भोलि शुरु हुँदै साकोस अध्यक्ष गोष्ठी २०८० ललितपुर
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भोलि शुरु हुँदै साकोस अध्यक्ष गोष्ठी २०८० ललितपुर

काठमाडौं । सहकारी क्षेत्रका समसामयिक विषयवस्तुबारे विज्ञ विचारहरु बुझ्ने त्यसमा आफ्नो महत्वपूर्ण इनपुट प्रदान गर्ने र तीनलाई एकीकृत गरी साझा धारणामार्फत अघि बढ्न प्रत्यक्ष सहयोग पुग्ने गरी ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले साकोस अध्यक्ष गोष्ठी २०८० आयोजना गरेको छ । भोलि अर्थात् २०८० फागुन ४ र ५ गते नगरकोटमा आयोजना हुने आवासीय गोष्ठीको तयारी सबै पूरा भएको संघले जनाएको छ ।

संघका अध्यक्ष रामहरि बजगाईले सहकारी क्षेत्रमा अहिले देखिएको समस्याको समाधानको दायित्व संघको भएकाले संस्थाका अध्यक्षहरुलाई जवाफदेही बनाउँदै समस्या समाधानमा सघाउने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताउनुभयो ।  संस्था सुशासित बनाउन मुख्य नेतृत्वको अहम् भूमिका हुने भएकाले अध्यक्षहरुको लागि लक्षित गरी गोष्ठी आयोजना गरिएको उहाँले बताउनुभयो । अध्यक्षको लीडरशीपले संस्थालाई गाइड गर्ने भएकाले संस्थामा अध्यक्षको प्रभावकारी भूमिका हुनुपर्छ र त्यसका लागि ज्ञान, सीप र क्षमता चाहिन्छ, त्यहि कुरा सिकाउनु गोष्ठीको उद्देश्य भएको अध्यक्ष बजगाईले बताउनुभयो । 

अध्यक्षहरुको क्षमता अभिवृद्धि गरी जवाफदेही बनाउनु गोष्ठीको मुख्य उद्देश्य रहेको छ । गोष्ठीले जिल्लामा मात्र नभई देशभर नै सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा बचत संघको रहेको छ । संस्था र अभियानलाई बलियो, दीगो र सुरक्षित बनाउन समेत गोष्ठीले सघाउ पुर्याउनेछ । त्यसका साथै सहकारीप्रति आम विश्वासको बातावरण सृजना गर्न समेत टेवा पुग्नेछ । संघको साधारणसभाले नै अध्यक्ष, सीइओ र कोषाध्यक्षको छुट्टाछुट्टै गोष्ठी गर्ने निर्णय पारित गरेको र सोही अनुसार अध्यक्षहरुको गोष्ठी हुन लागेको हो । संघको नीति तथा कार्यक्रममा समेत ती कुरा उल्लेख रहेका छन् । 

सहकारीको लागि उर्वर भूमि मानिएको ललितपुरमा ५ सय १९ वटा बचत तथा ऋण सहकारीमध्ये ४सय ८२ संस्था संघमा आवद्ध छन् । 

सहकारी क्षेत्रमा संकटको विद्यमान अवस्थामा शिक्षा, तालिम र जानकारीमार्फतबाटै सुधार ल्याउन सकिने र सम्भावित जोखिमहरु नियन्त्रण गर्न सकिने भएकाले संस्थाको जिम्मेवार व्यक्तिलाई थप जिम्मेवार बनाउँदै अघि बढ्न प्रेरित गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको बचत संघले जनाएको छ । यस्तो परिस्थितिमा अध्यक्षको भूमिका बढी प्रभावकारी हुनुपर्ने र अध्यक्ष संस्थाको अभिभावक भएकाले संस्था कसरी सञ्चालन भएको छ रु नीति र विधिमा सञ्चालन भएको छ कि छैन रु संस्था सञ्चालनका लागि कस्तो कार्यविधि बनाउनुपर्छ र अध्यक्षको भूमिका के हुन्छ भन्ने कुरा गोष्ठीमा सिकाइने जनाइएको छ ।संस्थाहरुलाई सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा लगाउनुपर्छ, भिजनरी अध्यक्ष हुनुपर्छ, ऐन नियममा के व्यवस्था छ भनेर त्यसको अध्ययन गर्नुपर्छ, कानुनमा उल्लेख भएको कुरा थाहा छैन भन्न पाईंदैन भन्ने विषयमा समेत छलफल गरिने कार्यक्रम रहेको छ । 

गोष्ठीमा पूर्व अर्थसचिव रामेश्वर खनाल, पूर्व राजदूत एवं मोटिभेटर महेश दाहाल, सहकारी विभागका उप–रजिष्ट्रार टोलराज उपाध्याय, सहकारी क्षेत्रको कानुनी जटिलता के छ र सदस्यहरुले कसरी न्याय पाउँछन् भन्ने विषयमा केन्द्रिय अनुसन्धान ब्यूरो९सिआइबी०का प्रतिनिधिले प्रस्तुतिकरण गर्नेछन् । वित्तीय सहकारीको जोखिम के छ रु जोखिमलाई कसरी न्यूनिकककरण गर्न सकिन्छ भनेर सहकारी बैंकका सिइओ बद्रीकुमार गुरागाईंले प्रस्तुतिकरण गर्ने कार्यक्रम छ ।

त्यसैगरी, सहकारी कसरी सबल हुन्छ र त्यसका लागि कसरी सञ्चालन हुुनुपर्छ भन्ने विषयमा चन्द्रागिरि साकोसका सिइओ कृष्णकुमार श्रेष्ठ र सहकारीको समस्या समाधानमा जिल्ला प्रशासन कार्यालयले कसरी सघाउँछ भनेर ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले प्रस्तुतिकरण गर्नुहुनेछ । त्यसले गर्दा गोष्ठी उपलब्धिमूलक हुने बताइएको छ । 

ललितपुरबाट नै साकोस समिट शुरु भएको र त्यसको अनुशरण अन्य जिल्लाका बचत संघहरुले पनि गरेको अध्यक्ष बजगाईले बताउनुभयो । गोष्ठीले  सुशासित, पारदर्शी र जवाफदेहीपूर्ण संस्था बनाउन भूमिका खेल्न संस्थाको अध्यक्ष नै बढी जिम्मेवार हुनुपर्छ भन्ने सन्देश दिने भएकाले गोष्ठी सफल हुने विश्वास आयोजक संघले लिएको छ । 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२२ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप