साकोसका अध्यक्षहरुको निरन्तर क्षमता विकास गर्दै नेफ्स्कून
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसका अध्यक्षहरुको निरन्तर क्षमता विकास गर्दै नेफ्स्कून

नेफ्स्कूनले साकोसका नेतृत्वहरुलाई परिवर्तित समय अनुसार अध्यावधिक गर्दै सक्षम नेतृत्व निर्माण गर्ने उद्देश्यका साथ निरन्तर तालिम सञ्चालन गर्दै आएको छ । यसै सन्दर्भमा संघले पछिल्लो पटक बैशाख १८ र १९ गते डडेल्धुरामा साकोसका अध्यक्षहरुको क्षमता विकास तालिम सञ्चालन गरेको छ ।

तालिममा साकोसका अध्यक्ष तथा पदाधिकारीहरुको क्षमता विकासको लागि सहकारीको परिचय, अवधारण र सिद्धान्तहरुको अभ्याससहित प्रशिक्षण, सञ्चालक समितिका कार्य, जिम्मेवारी र भूमिका तथा उपसमितिको कार्य विभाजन, सहकारीका कानूनी प्रबन्धहरु र नियामकीय दृष्टिकोण, साकोसको वित्तीय प्रतिवेदनको बुझाइ, निर्णय लेखन, साकोसमा सम्भाव्य दुरुपयोग र नियन्त्रण, साकोस संस्कृति निर्माण, अध्यक्षको ज्ञान, सीप र योग्यताहरु साथै व्यावसायिक र दीगो संस्था निर्माणका आधारहरु विषयहरुमा प्रस्तुतिकरण, समुह छलफल जस्ता विधिबाट सहभागीहरुलाई जानकारी गराइएको थियो ।

उक्त विषयहरुको प्रस्तुतीकरण तथा सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो । तालिममा कञ्चनपुर, डडेल्धुरा, डोटी, बझाङ्ग, अछाम र दार्चुला जिल्लाका २२ वटा सहकारीहरुको सहभागिता रहेको थियो ।

तालिम समापनमा जिल्ला बचत तथा ऋण सहकारी संघ डडेल्धुराका अध्यक्ष पदमा गुरुङ्ग, प्रदेश बचत तथा ऋण सहकारी संघ लि. सुदुर पश्चिम प्रदेशका सञ्चालक अमर बहादुर पुन, जिल्ला सहकारी संघ दार्चुलाका अध्यक्ष श्याम सिह सामन्त, जिल्ला बचत संघ अछामका अध्यक्ष चन्द्र प्रसाद भण्डारी लगायतले अभियानको चाहना सहकारीमा देखापरेका समस्या समाधान भएको बताउँदै त्यसका लागि सुशासन अभ्यासमा रहने र नेतृत्व शैलीमा रुपान्तरण आवश्यक भएको धारणा राख्नुभयो ।

यसका लागि सहकारी संस्था आफैमा सदस्य केन्द्रीत रही सदस्यको सन्तुष्टिका लागि काम गर्नुपर्ने बताउनुभयो । यसै गरी सहकारीका नीतिगत सवालमा संघको भूमिका सकारात्मक रहेकोमा धन्यवाद समेत ब्यक्त गर्नुभयो । 

कार्यक्रममा सहभागीहरुले तालिम एकदमै व्यावहारिक र महत्वपूर्ण रहेको कुरा राख्दै आगामी दिनमा नेत्तृत्वहरुको क्षमता विकासका लागी थप तालिमहरु आयोजना गरिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो । साथै नियमनकारी निकायका जनप्रतिनिधि र कर्मचारी लक्षित तालिम पनि राखिनुपर्ने धारणा राख्नुभयो । ग्रामिण तथा दुर्गम भेगका सहकारीहरुका लागि निःशुल्क तथा तालिम शुल्कमा समेत छुट गर्न अनुरोध गर्नुभयो । उक्त तालिम सञ्चालन नेफ्स्कून डडेल्धुरा सदस्य सेवा कार्यालयका इन्चार्ज धर्मराज जोशीले गर्नुभएको थियो भने तालिमको व्यवस्थापन संघका कर्मचारी गजेन्द्र बहादुर साउदले गर्नु भएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप