दोलखा बचत संघको अध्यक्षमा पुनः भुमिराज खड्का
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखा बचत संघको अध्यक्षमा पुनः भुमिराज खड्का

दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा पुन भुमिराज खड्का सर्वसम्मत चयन हुनुभएको छ । संघको पुस २६ गते सम्पन्न २५औं वार्षिक साधारण सभाले खड्काको अध्यक्षतामा १७ सदस्यीय सञ्चालक समिति तथा गोपालध्वज श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन गरेको हो । सभाको उद्घाटन सत्रका प्रमुख अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, बिशिष्ट अतिथि नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी रहनुभएको थियो भने बागमती प्रोस्कूनका महासचिव एवम् नेफ्स्कूनका निवर्तमान सञ्चालक जिवसराज खड्का पनि अतिथिका रुपमा सहभागी हुनुभएको थियो । सोही दिन संघले २८औं स्थापना दिवस समेत मनाएको थियो ।

संघको सर्वसम्मत् अध्यक्ष निर्वाचित खड्का एकिकृत फ्रेण्डसीप साकोसको प्रतिनिधित्व गर्दै अध्यक्ष बन्नुभएको हो । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा जगत प्रसाद सुवेदी (प्रगती साकोस), उपाध्यक्षमा नारायण बहादुर श्रेष्ठ (मिलिजुली कालिञ्चोक साकोस), महासचिवमा तेन्जिङ शेर्पा (नव जनउत्थान साकोस), सचिवमा शर्मिला सापकोटा (परोपकार महिला साकोस) र कोषाध्यक्षमा परशुराम कार्की (जनश्रमिक साकोस) सर्वसम्मत् निर्वाचित हुनुभएको हो । 

त्यस्तै सदस्यहरुमा ध्रुर्व सापकोटा (अर्थभूमी साकोस), डम्बर बहादुर खड्का (जनकल्याण बहुउद्देश्यीय साकोस), भानुदेवी नेपाली (शिवशक्ति साकोस), मिङमा छेकी शेर्पा (ग्रामीण साकोस), मीना जिरेल (आकाशदीप साकोस), मन्दिरा लामिछाने (हाम्रो तामाकोशी साकोस), डम्बर बहादुर आचार्य (श्री कालिनाग साकोस), सीताराम दाहाल (जनचेतना साकोस), लक्ष्मी दाहाल (हाम्रो जनकल्याण साकोस) र मेघराज केसी (प्रगतिशील साकोस) चुनिनुभएको हो ।

त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा गोपालध्वज श्रेष्ठ (जनसचेतन साकोस) चयन हुनुभएको छ भने सदस्यहरुमा कृष्ण कुमार श्रेष्ठ (भीमेश्वर साकोस) र कालिका ओली (शिक्षक कल्याण साकोस) चयन हुनुभएको हो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप