दाङमा राष्ट्रिय सहकारी दिवसको साताव्यापी कार्यक्रम, आज रक्तदान र अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दाङमा राष्ट्रिय सहकारी दिवसको साताव्यापी कार्यक्रम, आज रक्तदान र अन्तरक्रिया

दाङ । ६७औं राष्ट्रिय सहकारी दिवस २०८० को उपलक्ष्यमा दाङमा साताव्यापी कार्यक्रमहरु गरी मनाइँदैछ । जिल्लाभरका सहकारी संघ संस्थाहरुको संयुक्त तत्वावधानमा यी कार्यक्रमहरु तय गरिएका हुन् जस अन्तर्गत आज बृहत् रक्तदान र अन्तरक्रिया सम्पन्न भएका छन् । 

नेफ्स्कून दाङ सदस्य सेवा कार्यालय र जिल्ला बचत तथा ऋण सहकारी संघ दाङको संयुक्त आयोजना र जिल्ला सहकारी संघ लि दाङको संयोजनमा २०८० चैत्र १८ गते बृहत् रक्तदान कार्यक्रम गरिएको छ । बिभिन्न संघ संस्थाबाट गरी ४८ जना सहभागी कार्यक्रममा ४२ जनाले रक्तदान गर्नुभएको थियो ।

रक्तदान कार्यक्रममा अध्यक्षता जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बिमल अधिकारीको रहेको थियो ।  कार्याक्रममा जिल्ला सहकारी संघ लि दाङका बरिष्ठ उपाध्यक्ष माधव खनाल, सचिव ईन्द्र बुढाथोकी, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. दाङका निबर्तान अध्यक्ष भरत बुढाथोकी, घोराही उप–महानगरपालिका का सहकारी शाखा प्रमूख प्रेम के.सी., जिल्ला बचत तथा ऋण सहकारी संघ लि. दाङका सचिव रामकृष्ण आचार्य, कोषध्यक्ष गिरीराज अधिकारी, रक्तसंञ्चार सेवाकेन्द्र घोराही दाङका बरिष्ठ प्राविधिक ठाकुर पौडेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन नेफ्स्कून सदस्य सेवा कार्यालय दाङका ईन्चार्ज बिष्णु जोशीले गर्नुभएको थियो भने व्यवस्थापन सदस्य सेवा कार्यालय सहायक पुजा अग्रहरी, दिनेश महरा र जिल्ला सहकारी संघका ब्यवस्थापक एलिशा आर्याले गनुभएको थियो । 

यसैगरी, आजै सहकारी संस्थाका अध्यक्ष र ब्यवस्थापकहरुको उपस्थितिमा सहकारीमा सुशासनः प्रबिधि र एकिकरण बिषयक अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिएको छ । कार्यक्रमको संयोजन घोराही उपमहानगरपालिका र जिल्ला सहकारी संघ दाङले गरेको थियो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिएको थियो कार्यपत्र उपर टिपणीसहित ११ बुँदे साझा धारणा प्रस्तुत गरी कार्यक्रम सम्पन्न भएको थियो । 

६७ औं राष्ट्रिय सहकारी दिवसकै अवसर पारेर भोलि अर्थात् चैत्र १९ गते हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिदैछ जसको संयोजन राष्ट्रिय सहकारी बैंक घोराही शाखाले गर्नेछ भने चैत्र २० गते राष्ट्रिय सहकारी दिवसको मुल समारोह कार्यक्रम गरिनेछ । उक्त कार्यक्रमको संयोजन जिल्ला सहकारी संघ लि. दाङ र घोराही उप–महानगरपालिका ले गर्नेछन् । 

यसअघि, जिल्ला सहकारी संघ दाङको समन्वयमा ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० सहकारीमा सुशासनः प्रविधि र एकिकरण भन्ने मुल नाराका साथ जिल्लाका बिभिन्न पालिकाहरुमा पालिका स्तरीय बिभिन्न सहकारी संस्थाहरुले आफ्नो संस्थाहरु र घोराहीमा साताब्यापी कार्यक्रमसहित मुल समारोहका रुपमा कार्यक्रम तय गरेका थिए ।  

पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत चैत्र १५ गते जेष्ठ नागरिक सरोकार केन्द्र तेरौटे दाङमा जिल्ला कृषि सहकारी संघ लि. दाङ, जिल्ला बहुउदेश्यी सहकारी संघ दाङ र जिल्ला उपभोक्ता सहकारी संघ दाङको आयोजनामा जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरिएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप