सहकारीलाई डिजिटाइज गर्न राज्यको ठोस नीति आवश्यकः नेफ्स्कून अध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीलाई डिजिटाइज गर्न राज्यको ठोस नीति आवश्यकः नेफ्स्कून अध्यक्ष ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीहरुमा प्रबिधिमा आधारित कारोबारहरु बृद्धि भएपनि सहकारीहरुले आफै सेवा सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताउनुभएको छ । राज्यसँग सहकारीलाई डीजिटाइज गर्ने कुनै ठोस नीति नभएको भन्दै उहाँले त्यसका लागि सरकारको संवेदनशीलता आवश्यक भएको बताउनुभएको छ । बैंक तथा वित्तीय संस्थाहरु आधुनिक सेवा विस्तारमा आक्रामक भइरहेका  बेला सहकारी संस्थाहरु भने प्रविधिमा आधारित सेवा दिन निजी कम्पनीको भर पर्नुपरेको भन्दै उहाँले गुनासो गर्नुभएको हो ।

प्रथम सहकारी डिजिटल कन्क्लेभ अन्तर्गत  ‘पोलेसि फर ब्रिजिङ द ग्याप एण्ड डिजिटाइजिङ को–अपरेटिभ इन नेपाल’ सत्रमा श्रोत व्यक्तिका रुपमा धारणा राख्दै अध्यक्ष ढकालले सरकारी नीति र कानुन स्पष्ट नहुँदा अझै पनि सहकारीको दोस्रो दर्जाको व्यवहार गरिएको तथा आधुनिक सेवा पूर्ण रुपमा संचालन गर्न नसकिएको उल्लेख गर्नुभयो । 

उहाँले कानूनी र नीतिगत अस्पष्टताका कारण सहकारी क्षेत्र प्रविधिमा आधारित सेवामा कमजोर देखिएको बताउनुभयो  । सहकारीमा ठूलो संख्यामा सर्वसाधारण आवद्ध भएपनि भएपनि अहिलेसम्म भुक्तानी प्रणाली संचालक र सेवा प्रदायकको अनुमति पाउन नसकेको भन्दै एटिएम, क्युआर कोड, मोवाईल बैंकिङलगायतका सेवा दिनका लागि निजी क्षेत्रको भर पर्नुपरेको उहाँको गुनासो थियो । निजी क्षेत्रको सहयोग लिएर भएपनि सहकारीको ९० प्रतिशत सेवा प्रविधिमार्फत दिइएको समेत अध्यक्ष ढकालले बताउनुभयो । 

अध्यक्ष ढकालले सहकारी विभाग, मन्त्रालय वा राष्ट्र बैंकको कुनै पनि दस्तावेजमा सहकारीलाई डिजिटलाइज गर्ने योजना नदेखेको भन्दै उहाँले भन्नुभयो, आजसम्म जे जति भएको छ संस्थाहरुको स्व प्रयासमा भएको छ । उहाँले नेपालका सहकारीहरु डिजिटलाइज गर्ने हो भने केन्द्रीय बिषयगत संघलाई प्रबिधि सञ्चालनको जिम्मेवारी दिने कानूनको आवस्यकता पर्दछ तर आज पनि सहकारीलाई पी एस ओ वा पी एस पी चलाउने अनुमति दिइएको छैन । त्यसैले सहकारीले प्रवाह गर्ने बिद्युतीय भुक्तानी सेवा महंगो भएको अध्यक्ष ढकालले जीकिर गर्नुभयो । सहकारीको पैसा नीजि क्षेत्रमा गएको छ ।

उहाँले भन्नुभयो, 'सहकारीहरुले प्रबिधिको लागत धान्न सक्ने अवस्था पनि छैन । साझा प्रबिधि विकासमा सरकारको सहयोग आवश्यक छ तर आज सम्म पनि बचत तथा ऋणको मुख्य कारोवार गर्ने संस्थाहरुको अनुगमन निर्देशिका २०७७ को दफा ७४ बमोजिमको प्राबिधिक समितिको गठन र बैठक समेत हुन नसकेको अध्यक्ष ढकालले बताउनुभयो । सरकारको डाटा सेन्टर सहकारी क्षेत्रको पहुँच भन्दा वाहिर रहेको भन्दै अध्यक्ष ढकालले सहकारी प्रशिक्षण केन्द्रका पाठ्क्रमहरुमा पनि प्रबधि बिषय समाबेश भएको नपाइको बताउनुभयो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप