहेको आम नागरिकहरुको नकारात्मक धारणा चिर्न समेत कार्यक्रमले सहयोग पुर्याउने विश्वास लिइएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप