ऋण असुली न्यायाधिकरण र कालो सूची तत्काल व्यवस्था गरिनुपर्छः नेफ्स्कून अध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ऋण असुली न्यायाधिकरण र कालो सूची तत्काल व्यवस्था गरिनुपर्छः नेफ्स्कून अध्यक्ष ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण  केन्द्रीय सहकारी संघ लि. (नेफस्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीमा कर्जा सूचना केन्द्र र ऋण असुली न्यायधिकरण समयमा गठन नहुँदा अहिले समस्या परेको बताउनुभएको छ । उहाँले सहकारीले गरेको ऋण असुली नहुँदा बचत फिर्तामा समस्या भएको भन्दै त्यसका लागि राज्यले ऋण अुसली न्यायधिकरण र कालो सूचीको तत्काल व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको ‘साकोस अध्यक्षहरुको गोष्ठीमा बोल्दै अध्यक्ष ढकालले सहकारीका समस्यामा राज्य पनि जिम्मेवार हुनु पर्ने र नीतिगत तथा संरचनागत व्यवस्था गरिदिए सहकारीका समस्या हल गर्न सकिने स्पष्ट पार्नुभयो । सहकारीमा शुसासन र शुद्धिकरण कुरा उठेको भए पनि त्यसको कार्यान्वयन आफैबाट सुरु गर्नुपर्ने उहाँको धारणा थियो ।  सहकारी क्षेत्रले निजी क्षेत्रले भन्दा पनि बढी कर तिरेको र त्यसको सही मूल्याङकन राज्यले गर्नु पर्नेमा उहाँको भनाइ थियो । 

सदस्यको बचत फिर्ता अनिवार्य सर्त भएको भन्दै उहाँले त्यसका लागि समय लाग्ने बताउनुभयो । कोभिड महामारीका बीचमा पनि सहकारीले घर घरमा गएर सदस्यहरुलाई सेवा प्रवाह गरेको कुरा राज्यले बिर्सन नहुने अध्यक्ष ढकालले बताउनुभयो । सहकारीमा सुधारको  विकल्प नभएको र त्यसमा नेतृत्वले नै भूमिका खेल्नु पर्ने उहाँले उल्लेख गर्नुभयो ।

तहगत र संरचनागत समस्या सहकारीमा रहेको र को कहाँ रहने भनेर छलफल गरेर अघि बढ्नु पर्ने उहाँको भनाइ थियो । एउटा प्रारम्भिक सहकारी संस्था जिल्ला, प्रदेश र केन्द्रीय संघमा आवद्ध हुनुपर्ने तर संघहरुले सदस्यको हितका लागि काम गर्न नसक्दा वितृष्णा बढेर गएको भन्दै अध्यक्ष ढकालले सदस्य संस्थाको विकास र प्रवर्धनमा सबैले काम गर्नु पर्ने बताउनुभयो । 

राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यतामा गोष्ठी शुभारम्भ भएको हो । कार्यक्रमकी प्रमुख अतिथि मल्लले संस्थाहरुले सदस्यको मन जित्न नसकेसम्म सहकारीको समस्या तत्काल समाधान गर्न नसकिने बताउनुभयो ।  सदस्यको मन जित्न संस्थाहरुले सहकारी शिक्षाका साथै सदस्यसँग जोडिएर अगाडी बढ्नुपर्ने उहाँको भनाइ थियो । अहिलेको आवश्यकता ऋण असुली न्यायधिकरण भएको र समयमा ऋण असुली नहुँदा सदस्यले मागको बेलामा बचत फिर्ता गर्न नसकेको उहाँको भनाइ थियो । आगामी चैत्र मसान्तभित्र ऋण असुली न्यायधिकरण गठन हुने समेत उहाँले जानकारी गराउनुभयो । सदस्यले मागे जति बचत फिर्ता गर्न नसक्दा सहकारीप्रति सदस्यको विश्वास घटेको उहाँले सुनाउनुभयो । मुुलकको ५० जिल्लाको सहकारीमा कुनै समस्या नभएको र ५ सय  जति सहकारीमा  समस्या आए पनि त्यसको प्रभाव सिगों अभियानमा परेको मल्लको धारणा थियो । 

 सहकारी ऐन संसोधनका लागि महासंघ अगाडी बढेको र त्यसका लागि राजनितिक नेतृत्वसँग छलफल अगाडी बढाएको उहाँले जानकारी गराउनुभयो । सहकारीका समस्या समाधानमा सबै एकजुट हुनुपर्ने र सहकारीको बोर्ड राखेर बचत संकलना गर्ने थलो बनाएकाहरुलाई भने बहिष्कार गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । 

संघका अध्यक्ष रामहरी बजगाईले अध्यक्षहरुलाई संस्थाप्रति थप जिम्मेवार बनाउने उदेश्यले गोष्ठीको आयोजना गरिएको बताउनुभयो । अध्यक्षहरु मर्यादित, अनुशासित र जवाफदेही हुन सके सहकारीमा समस्या नआउने उहाँले बताउनुभयो । सहकारी संस्थामा समस्या आएपछि कतिपय संस्थाका अध्यक्षहरु पन्छिने गरेको भन्दै उहाँले संस्थामा अध्यक्ष नै मुख्य जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष जति क्रियशिल हुन्छ , त्यति नै संस्था चलायमान हुने भन्दै उनले त्यसका लागि गोष्ठीले थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  नगरकोटको रत्नागिरी होटलमा आजबाट सुरु भएको गोष्ठी दुई दिनसम्म चल्ने छ । गोष्ठीमा एक सहकारी संस्थाको अध्यक्षहरुको सहभागिता छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप