देशकै १० उत्कृष्ट उद्यमीमा मुगुको छायाँनाथ साकोसकी सदस्य
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
देशकै १० उत्कृष्ट उद्यमीमा मुगुको छायाँनाथ साकोसकी सदस्य

काठमाडौं । उहाँ मुगुकी झलक कुमारी रावल । सफल साना तथा घरेलु उद्यमी । सहकारीमार्फत कृषि कर्जा लिई उद्देश्यअनुरुप उद्यममा जोडिनुभएकी उहाँ देशभरकै उत्कृष्ट १० साना तथा घरेलु उद्यमी बन्न सफल हुनुभएको छ । उहाँलाई कृषि कर्ममा लागेर आर्थिक सामाजिक अवस्थासँगै परिचयको दायरा फराकिलो बनाउन सघाउने सहकारी संस्था हो मुगुस्थित छायाँनाथ बचत तथा ऋण सहकारी संस्था लि. । 
उहाँले तरकारी खेतीलाई व्यावसायिकीकरण गर्दै आउनुभएको छ । उहाँको लागि यो अर्थोपार्जनको भरपर्दो आधार बनेको छ । छायाँनाथ सहकारीले सदस्य रहेर कृषि कर्जा लिइ उद्देश्य अनुसारको व्यवसाय शुरु गरेर सफल उद्यमीको रुपमा उहाँ परिचित हुनुहुन्छ ।

देशभरका उत्कृष्ट १० साना तथा घरेलु उद्यमी भित्र पर्न सफल भएकोमा आफुलाइ खुशी लागेको बताउदै रावलले भन्नुभयो, 'मेरो मिहेनत, लगनशीलता, र ऋण  सदुपयोगिताको उपजले उत्कृष्ट १० भित्र पर्न सफल भएकी हुँ ।'

उहाँ भन्नुहुन्छ, 'सहकारी संस्थामा जम्मा गरेको पैसा कोही सदस्यले नखाइ नलाइ जम्मा गरेको पैसा हो । हामीले ऋण जुन उद्देश्यका लागि ऋण लिएको हो त्यसैमा खर्च गर्नुपर्छ । फजुल, विलासिता भन्दा आम्दानी हुने पेशामा लगानी गर्नु पर्छ र लगनशील हुनुपर्छ । बिस्तारै सफलता मिल्छ ।'

उत्कृष्ट १० भित्र पर्न सफल सबै उद्यमीहरुलाई यही ५ र ६ गते काठमाडौमा हुने चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा सम्मानसहित पुरस्कृत गरिनेछ ।

मुगु जिल्लामा ३ सय बढी विभिन्न उद्देश्यका सहकारी तथा लघु वित्त संघ सस्थाहरु छन् । रावलले भने सदस्यमुखी सेवा, अब्बल व्यवस्थापन, वित्तीय सदुपयोगिता, बचत,ऋण लगानी तथा अशुली र निरन्तर वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन आदि आधारमा छायाँनाथ बचत तथा ऋण सहकारी संस्थामा सदस्य बनेको बताउनुभयो ।

चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन मुल आयोजक समितिले देशभरबाट उत्कृष्ट १० जना साना तथा घरेलु उद्यमी  छनौट गरेको हो । आयोजकले देशभर रहेका वित्तिय तथा सहकारी संघ सस्थाहरुबाट कर्जा लिएर साना तथा घरेलु उधम गरि नमुना व्यवसाय संचालन गरि उधमी बनेका सदस्यहरुबाट बार्षिक रुपमा छनौट गर्दै उत्कृष्ट उद्यमी घोषणा गर्दै आएको छ ।

उत्कृष्ट १० साना तथा घरेलु उद्यमीमा वातावरण सुधार बहुउद्देश्यीय सहकारी सस्था विरेन्द्रनगर १ सुर्खेतकी लक्ष्मी सुनार, चमेली बचत तथा ऋण सहकारी सस्था, ब्रहमपुरी ७ सर्लाहीकी रिता देवि महतो पनि पर्नुभएको छ ।

(मुगुबाट सर्जन कुमार शाहीको बाइलाइनमा नागरिकपत्रिका डट कममा प्रकाशित समाचारको सम्पादित अंश)

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

८ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप