अनुकरणीय संस्कृति निर्माण गर्दै पोखरा रोयल साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अनुकरणीय संस्कृति निर्माण गर्दै पोखरा रोयल साकोस

 काठमाडौं । सधै नवीन सोच र कार्यक्रममार्फत संस्था, समुदाय र अभियानलाई अभिप्रेरित गरिरहने कास्कीको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.ले अर्को एउटा ‘प्लान’ लाई ‘प्राक्टिस’मा परिणत गर्ने अभियान प्रारम्भ गरेको छ । संस्थाको एकमात्र जिवित स्रोतलाई थप जीवन्त बनाउन पठन संस्कृतिको सुरुवात गरेको छ । संस्थामा आवद्ध कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.ले पठन संस्कृति कार्यक्रम शुरुवात गरेको हो ।  त्यो कार्यक्रम सुरुवातको साइत पनि श्रीपञ्चमीको दिन जुराइएको हो । 

जसरी स्कूल, क्याम्पस र विश्वविद्यालयहरुमा पठन संस्कृतिका लागि पुस्तकालय  निर्माणसँगै पुस्तकालयसँग प्रेम गर्ने बानी विकास गरिन्छ, त्यसैगरी सहकारीमा कार्यरत जनशक्तिसँगै सदस्य र समुदायलाई उत्प्रेरित गर्न पनि पुस्तकलाई प्रेम गर्न हिजो भ्यालेन्टाइन डेको अर्को साइत पनि पोखरा रोयल साकोसका लागि जुर्यो । यी दुबै संयोगहरु दिगो परिणाममुखी बन्नसक्ने विश्वास साकोसले लिएको छ ।

श्रीपञ्चमी एवम् वसन्त पञ्चमीको अवसर पारी संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले कार्यक्रमको शुभारम्भ गर्नुभयो । संस्थामा कार्यरत कर्मचारीहरुको पठन संस्कृतिलाई थप मद्धत पुर्याउने अभिप्रायले संस्थाले ४ वटै कार्यालयमा हरेक महिनाको अन्तिम शुक्रबार १ घण्टा अध्ययनको लागि समय व्यवस्थापन गरिएको उहाँले जानकारी गराउनुभयो । अबदेखि प्रत्येक कर्मचारीले हरेक महिना एउटा पुस्तक अनिवार्य पढ्नै पर्ने र आफुले पढेको पुस्तकको समिक्षात्मक प्रतिवेदन समेत संस्थामा पेश गर्नुपर्ने उहाँले बताउनुभयो।

पछिल्लो समय प्रविधिको विकाससँगै पुस्तक तथा पत्रपत्रिका पढ्ने, हातले लेख्ने र रेडियो सुन्ने जस्ता संस्कार हराउँदै गएको छ । कम्प्यूटर, मोबाइल र ल्यापटपमा मात्र भर पर्दा एकातिर आँखामा समस्या आउने गरेको र अर्कोतिर लिखित दस्तावेज, पुस्तकहरुको अध्ययन गर्ने बानी हट्दै गएकोले यसको जगेर्ना गर्न समेत पठन संस्कृतिको विकास गरिएको  प्रमुख कार्यकारी अधिकृत गुरुङले बताउनुभयो ।

संस्थामा ५० बढी कर्मचारी कार्यरत छन् । संस्थाले प्रधान कार्यालयमा पुस्तकालय तथा सहकारी प्रदर्शनी कक्ष र हरेक सेवा केन्द्रहरुमा मिनि लाईब्रेरी अवधारणा अगाडि सारेको छ । कार्यक्रम शुभारम्भका दिन चारवटै कार्यालयका कर्मचारीले आफुले मन परेको एक एक वटा पुस्तक लिएर आएका थिए । ती पुस्तकहरु गोला प्रथाको माध्यमबाट एकले अर्को साथीसँग साटफेर गरेर अध्ययन संस्कारको शुरुवात गरिएको थियो । 

अब हरेक महिनाको एक दिन एक घण्टा सबै कर्मचारीहरुले संस्थाको अध्ययन कक्षमा बसेर आफुले मन पर्ने पुस्तक पढ्छन् र यसले कर्मचारीहरुमा सकारात्मक उर्जाको विकास हुने संस्थाका मूख्य प्रबन्धक तथा सूचना अधिकारी मीलन ढकालले बताउनुभयो ।

श्रीपञ्चमीबाट श्रीगणेश भएको पोखरा रोयल साकोसको यो कार्यक्रममार्फत कर्मचारीसँगै सदस्य र आगन्तुकहरुलाई पनि पुस्तक, पुस्तकालय, लेखक र सहकारी अनि समाजका बहुआयामिक विषयलाई थप गहन ढंगबाबाट जान्न र बुझ्न घोत्लिने अवसर प्रदान गर्ने विश्वास गर्न सकिन्छ ।अनि 'भ्यालेन्टाइन डे' को दिन समेत परेको यो सुरुवातले सहकारीको हरियो पुस्ता (युवा सदस्यहरु) मा पुस्तकप्रति अगाध प्रेम गर्ने प्रेरणा दिने विश्वास गर्न सकिन्छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप