'सहकारीहरु संयमित र सचेत हुनपर्छ'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सहकारीहरु संयमित र सचेत हुनपर्छ'

भक्तपुर । ६७ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा २०८० चैत्र १६ गते संघका समिति, उपसमिति र कर्मचारीबीच अन्तरक्रिया कार्यक्रम संघको सभाहलमा सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले हाल सहकारीबारे सडकदेखि सदनसम्म चर्चा भइरहेको बताउँदै सहकारीको यस तरल अवस्थामा सहकारी संस्थाहरु संयमित र सचेत हुनपर्ने बताउनुभयो । उहाँले सहकारीकोे दीर्घकालीन समस्या समाधान गर्न दोस्रो तहको नियमक निकाय गठनमा सरकार लागेको कुरा बताउनुभयो ।

संघका उपाध्यक्ष हरि बल्लले ६७ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित प्रभातफेरी कार्यक्रमले नियमन निकाय र अभियान मिलेर सहकारी समस्या समाधानका लागि समूहिक प्रयासमा टेवा पुग्ने बताउनुभयो ।

संघका सचिव जगनाथ प्रजापतिले संघको आयोजनामा जिल्ला स्थित संघहरुको समन्वयमा हरेक बर्ष राष्ट्रिय सहकारी दिवस चैत्र २० गते प्रभातफेरी कार्यक्रम गरी मनाइँदै आइरहेकोमा यस बर्ष नगर नगरमा संघको नगरस्तरीय सहकारी समन्वय उपसमितिको आयोजना तथा समन्वय र सहकार्यमा प्रभातफेरी कार्यक्रम सहित ६७ औं राष्ट्रिय सहकारी दिवस मनाउने तयारी भएको भन्दै सहकारी संस्थाको सक्रिया सहभागिताको लागि अनुरोध गनुभयो ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले ६७ औं राष्ट्रिय सहकारी दिवसको थिम “सहकारीमा सुशासन र प्रविधि र एकिकरण” बारेमा प्रकाश पार्दै नारा अनुसार संघले प्रविधिलाई आत्मसात गर्दै सदस्य संस्थाहरु बिच कर्जा सूचना, भुक्तानी रसिद क्लिरिङ लगायतका लागि प्रविधि विकासका काम भइरहेको बताउनुभयो ।

संघले विकास गर्दै आएको ऋण लगानी विश्लेषण औजार बारे समेत अन्र्तक्रिया कार्यक्रम छलफल भएको थियो । सो कार्यक्रममा संघका समिति, उपसमिति र कर्मचारी गरी ३८ जना उपस्थिति थियो ।
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१० घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२४ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप