राष्टिय सहकारी महासंघको ३१औं वार्षिक साधारण सभा सम्पन्न, ओमदेवी मल्ल अध्यक्ष निर्वाचित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्टिय सहकारी महासंघको ३१औं वार्षिक साधारण सभा सम्पन्न, ओमदेवी मल्ल अध्यक्ष निर्वाचित

ललितपुर । राष्ट्रिय सहकारी महासंघको २०८० पुस २७ र २८ गते सम्पन्न ३१औं वार्षिक साधारण सभाले अभियन्ता ओमदेवी मल्ललाई सर्वसम्मत् अध्यक्ष निर्वाचित गरेको छ । २०५० सालमा स्थापना भएको राष्ट्रिय सहकारी महासंघमा पहिलो पटक महिला अध्यक्षका रुपमा मल्ल निर्वाचित हुनुभएको हो । अन्तर्राष्ट्रिय सहकारी महासंघको सञ्चालक सदस्य समेत निर्वाचित भएर काम विश्व सहकारी अभियानमा काम गरिसक्नुभएकी उहाँ अघिल्लो कार्यकालमा बरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । महासंघको दुबै समिति सर्वसम्मत् निर्वाचित भएको हो ।

महासंघको २५ सदस्यीय (निर्वाचित २४ र एक पदेन) संचालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएको हो ।  संविधानसभा सदस्य समेत रहनुभएकी उहाँले सहकारी अभियानको सुदृढीकरणका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महासंघको वरिष्ठ उपाध्यक्षमा अघिल्लो कार्यकालमा उपाध्यक्ष रहनुभएका रमेश प्रसाद पोखरेल चयन हुनुभएको छ । उहाँ राष्ट्रिय सहकारी बैंकको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । यसैगरी नवनिर्वाचित उपाध्यक्षहरुमा खेमबहादुर पाठक, डि.बि. बस्नेत र इन्दिरा पन्त उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । पछिल्लो संशोधिन विनियम अनुसार पहिलो पटक तीन उपाध्यक्ष कायम भएको हो । बस्नेत नेफ्स्कूनका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।

त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा भिम तुलाचन निर्वाचित हुनुभएको छ । अन्य सञ्चालकहरुमा टेकप्रसाद चौलागाई, हुमाकुमारी जिसी (अन्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भु प्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टिका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दहाल, कमला कुमारी र सुवेदी पौडेल चयन हुनुभएको छ । सञ्चालकहरुमध्ये परितोष पौड्याल नेफ्स्कूनका निवर्तमान अध्यक्ष हुनुहुन्छ भने माधवप्रसाद जोशी निवर्तमान सञ्चालक हुनुहुन्छ ।

लेखा सुपरिवेक्षण समितिको सदस्यहरुमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित हुनुभएको महासंघको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हिमादेवी बस्नेतले घोषणा गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप