रुपन्देही बचत संघको १८औ स्थापना दिवस भव्य रुपमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रुपन्देही बचत संघको १८औ स्थापना दिवस भव्य रुपमा सम्पन्न

बुटवल । रूपन्देही बचत तथा ऋण सहकारी संघ लि. को १८औ स्थापना दिवस २०८० माघ २९ गते भव्य कार्यक्रम गरी मनाइएको छ । मुल समारोह कार्यक्रम संघका अध्यक्ष बसन्त प्रसाद ढकालको अध्यक्षता, गृह तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका मन्त्री माननीय सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यता,नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकाल, संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, राष्ट्रिय सहकारी महासंघ लि का लेखा सुपरिवेक्षण समिति संयोजक एंव जिल्ला सहकारी संघ लि का अध्यक्ष भिम प्रसाद तुलाचनको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा प्रदेश बचत तथा ऋण सहकारी संघ लि का अध्यक्ष कृष्ण  प्रसाद नेपाल ,सहकारी विकास बोर्ड का संचालक सन्दिप सापकोटा, पत्रकार महासंघ लि का अध्यक्ष रामराज पोख्रेल, नेफ्स्कूनका बरिष्ठ अधिकृत नविनराज दाहाल, संघका सल्लाहकारहरू प्रकाश भट्टराई, कृष्ण चौहान क्षेत्री, तिलकराम पौडेल आदिको आतिथ्यता रहेको थियो । कार्यक्रम संचालन संघका सचिव बाबुराम बन्जाडेले गर्नुभएको थियो भने स्वागत मन्तव्य संघका उपाध्यक्ष गोमादेवी पौडेलले गर्नुभएको थियो ।

प्रभात फेरी कार्यक्रमको संयोजन संघका कोषाध्यक्ष भोजबहादुर बुढाथोकीले, मन्च व्यवस्थापन संघका संचालक सदस्य कपिला रायमाझी एसी र मिना पौडेल ले गर्नुभएको थियो भने सम्पूर्ण व्यवस्थापन संघका व्यवस्थापक सर्मिला गौतम भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा भुमिपुत्र साकोस सैनामैनाको आफ्नै भेषभुषामा सामुहिक नृत्य र सारिका भट्टराईको एकल नृत्य रहेको थियो । प्रभात फेरी कार्यक्रममा नेफ्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, महासंघका लेखा सुपरिवेक्षण समिति संयोजक भिम प्रसाद तुलाचन, रूस्कूनका व्यवस्थापक शर्मिला गौतम भट्टराई र कर्मचारी बिमला ज्ञवालीलाई सम्मान गरिएको थियो ।

प्रथम हुने नमुना महिला साकोस सेमलार, द्वितीय हुने विरगाथा साकोस बुटवल, तृतीय हुने नारी बहुउद्देश्यीय सहकारी संस्था लि बुटवल र सान्त्वनामा भुमिपुत्र साकोस सैनामैनालाई नगद एंव प्रमाणपत्र वितरण ,प्रभात फेरी कार्यक्रममा सहभागी सम्पूर्ण संस्था सम्मान, वक्तृत्वकला कार्यक्रममा प्रथम, दितृय, तृतीय र सान्त्वना हुने छात्रछात्रालाई नगद ,प्रमाणपत्र एंव ट्रफिबाट सम्मान, सहकारीका विषयमा आ व ०७९र०८० मा उत्कृष्ट कलम चलाउने पत्रकार तेजेन्द्र केसीलाई उत्कृष्ट सहकारी पत्रकारीता पुरस्कार विधामा नगद एंव प्रमाणपत्रबाट सम्मानित गरिएको थियो । 

त्यसअघि माघ २८ गते संघले आयोजना गरेको वर्तमान सन्दर्भमा सहकारीको भूमिका विषयक एक दिने अन्तरक्रियामा प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले संघको बहसपैरवीका विषयहरु बारे जानकारी गराउँदै जिल्ला संघसँगको सम्बन्धलाई थप प्रगाढ बनाइ अघि बढाइने विषय राख्नुभएको थियो । त्यसक्रममा उहाँले सहभागीहरुबाट आएका जिज्ञासाहरुको सम्बोधन गर्दै साकोस अभियानको शुद्धीकरण र सुशासनका लागि निरन्तर लागिपरेको भन्दै यस अभियानमा जिल्ला संघको सहयोगसँगै खबरदारी पनि आवश्यक भएको धारणा राख्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप