हाम्रो गौरब र बेगनास ताल नगरी साकोसका लागि नेतृत्व क्षमता विकास तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो गौरब र बेगनास ताल नगरी साकोसका लागि नेतृत्व क्षमता विकास तालिम

कास्की । कास्कीका हाम्रो गौरब बचत तथा ऋण सहकारी संस्था लि. र बेगनास ताल नगरी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना एवम् नेफ्स्कूनको प्राविधिक सहयोगमा दुई साकोसका नव निर्वाचित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति एवम् उपसमितिहरुको लागि नेतृत्व क्षमता विकास तालिम कास्कीको तालचोकमा पुष २७ गते सम्पन्न भएको छ । 

तालिममा सहकारी मुल्य मान्यता सिद्धान्त, सहकारी व्यवसायको विकास विस्तारमा सञ्चालक समितिको काम कर्तव्य अधिकार, सहकारी दिगोपाना र सुशासन कायम गर्नको लागि लेखा सुपरिवेक्षण समितिको भूमिका, सहकारी विकासका सञ्जालको भूमीका लगायतको विषयमा समूह छलफल, मस्तिष्क मन्थन, प्रश्नत्तोर आदि विधिबाट सहजीकरण गरिएको थियो । तालिममा २ साकोसका २८ जनाको सहभागिता थियो । २ दिने तालिमबाट सहकारी सञ्चालनका तौर तरिका, सञ्चालक समितिको काम, कर्तव्य अधिकारबारे राम्रो बुझाइ भएको भन्दै सहभागीहरुले तालिम प्रभावकारी भएको प्रतिक्रिया व्यक्त गरेका थिए ।

समापन कार्यक्रममा नेफ्स्कूनकी संचालक कमला देवी गिरीले समितिमा आए पश्चात संचालकहरुले हरेक कुराहरु जान्नुपर्ने, सदस्यहरुको बचत को सुरक्षा गर्नुपर्ने, सदस्यको सन्तुष्टिमा अधिक जोड दिनुपर्ने कुरा राख्नुभयो । संस्थालाई ठुलो बनाउने गरी अस्वस्थ प्रतिस्पर्धा गर्नु भन्दा सानै भए पनि स्वस्थतामा जोड दिनुपर्ने, हाल विगतको जस्तो सहकारीहरुमा समस्या आउने अवस्थामा कम भइरहेको, आगामी दिनमा सहकारीको भविष्य उज्जवल रहेकोले सदस्यसँग जोडिने कार्यलाई पहिलो प्राथमिकता दिनुपर्ने कुरा राख्नुभयो । उहाँले पारदर्शी, अनुशासित र इमानदार भएर संचालन गर्नुपर्ने, सदस्यहरुलाई ग्राहकको व्यवहार गर्न नहुने, कार्यविधि निर्माण गरी संस्था सञ्चालन गर्नुपर्ने र संस्थालाई अझ दरिलो बनाउन स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोषमा अनिवार्य सहभागी  हुनुपर्ने धारणा राख्नुभयो ।

यस्तै, कास्की जिल्ला बचत संघका नवनिर्वाचित अध्यक्ष शेर बहादुर कार्कीले सहकारीहरु निति, विधिमा नजादा केही संस्थाहरुमा समस्या आएको भन्दै यस्ता तालिमहरुले संस्थाको संचालक तथा लेखा सुपरिवेक्षण समितिलाई थप जिम्मेवारी बोध गराउने उल्लेख गर्नुभयो । तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत श्याम राजा तिमल्सिनाले गर्नु भएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप