सञ्चालक समितिले सही नेतृत्व गरे सहकारी सक्षम बन्छः नेफ्स्कून कोषाध्यक्ष थापा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सञ्चालक समितिले सही नेतृत्व गरे सहकारी सक्षम बन्छः नेफ्स्कून कोषाध्यक्ष थापा

काभ्रे । बेथानचोक नारी चेतना बचत तथा ऋण सहकारी संस्था लि. काभ्रेपलाञ्चोकको आयोजना एवम् नेफ्स्कूनको प्राविधिक सहयोगमा संस्थाको नव निर्वाचित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति एवम् नवगठित उपसमितिहरुको लागि 'नेतृत्व क्षमता विकास तालिम' बेथानचोकस्थित गणेशथानमा सम्पन्न भएको छ ।

२७ जना सहभागी तालिममा सहकारी मूल्य, मान्यता सिद्धान्त, सहकारी व्यवसायको विकास विस्तारमा सञ्चालक समितिको काम, कर्तव्य, अधिकार, सहकारी दिगोपाना र सुशासन कायम गर्न लेखा सुपरिवेक्षण समितिको भूमिका, सहकारी विकासमा सञ्जालको भूमिका लगायत विषयमा समूह छलफल, मस्तिष्क मन्थन, प्रश्नत्तोर आदि विधिबाट सहजीकरण गरिएको थियो ।  

फागुन २ र ३ गते सञ्चालित तालिमको समापनमा बेथानचोक गाउँपालिका वडा नं ४ का अध्यक्ष कृष्णबहादुर लामाले बेथानचोक साकोसले समुदायको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण विगतमा पालिका तथा वडाबाट आवश्यक सहयोग भएको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने कुरा राख्नुभयो ।

समापन कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष दिपक थापाले हाल सहकारीहरुमा देखिएको समस्या समाधानका लागि संस्थाहरु सुशासनमा चल्नु पर्ने, निति विधिमा चल्नु पर्ने बताउनुभयो । यसैगरी, उहाँले संचालक समिति सहकारीको नेत्तृत्वकर्ताहरुको समूह भएको भन्दै संचालक समितिले सही तरिकाले नेतृत्व लिन सके संस्था सक्षम बन्ने धारण राख्नुभयो । 

सहकारीमा हुने जोखिम न्यूनीकरणका लागि नेतृत्वले सधै कर्मचारीहरुको विश्वास गर्दै सबै कार्यहरु निति नियम संगत संचालन भएको छ भन्ने कुरामा विश्वस्त पनि हुनुपर्ने कोषाध्यक्ष थापाले बताउनुभयो । साकोस भनेको मुख्य गरी वित्तीय कारोबार गर्ने संस्था भएकाले यसको हरेक कारोबार पारदर्शी हुनुपर्ने कुरामा समेत जोड दिदै आफु भर्खरै नेफ्स्कूनको संचालक समितिमा निर्वाचित भएको र आफ्नो कार्यकालमा साकोस अभियानलाई मजबुद बनाउन निष्पक्ष र पारदर्शी कार्य गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

कोषाध्यक्ष थापाले नेफ्स्कूनले सम्पूर्ण प्रकृतिका सहकारीहरुको क्षमता विकासमा सहयोग गर्ने उद्देश्यले विकास गरेको आधारशिला कार्यक्रममा आवद्धताका लागि पहल गर्न वडा अध्यक्षमार्फत ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा नेफ्स्कूनको कोषाध्यक्षको रुपमा कार्यकाल सफलताको शुभकामनासहित उहाँलाई बधाइ पत्र प्रदान गरिएको थियो ।

यसैगरी सहभागी तथा संस्थाकी अध्यक्ष अम्विका थापा मगरले तालिम एकदमै प्रभावकारी रहेको र यसलाई आगामी दिनमा संस्थामा प्रयोग गदै लैजाने कुरा राख्नुहुदै तालिमको व्यवस्थापनका लागि  नेफ्स्कूनप्रति कृतज्ञता व्यक्त गर्नुभयो । 

त्यस्तै, नेफ्स्कून सदस्य सेवा केन्द्र बनेपाका प्रमुख राम सापकोटाले साकोसको नवनिर्वाचित संचालक समितिलाई बधाई तथा शुभकामना राख्दै नेफ्स्कूनबाट आगामी दिनमा पनि निरन्तर सहयोग रहिरहने बताउनुभयो ।

तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत श्याम राजा तिमल्सिनाले गर्नु भएको थियो । तालिमबाट सहकारी सञ्चालनका तौर तरिका, सञ्चालक समितिको काम, कर्तव्य अधिकारबारे राम्रो बुझाइ भएको भन्दै सहभागीहरुले तालिम प्रभावकारी भएको प्रतिक्रिया व्यक्त गरेका थिए ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

पाठकबाट थप