'साकोस अध्यक्ष गोष्ठी' द्वारा सात बुँदे प्रतिबद्धता जारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'साकोस अध्यक्ष गोष्ठी' द्वारा सात बुँदे प्रतिबद्धता जारी

काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरले आयोजना गरेको साकोस अध्यक्ष गोष्ठी २०८० सात बुँदे प्रतिबद्धता जारी गर्दै आज सम्पन्न भएको छ । गोष्ठीले ललितपुर जिल्लाको साकोस अभियानलाई दिगो एवं सुरक्षित राख्न प्रत्येक सहकारी संस्थामा संस्थागत सुशासन कायम गर्न अध्यक्षको गहन भूमिकालाई अर्थपूर्ण रुपमा लिएको छ । “साकोसमा अध्यक्षको भूमिका सुशासन, दिगो र जवाफदेहिता” भन्ने मूल विषयवस्तुमा आधारित भई फागुन ४ र ५ गते भक्तपुरमा आयोजित “साकोस अध्यक्ष गोष्ठी २०८० ललितपुर” द्वारा साकोसका अध्यक्षहरुको साझा प्रतिबद्धता जारी भएको छ ।

गोष्ठीको साझा प्रतिबद्धता

  1. सहकारीमार्फत राष्ट्रिय पुँजी निर्माणमा भएको योगदानको पहिचान कायम गर्दै अभियानलाई सुदृढ एवं दिगो राख्न संस्थागत गतिविधिहरुको नियमित प्रकाशन मार्फत व्यक्तिगत एवं संस्थागत वित्तीय अनुशासन कायम राख्ने ।
  2. सहकारीमा सकारात्मक नेतृत्व शैली स्थापित गरी सफल सहकारी संस्था निर्माण गर्न संस्थागत सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नेछौं ।
  3. सहकारी संस्थाको समग्र विकास र प्रबद्र्धनमा अध्यक्षको भूमिकालाई आत्मसाथ गर्दै संस्थागत जोखिम व्यवस्थापनका लागि उक्त भूमिका पूर्ण रुपमा निर्वाह गर्न प्रतिबद्ध छौं ।
  4. वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएको संकट सामनाका लागि समग्र अभियानलाई सुव्यवस्थित रुपमा दिशानिर्देश गर्न व्यक्तिगत एवं संस्थागत रुपमा सकारात्मक रुपान्तरणका लागि तयार छौं ।
  5. सुदृढ सहकारी अभियानको निर्माणमा कानुनको परिपालनालाई महत्वपूर्ण कडीको रुपमा आत्मसाथ गर्दै कानुनी अनुपालनामा शुन्य सहनशीलताको निती अबलम्बन गर्न तयार छौं ।
  6. नियमित रुपमा सहकारी संस्थाको वित्तीय विश्लेषण र स्वमूल्यांकन गरी सुधार गर्नुपर्ने क्षेत्रहरुको पहिचान गरी व्यवस्थापन गर्न संचालक समिति र व्यवस्थापनलाई पूर्ण रुपमा जवाफदेही बनाउन प्रतिबद्ध छौं ।
  7. सुरक्षित र दिगो वित्तीय पहुँच अभिवृद्धि मार्फत सदस्यको आर्थिक एवं सामाजिक जिवनस्तर अभिवृद्धि गर्न आवश्यकताका आधारमा सेवामा विविधिकरण गर्दै लैजान प्रतिबद्ध छौं ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप