सदस्य संस्थाहरुलाई सक्षम बनाउन तालिम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य संस्थाहरुलाई सक्षम बनाउन तालिम 

बिरगंज । नेफ्स्कूनले आफ्ना सदस्य संस्थाहरुलाई सक्षम बनाउन विविध विषयमा निरन्तर तालिम र शिक्षाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सदस्य संघ संस्थाहरुको सक्षमता विकास नेफ्स्कूनको मुख्य उद्देश्य र जिम्मेवारीमध्येकै एक हो । विषयगत केन्द्रीय संघको रुपमा नेफ्स्कूनले देशैभरि तालिम तथा शिक्षाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस्ता तालिमहरुले ज्ञान, सीप र धारणा परिवर्तनमा अहम् भूमिका निर्वाह गर्दछन् ।

यसैक्रमम, नेफ्स्कून सदस्य सेवा कार्यालय बिरगंजको आयोजनामा माघ २६ गते ऋणको कानुनी प्रकृया तथा धितो मुल्यांकन तालिम सञ्चालन गरिएको छ । तालिममा पर्सा र बारा जिल्लाका ४७ सहकारी संस्थाका अध्यक्ष, ऋण उपसमिति संयोजक, सदस्य, व्यवस्थापक र ऋण अधिकृत गरी ५७ जनाको सक्रिय सहभागिता रहको थियो । 

तालिममा ऋण लगानी प्रकृया, आवश्यक कागजात, प्रभावकारी ऋण असुली र  खराब ऋण हुनुका कारण त्यसले संस्था सञ्चालनमा हुने असर, ऋण अशुलीमा संस्थाले गर्नु पर्ने चरणबद्ध प्रकृया साथै धितो लिलामीका लागि आवश्यक कागजातको बारेमा छलफल गरिएको थियो । 

तालिममा धितो लिलाम गर्दा अपनाउनु पर्ने प्रकृया र चरणबारे छलफल भएको थियो । धितो मुल्यांकन गर्दा अपनाउनु पर्ने प्रकृया र कागजातको बारेमा समेत छलफल गरियो । सहकारी संस्थामा ऋण लगानी गर्दा आवश्यक सुरक्षणको सुक्ष्म विश्लेषण गर्नु पर्ने लगायतका विषयमा छलफल भएको थियो । सहकारीमा व्यावहारिक रुपमा आईपरेका कानुनी समस्या र त्यसको समाधानका प्रकृयामा समेत छलफल भएको थियो । 

तालिमले ऋण लगानी पूर्व संस्थाले सदस्यको विश्लेषण गरेर मात्र ऋण प्रवाह गर्नु पर्ने साथै संस्थाको आन्तरिक कार्यविधि र कानुन बमोजिम संस्थाले सदस्यलाई ऋण प्रवाह गरेमा ऋण असुली कार्य सहज हुने तालिमबाट कानुनी प्रकृयाको र सहकारीमा ऋण लागानी र असुलीमा आकर्षित हुने सहकारी ऐन, सहकारी नियमावली, मुलुकी देवानी संहिताका दफा र नियमको धितो लिलाम र अपनाउनु पर्ने र कानुनी कागजात तयार गर्दा ध्यान दिनु पर्ने कुरामा सहभागि प्रष्ट भएको जानकारी गराइएको थियो । 

तालिममा सहकारीमा आकर्षित हुने कानुन र ऋण लगानी गर्दा अपनाउनु पर्ने साना साना विषय पनि तालिमबाट प्राप्त भएको सहभागिहरुको प्रतिक्रिया थियो । स्थानिय तहमा पन्चकृत मुल्य निर्धारण गर्न सम्वन्धित निकायहरु उपस्थित नहुने, सहकारीको दफा ७९ प्रयोग गरी ऋणी सदस्यको जायजेथा रोक्का राख्न पठाउदा मालपोत कार्यलयबाट सहयोग नहुने, सहकारी ऐनमा कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधिकरण साथै कालो सूचीको व्यवस्थालाई कार्यान्वयमा ल्याउन नेफ्स्कूनले बहस पैरव गर्नु पर्ने र साकोस सञ्ञ्चलानमा आवश्यक सहजीकरण गर्नु पर्ने धारणा सहभागीहरुको थियो । तालिममा सिकेका कुरा संस्थाको व्यवहारमा ल्याउने प्रतिवद्धता सहभागीहरुको थियो । 

तालिम उद्घाटनमा जिल्ला बचत संघ पर्साका अध्यक्ष राजेश पण्डित, राष्टिय सहकारी महासंघका सञ्चालक सदस्य शम्भु प्रसाद गुप्ता, विरगन्ज महानगरपालिकाका सहकारी शाखा प्रमुख सुनिल कुमार कर्ण, सीएमसी पर्साका अध्यक्ष रविभुषण श्रीवास्तव लगायत उपस्थित हुनुहुन्थ्यो । उद्घाटन कार्यक्रम सञ्चालन जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका महासचिव जिष्णु बरालले गर्नुभएको थियो भने तालिम सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रम व्यवस्थापन नेफ्स्कून सदस्य सेवा कार्यालय विरगंज प्रमुख गौतम कुमार साह, व्यवसाय सहायक दिपेन्द्र साह र कार्यालय सहायक लालु यादवले गर्नु भएको थियो । 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप