'नारी जागरण साकोसको रजत महोत्सव हर्ष, २५ औं उद्यम विकास गर्न लक्ष्यको वर्ष’ घोषणा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'नारी जागरण साकोसको रजत महोत्सव हर्ष, २५ औं उद्यम विकास गर्न लक्ष्यको वर्ष’ घोषणा 

काठमाडौं । नारी जागरण बचत तथा ऋण सहकारी संस्था उग्रचण्डी नालाले रजत महोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । स्थापनाको २५ औ बसन्त पार गरेको अवसरमा संस्थाले ‘नारी जागरण साकोसको रजत महोत्सव हर्ष, २५ औं उद्यम विकास गर्न लक्ष्यको वर्ष’ घोषणा गरेको छ । कार्यक्रममा साकोसको योजनालाई सफल बनाउन नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, नारी चेतना केन्द्र नेपालकी अध्यक्ष सिर्जना पौड्याल, बागमती प्रोस्कूनकाअध्यक्ष उद्धवप्रसाद सापकोटा, अधिबक्ता जिवना बादे, समाजेसवी मणिप्रसाद सापकोटा लगायतले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सहकारी मार्फत सदस्यहरुलाई समृद्ध बनाउन उद्यमशीलता महत्वपूर्ण भएकाले आफ्नो क्षेत्रबाट उक्त योजना सफल बनाउन सकारात्मक सहयोग हुने नेफ्स्कून अध्यक्ष लगातका वक्ताहरुले बचत दिनुभयो । साकोसले स्थापना दिवसको अवसर पारेर नेफ्स्कून अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित सहकारीमा हालसम्म विभिन्न जिम्मेवारीमा रहेर कार्य गर्ने सञ्चालकहरुलाई सम्मान समेत गरेको थियो ।

‘संस्थाले स्थापनाकाल देखि हालसम्म २१ विद्यामा थुप्रै सदस्यहरुलाई उद्यमशीलताको सीप उपलब्ध गराएकोे दाबी गरेको छ ।  साकोसले बचत तथा ऋण, जागरण अभियान, नेतृत्व विकास तथा सचेतना अभियानमा सफलता प्राप्त गरेको छ भने अब उद्यमशलितातर्फ केन्द्रित गर्न महत्वकांक्षी योजना घोषणा गरेको हो ।  हरेक वर्ष ५ उद्यमी तयार गर्ने उदेश्यका साथ महत्वकांक्षी योजनालाई विभिन्न क्षेत्रको साथ र सहयोगको अपेक्षा समेत गरिएको छ । उद्यम विकासका लागि एउटै ब्राण्डमा उद्योगहरु संचालन हुनेछन् । २५ उद्यमीका एउटै नामबाट उद्योगहरु संचालन हुनेछन् । फरक फरक उद्योग तथा उद्योगका विशेषताहरु अलग अलग हुन सक्ने भए पनि जागरणका नामबाट सहकारीले जागरण ल्याउन सक्छन भन्ने सन्देश समेत प्रवाह गर्ने उदेश्य रहेको संस्थापक अध्यक्ष निर्मला श्रेष्ठले बताउनुभयो ।

हालसम्म संस्थाले जागरण लब्सी क्यान्डी लघु पाउँ उद्योग, सजना जागरण टेलर्स, जागरण साप्ताहिक परिवार नियोजन क्लिनिक, जागरण झोल साबुन तथा १६ वटा जागरण कृषक समुह गठन गरी तिनीहरु मार्फत विभिन्न व्यावसायिक कार्यहरु भईरहेका छन् ।

हस्तकला, कुखुरापालन, तरकारी खेती, ब्यवसायीक पशुपालन लगायतका ब्यवसायीक कार्यमा सदस्यहरु सहभागि भएका छन् । ‘ब्यक्तिका दैनिक जीवनमा आवश्यक पर्ने हरेक उत्पादनलाई आयात भन्दा स्थानीय स्तरमा उत्पादन गर्न सकिने बस्तुहरुको उत्पादन गर्ने सोच बनाएको अध्यक्ष देवकी दाहालले  जानकारी गराउनुभयो । व्यावसायिक खेतीमा पनि अर्गानिक उत्पादनमा जोड दिदैं उत्पादित बस्तुहरुको बजारीकरण, भण्डारण र ब्यवस्थित योजनामा सहयोग गर्न स्थानीय सरकार तथा सहकारीका छाता संघहरुलाई आब्हान गरिएको उहाँले बताउनुभयो । 

सो अवसरमा जागरण रजत महोत्सव स्मारिका पनि विमोचन गरिएको थियो । साकोसमा हाल १ हजार ५ सय १८ जना सेयर सदस्य छन् भने ९ सय १८ जना बाल बचतकर्ता छन् । संस्थामा उपाध्यक्ष सिता दाहाल, सचिव इन्द्रमाया श्रेष्ठ, कोषाध्यक्ष गंगादेवी श्रेष्ठ, लेखा तथा सुपरिवेक्षण समितिमा संयोजक सुभद्रा अधिकारी लगायतका संचालक छन् । व्यवस्थापक शर्मिला दाहालले साकोसले सदस्य केन्द्रीत कार्यक्रमहरु आयोजना गरी आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयो । कार्यक्रम संचालन सदस्य कल्पना श्रेष्ठले गर्नुभएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१९ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप