नेफ्स्कून र अफलातून इन्टरनेशनलबीच ५ बर्षीय सम्झौता 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र अफलातून इन्टरनेशनलबीच ५ बर्षीय सम्झौता 

नेफ्स्कून र अफलातून इन्टरनेशनलबीच सामाजिक तथा वित्तीय शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन सम्बन्धी ५ वर्षीय सम्झौता सम्पन्न भएको छ । नेदरल्याण्ड्सको राजधानी अ्याम्स्टड्याममा आयोजित एक कार्यक्रमकाबीच नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा र बरिष्ठ अधिकृत नविन राज दाहाल तथा Stichting Aflatoun International का प्रमुख कार्यकारी अधिकृत Roeland Monasch र बरिष्ठ कार्यक्रम अधिकृत Lucky Lumingkewas ले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो ।  

द्धिपक्षीय सम्झौताअनुसार पाँच वर्षमा १ सय वित्तीय सहकारीमा आवद्ध सदस्यका सन्तानमा बचत गर्ने बानी जागृत गराउन विभिन्न प्रशिक्षण औजार र विधिबारे अभ्यास गराइनेछ । यसले बचत गर्ने बानी, फजुल खर्च अन्त्य र बालबालिकामा वित्तीय जानकारीको संस्कार बसाल्न सहयोग पुर्याउनेछ । साथै उनीहरु अध्ययनरत विद्यालयमा जीवनपयोगी तथा उद्यमशील शिक्षाको संस्कार बसाल्न साकोसहरुसँगको सहकार्यमार्फत विद्यालयमा विभिन्न सीप तथा शिक्षामूलक कार्यक्रम सञ्चालन गरिनेछन् । 

उक्त सम्झौतामा व्यक्तिगत बुझाइ तथा उत्खनन्, अधिकार तथा जिम्मेवारी, बचत तथा खर्च, योजना तथा बजेट निर्माण र सामाजिक एवम् वित्तीय उद्यम गरी पाँच मुख्य विषय समेटिने छन् जसले बहस तथा सञ्चार, पाढ्यक्रम तथा तालिम सामाग्री, प्राविधिक सहयोग तथा सिकाइ, अनुसन्धान, निरीक्षण तथा मूल्याङ्कन र सुशासन एवम् स्रोत परिचालन जस्ता विषयमा बालबालिकाहरुलाई सहयोग पुग्ने विश्वास लिइएको छ । 

अफलातून इन्टरनेशनलले विगतका केही वर्षदेखि नेपाल सरकार र विभिन्न निकायसँग साझेदारीमा कार्यक्रम सञ्चालन गरिरहेपनि सहकारीको केन्द्रीय निकायसँग भने पहिलो पटक सहकार्यको सम्झौता भएको हो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप