प्रभात दिदीबहिनी साकोसको २८औं स्थापना दिवसमा विविध कार्यक्रम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रभात दिदीबहिनी साकोसको २८औं स्थापना दिवसमा विविध कार्यक्रम 

चितवन । भरतपुर १२ मुख्य कार्यालय रहेको प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको २८औं स्थापना दिवसको अवसरमा माघ ६ गते ७५ बर्ष पुरा गरेका जेष्ठ शेयर सदस्य, जेष्ठ बचत कर्ता र ८० बर्ष पार गरेका जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । साकोसकी अध्यक्ष साधना पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनकी उपाध्यक्ष एंव संस्थाकी सल्लाहकार शान्ति अधिकारी, विशिष्ट अतिथी जिल्ला बचत संघका उपाध्यक्ष एंव सल्लाहकार ईश्वरी शर्मा ढकाल, निवर्तमान अध्यक्ष एवं सल्लाहकार बिमला ज्ञवाली, बागमती प्रदेश शिक्षा उपसमितिका सदस्य एंव सल्लाहकार सरस्वती कतिला, जिल्ला संघका निबर्तमान संचालक एंव सल्लाहकार भगवती पौडेल, संस्थापक सदस्यहरु निरा श्रेष्ठ, शुभद्रा रानाभाट, शुभद्रा राना, बिमला अधिकारी, तुलसा ज्ञवाली, स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने अयोध्या पाठक, निबर्तमान लेखा सुपरिवेक्षण समिति सदस्य सीता अधिकारी रहनुभएको थियो । कार्यक्रममा साकोसका सेवा केन्द्र उप समितिका सदस्यहरु, विभिन्न उपसमितिका सदस्यहरु, संचालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी आदि सहभागी हुनुभएको थियो । 

स्थापना दिवसकै अवसर पारेर साकोसले खुला रक्तदान कार्यक्रम पनि गरेको थियो । सो अवसरमा ११ महिलासहित कुल ३३ जनाले रक्तदान गर्नुभएको थियो । यसैगरी, स्तन तथा पाठेघरको मुखमा हुने क्यान्सरसम्बन्धी सचेतना कार्यक्रमका साथै स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप