९ बुँदे साझा संकल्प प्रस्ताव पारित गर्दै 'बागमती प्रदेश साकोस समिट' सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
९ बुँदे साझा संकल्प प्रस्ताव पारित गर्दै 'बागमती प्रदेश साकोस समिट' सम्पन्न

भक्तपुर । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले आयोजना  गरेको  ‘बागमती प्रदेश साकोस समिट’ ९ बुँदे साझा संकल्प प्रस्ताव पारित गर्दै आज सम्पन्न भएको छ । सहकारी अभियानको वर्तमान समस्या साधानका लागि संघहरुले ‘सहकारी सुद्धढीकरणको आधारः सहकार्य, एकता र विश्वास’ भन्ने नाराका साथ आयोजना गरिएको समिटमा बागमती प्रदेशका १३ जिल्लाका २७० भन्दा बढी सहकारीकर्मीको सहभागिता थियो । 

आवद्ध सहकारी संस्थाहरुको दिगो विकास र आम सदस्यहरुको बचतको सुरक्षाको प्रत्याभूतिका लागि बहस र पैरवीमा सामूहिक जिम्मेवारी, वर्तमान सहकारी समस्या समाधानमा सामूहिक पहल र जोखिम व्यवस्थापनमा साझेदारी सहित तीन रणनीतिक लक्ष्यका साथ सहकारी सुदृढीकरणको आधारः सहकार्य, एकता र विश्वास भन्ने मूल थिममा आधारित रहेर समिट आयोजना गरिएको थियो । 

बागमती प्रोस्कूनको आयोजना, बागमती प्रदेश भित्रका १३ वटै जिल्ला बचत तथा ऋण सहकारी संघहरुको सहआयोजना, बचत तथा ऋण सहकारी अभियानको शीर्ष संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को सहकार्यमा सम्पन्न भएको समिटबाट बचत तथा ऋण सहकारी अभियानको सुदृढीकरण मार्फत सहकारी अभियानमा जोडिएका सबै सदस्यहरुको हित प्रर्वद्धन, सदस्यहरुको बचतको सुरक्षाको ग्यारेन्टी र प्रत्याभूति, स्वःनियमन प्रर्वद्धन, सुशासन र स्वःअनुशासनको सहकारीमा लागू गर्ने समिटले प्रतिवद्धता जनाएको छ । वर्तमान समयमा सहकारी अभियान माथि उठेको शंका हटाउनका साकोस अभियानको तर्फबाट साझा संकल्प पारित गरेको हो ।

९ बुँदे साझा संकल्प
१. वर्तमान समयमा सञ्जालमा आवद्ध भएका सहकारीहरुमा देखिएको समस्याको पहिचान गरी निरुपण गर्नका लागि सामूहिक भूमिका निर्वाह गर्नेछौं । यसका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। ९नेफ्स्कून० र प्रदेश भित्रका जिल्ला बचत संघहरुसंग समन्वय गरी अवस्था विश्लेषण, समस्याको पहिचानका साथै, वर्गिकरण गर्ने र निरुपणका विधिहरु निर्माण गर्ने कार्यका लागि बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि।लाई खुल्ला दिलले साथ दिनका लागि प्रतिवद्धता गर्दछौं । 

२. अभियानको सुदृढीकरणका लागि साझा सञ्जाल निर्माण गर्न यसै आ।व मा सामूहिक पहल गरी साझा सञ्जालको ढाँचा र कार्य प्रकृया सार्वजनिक गर्नेछौं । 

३. सहकारी ऐनको व्यवस्था बमोजिम सञ्जालमा आवद्ध सहकारी संस्थाहरुको सुधारात्मक अनुगमनको विधी तयार गरी बचत तथा ऋण सहकारी अभियानको तर्फबाट नेफ्स्कूनको सहकार्यमा अनुगमनको ढाँचा बनाई  सो ढाँचाको आधारमा यसै आ।व देखि साझा अनुगमन गरी सुधारका लागि निरन्तर प्रयास गर्नेछौं ।

४. सहकारी सञ्चालनका लागि आवश्यक विषयवस्तुहरुमा आधारित श्रोत सामाग्रीहरुको विकास गरी एकै विषयवस्तु प्रवाहको वातावरण निर्माण गर्नेछौं । सहकारीको सञ्चालन क्षमता विकासका लागि सहकारीका सञ्चालक र कर्मचारीहरुको क्षमता विकासमा प्रविधीमा आधारित तालिमहरुको विकास गरी एकिकृत सेवा प्रदान गरिने छ ।

५. जिल्ला भित्रका विषयवस्तु जिल्ला बचत तथा ऋण सहकारी संघहरु मार्फत, प्रदेशका विषयवस्तुहरु प्रदेश बचत तथा ऋण सहकारी संघ मार्फत र राष्ट्रियस्तरका विषयवस्तुहरु केन्द्रीयसंघबाट उठान गर्ने र निरुपणका लागि सबै संघहरुको भूमिका संयुक्त बनाउने गरी कार्यप्रकृयाको निर्माण गर्नेछौं । 

६. सहकारी ऐन, नियमावली, मापदण्ड र निर्देशनहरुको कार्यन्वयन, सम्पत्ति शुद्धिकरण निवारण ऐनको कार्यन्वयन, कोपोमिसको प्रयोगमा जिम्मेवार ढंगबाट प्रस्तुत हुनेछौं ।

७. सहकारीका वर्तमान समस्या समाधान, गलत गर्नेलाई कारबाहीमा सहयोगी र असल कार्य गर्ने सहकारीको प्रभावकारिताका लागि प्रवर्धनात्मक कृयाकलापहरुमा सहयोग, भावी कार्यदिशा निर्माण र सम्भावित जोखिमहरुको व्यवस्थापनमा तीनै तहका सरकार र अभियान बीचको सहकार्यलाई मजबुत बनाउदै लैजाने छौं ।  

८. सहकारी संस्थामा सदस्यहरुको सेवाको गुणस्तरीयता वृद्धि, सदस्य सुरक्षा सिद्धान्तको पालना, सदस्यको बचतको सुरक्षा, वित्तीय जोखिमको न्यूनीकरणका लागि जोखिम स्थानान्तरणका गर्न सदस्य संस्थाहरुलाई सुसूचित गर्दै उपयुक्त विधी र प्रकृयाको छनौट र उपयोगमा प्रोत्साहित गर्नेछौं । 

९. सहकारी अभियानको आफ्नै विशिष्ट संस्कृति र पहिचानका लागि एकै किसिमको सहकारी संस्कृतिको विकास गराउन र सहकारी अभियानको छवि विकासका लागि सहकारीमा सुशासन कायम गर्न गराउन एवम् सहकारीमा स्वःनियमन कायम गर्न प्रतिवद्धता व्यक्त गर्दछौं ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

पाठकबाट थप