नेफ्स्कून र धादिङ जिल्ला बचत संघबीच अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र धादिङ जिल्ला बचत संघबीच अन्तरक्रिया

काठमाडौं । सहकारी अभियानका समसामयिक विषयमा नेफ्स्कून र धादिङ जिल्लाका सहकारीकर्मीहरुबीच अन्तरक्रियात्मक छलफल भएको छ । फागुन ११ गते शुक्रबार आयोजित कार्यक्रममा सहकारी अभियानका पछिल्ला विषयहरुसँगै नेफ्स्कूनको पहलकद्मीमा भैरहेका बहसपैरवी तथा सदस्य संघ संस्थाहरुको हित संरक्षण तथा प्रवर्धनका लागि भैरहेका प्रयासबारे अन्तरक्रिया भएको हो । कार्यक्रममा धादिङ जिल्ला बचत संघकातर्फबाट उपलब्ध गराइएका सुझावहरु ग्रहण गर्ने काम नेफ्स्कूनले गरेको छ । कार्यक्रममा कर्जा सुचना केन्द्र, ऋण असुली न्यायधिकरण, वित्तीय सहकारी ऐनको आवश्यकताको सवाल, स्तरीकरण र स्थिरीकरण कोषको प्रभावकारिता आदि विषयहरु उठान भएका थिए ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा सञ्चालक सदस्य नवराज अर्यालले संघका तर्फबाट भैरहेका कामहरु बारे जानकारी गराउनुभएको थियो भने धादिङ जिल्ला बचत संघकातर्फबाट अध्यक्ष नवराज शर्मा लगायतले जिल्लाका विषयवस्तुहरु अद्यावधिक गराउनुभएको थियो । यस्तै, काठमाडौंको चन्द्रागिरि साकोसका अध्यक्ष योगेन्द्र कुमार कुँवरसमेत सहभागी हुनुभएको कार्यक्रममा जिल्लाका विभिन्न संस्थाबाट ३८ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा धादिङ बचत संघका प्रमुख व्यवस्थापक गोकर्ण दुवाडी र जनकल्याण साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकान्त मिश्रले कार्यपत्र प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा धादिङ जिल्ला बचत संघका तर्फबाट नेफ्स्कून अध्यक्ष ढकाल तथा सञ्चालक अर्याललाई बधाईसहित कार्यकाल सफलताको शुभकामना पनि व्यक्त गरिएको थियो ।

संघका उपाध्यक्ष चमेलि बगाले काप्रिले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन धादिङ बचत संघका सचिव शान्त बिक्रम बानियाले गर्नुभएको नेफ्स्कून सदस्य सेवा कार्यालय धादिङका प्रमुख शम्भु घिमिरेले जानकारी गराउनुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप