देशकै १० उत्कृष्ट उद्यमीमा मुगुको छायाँनाथ साकोसकी सदस्य
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
देशकै १० उत्कृष्ट उद्यमीमा मुगुको छायाँनाथ साकोसकी सदस्य

काठमाडौं । उहाँ मुगुकी झलक कुमारी रावल । सफल साना तथा घरेलु उद्यमी । सहकारीमार्फत कृषि कर्जा लिई उद्देश्यअनुरुप उद्यममा जोडिनुभएकी उहाँ देशभरकै उत्कृष्ट १० साना तथा घरेलु उद्यमी बन्न सफल हुनुभएको छ । उहाँलाई कृषि कर्ममा लागेर आर्थिक सामाजिक अवस्थासँगै परिचयको दायरा फराकिलो बनाउन सघाउने सहकारी संस्था हो मुगुस्थित छायाँनाथ बचत तथा ऋण सहकारी संस्था लि. । 
उहाँले तरकारी खेतीलाई व्यावसायिकीकरण गर्दै आउनुभएको छ । उहाँको लागि यो अर्थोपार्जनको भरपर्दो आधार बनेको छ । छायाँनाथ सहकारीले सदस्य रहेर कृषि कर्जा लिइ उद्देश्य अनुसारको व्यवसाय शुरु गरेर सफल उद्यमीको रुपमा उहाँ परिचित हुनुहुन्छ ।

देशभरका उत्कृष्ट १० साना तथा घरेलु उद्यमी भित्र पर्न सफल भएकोमा आफुलाइ खुशी लागेको बताउदै रावलले भन्नुभयो, 'मेरो मिहेनत, लगनशीलता, र ऋण  सदुपयोगिताको उपजले उत्कृष्ट १० भित्र पर्न सफल भएकी हुँ ।'

उहाँ भन्नुहुन्छ, 'सहकारी संस्थामा जम्मा गरेको पैसा कोही सदस्यले नखाइ नलाइ जम्मा गरेको पैसा हो । हामीले ऋण जुन उद्देश्यका लागि ऋण लिएको हो त्यसैमा खर्च गर्नुपर्छ । फजुल, विलासिता भन्दा आम्दानी हुने पेशामा लगानी गर्नु पर्छ र लगनशील हुनुपर्छ । बिस्तारै सफलता मिल्छ ।'

उत्कृष्ट १० भित्र पर्न सफल सबै उद्यमीहरुलाई यही ५ र ६ गते काठमाडौमा हुने चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा सम्मानसहित पुरस्कृत गरिनेछ ।

मुगु जिल्लामा ३ सय बढी विभिन्न उद्देश्यका सहकारी तथा लघु वित्त संघ सस्थाहरु छन् । रावलले भने सदस्यमुखी सेवा, अब्बल व्यवस्थापन, वित्तीय सदुपयोगिता, बचत,ऋण लगानी तथा अशुली र निरन्तर वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन आदि आधारमा छायाँनाथ बचत तथा ऋण सहकारी संस्थामा सदस्य बनेको बताउनुभयो ।

चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन मुल आयोजक समितिले देशभरबाट उत्कृष्ट १० जना साना तथा घरेलु उद्यमी  छनौट गरेको हो । आयोजकले देशभर रहेका वित्तिय तथा सहकारी संघ सस्थाहरुबाट कर्जा लिएर साना तथा घरेलु उधम गरि नमुना व्यवसाय संचालन गरि उधमी बनेका सदस्यहरुबाट बार्षिक रुपमा छनौट गर्दै उत्कृष्ट उद्यमी घोषणा गर्दै आएको छ ।

उत्कृष्ट १० साना तथा घरेलु उद्यमीमा वातावरण सुधार बहुउद्देश्यीय सहकारी सस्था विरेन्द्रनगर १ सुर्खेतकी लक्ष्मी सुनार, चमेली बचत तथा ऋण सहकारी सस्था, ब्रहमपुरी ७ सर्लाहीकी रिता देवि महतो पनि पर्नुभएको छ ।

(मुगुबाट सर्जन कुमार शाहीको बाइलाइनमा नागरिकपत्रिका डट कममा प्रकाशित समाचारको सम्पादित अंश)

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप