नेफ्स्कूनद्वारा प्रविधिमार्फत गैर–स्थलगत सुपरिवेक्षण शुभारम्भ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा प्रविधिमार्फत गैर–स्थलगत सुपरिवेक्षण शुभारम्भ

काठमाडौं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कूनले) प्रविधिमार्फत आफ्ना सदस्य संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण तथा अनुगमन कार्य आजबाट प्रारम्भ गरेको छ । नेफ्स्कूनले सदस्य सूचना प्रणाली (एमआईएस) मा आवश्यक परिमार्जन तथा नवीनतम विशेषताहरु थप गरी सदस्यहरुको गैर स्थलगत सुपरिवेक्षण तथा अनुगमनको कामलाई व्यवस्थित, बैज्ञानिक र समयानुकूल बनाएको हो ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटासहितको उपस्थितिमा आज एक कार्यक्रमका बीच प्रविधिमार्फत एकीकृत रुपमा गैर–स्थलगत सुपरिवेक्षण शुभारम्भ गरिएको हो । संक्षिप्त कार्यत्रममा अध्यक्ष ढकाल तथा बरिष्ठ उपाध्यक्ष अधिकारीले प्रविधिमार्फत एकीकृत एवम् वैज्ञानिक गैर-स्थलगत सुपरिवेक्षणले अनुगमनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँहरुले नेफ्स्कूनले आजबाट गरेको गैर-स्थलगत अनुगमनको थालनी समय, स्रोत र सहजताका हिसाबले पनि प्रभावकारी भएको दाबी गर्नुभयो । यो 'कष्ट इफेक्टिभ' पनि भएको अध्यक्ष ढकाल र बरिष्ठ उपाध्यक्ष अधिकारीको भनाइ थियो । यसैगरी, उहाँहरुले सदस्य संस्थाका वित्तीय प्रतिवेदनहरुसँगै मानव संशाधनको पछिल्लो अवस्था, सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका बैठकहरुसँगै सुशासनका यावत विषयहरुमा यो एमआईएस प्रणालीमार्फत अद्यावधिक तथ्याङ्क, सूचना तथा जानकारी उपलब्ध हुने भएकाले यसले विशेष महत्व रहने दाबी गर्नुभयो । 

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.शिवजी सापकोटाले पहिलो चरणमा गुणस्तर सुनिश्चितता तथा जोखिम सुपरिवेक्षण कार्यक्रममा सहभागी संस्थाहरुबाट गैरस्थलगत सुपरिवेक्षण तथा अनुगमन गरिने जानकारी गराउनुभयो । सुरुमा एक्सेस, प्रोवेशन तथा कर्ब्स कार्यक्रममा आवद्ध संस्थाहरुको गैर स्थलगत सुपरिवेक्षण तथा अनुगमन गरिनेछ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि बिस्तारै सबै सदस्यहरुको अद्यावधिक जानकारी यसबाट उपलब्ध हुनेछ ।’ 

गैर स्थलगत सुपरिवेक्षण अन्तर्गत विद्यमान समस्याहरुको एकमुष्ट सम्बोधन हुने गरी एमआईएस प्रणालीलाई द्रुत गतिमा परिस्कृत गरी यो उपलब्धि हासिल गरिएको सीईओ सापकोटाले जानकारी गराउनुभयो । उहाँले आगामी चैत सम्ममा नेफ्स्कूनको गुणस्तर सुनिश्चितता तथा जोखिम सुपरिवेक्षण कार्यक्रममा आवद्ध सबै संस्थाहरुको विवरण एमआइएसमा अद्यावधिक गरिसक्ने बताउनुभयो ।

यसले नेफ्स्कूनको सञ्जालभित्रका सबै सदस्यहरुको कुल कारोबार, बचत तथा ऋण लगानी, सेयर पुँजी, सञ्चालक समिति तथा व्यवस्थापन समूहसँगै अन्य आवश्यक सबै तथ्याङ्क, सूचना र जानकारी एकीकृत रुपमा उपलब्ध हुने दाबी उहाँले गर्नुभयो । नेफ्स्कूनको सदस्य सूचना प्रणालीलाई थप चुस्त बनाई संघको सञ्जालभित्रको यकिन तथ्याङ्कहरु प्राप्त गर्ने गरी यो कार्यक्रम शुरुवात गरिएको हो ।

यसमार्फत सदस्य संस्थाहरुले सहजतापूर्वक आफ्नो वित्तीय तथा गैरवित्तीय अवस्था केन्द्रीय संघलाई जानकारी गराउन सक्ने मात्र नभई आफूलाई परेका समस्याहरुको पनि सजिलै समाधान पाउने सीईओ डा. सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो प्रिभेन्टिभ, प्रोटेक्टिभ र क्यूरेटिभ सबै हिसाबले प्रभावकारी छ ।’

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

५ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२३ घण्टा अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न
श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२३ घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

पाठकबाट थप