'सिकाइ निरन्तर भइरहनुपर्छ'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सिकाइ निरन्तर भइरहनुपर्छ'

सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सदस्य सेवा कार्यालय वीरेन्द्रनगर, सुर्खेतको आयोजनामा साकोसहरुका लागि २०८० चैत्र १७ र १८ गते आन्तरिक लेखापरीक्षण तथा प्रतिवेदन लेखन तालिम आयोजना गरिएको छ । तालिममा जुम्ला, सल्यान, सुर्खेत र दैलेख जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ३१ जनाको सहभागिता थियो । 

तालिममा सहकारी परिचय, मूल्य मान्यता, सिद्धान्तको व्यावहारिक प्रयोग, लेखा सुपरीवेक्षण समितिको भूमिका, कानूनी व्यवस्था, आन्तरिक लेखा परीक्षणका क्षेत्रहरु, नीतिगत व्यवस्था, कार्यान्वयन लेखा तथा प्रशासन, आन्तरिक लेखापरीक्षण गर्दा ध्यानदिनुपर्ने कुराहरु, लेखा सुपरिवेक्षण समितिको त्रैमासिक र बार्षिक प्रतिवेदनमा समावेश गरिने विषयहरु, प्रतिवेदनको ढाँचा, जोखिम व्यवस्थापन, जोखिमको विश्लेषण र जोखिमको पहिचान लगायतका विभिन्न विषयहरुमा सहजीकरण गर्नु भएको थियो । 

तालिम समापनमा नेफ्स्कून सञ्चालक तथा सुर्खेत सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक विर बहादुर रावत भोटेले आन्तरिक लेखापरीक्षण तथा प्रतिवेदन लेखन सम्बन्धी तालिम एकदमैै प्रभावकारी रहेको वताउनु भयो । उहाँले भन्नुभयो, ‘सिकाइ निरन्तर भइरहनुपर्दछ, सिकाइ कहिले पनि बुढो हुँदैन । समाज रुपान्तरणका लागि सहकारी क्षेत्र एकदमै महत्वपूर्ण हुन्छ । हामीले साकोसमा जोखिमलाई पहिचान गर्न सक्नु आवश्यक छ । साकोसमा आउने सक्ने जोखिमहरुलाई पहिचान गरी कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा चनाखो भई काम गर्नुपर्छ । ऐन, नीति, नियम, नियमावलीमा अद्यावधिक भईरहुनु पर्छ ।’ तालिमको समापन समारोहमा सहभागीहरुको तर्फबाट टिकाराम खराल र चन्द्रा गिरीले मन्तव्य राख्नु भएको थियो ।

तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नेफ्स्कून सुर्खेत सदस्य सेवा कार्यालय ईन्चार्ज चन्द्रदेव जोशीले गर्नु भएको थियो । कार्यक्रममा व्यवस्थापन सहयोग संघका कर्मचारी मदन कुमार चन्दले गर्नु भएको थियो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप