लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीको सबै तयारी पूरा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीको सबै तयारी पूरा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा भोलि र पर्सि  (बैशाख २५ र २६) गते हुने लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीको सबै तयारी पूरा भएको छ । “संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूतिः प्रभावकारी लेखा सुपरिवेक्षण समिति” भन्ने थिमका साथ आयोजना गर्न लागिएको गोष्ठीको भोलि बिहान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुलाई लक्षित गरी नेफ्स्कूनले आयोजना गर्न लागेको यो दोस्रो राष्ट्रिय गोष्ठी हो । यसअघि २०७३ सालमा पहिलो पटक गोष्ठी आयोजना गरिएको थियो । काठमाडौंको ‘द सोल्टी’ होटलमा आयोजना हुने उक्त गोष्ठीका लागि आवश्यक तयारी पूरा भएको गोष्ठी संयोजक नेफ्स्कूनकी उपाध्यक्ष शान्ती अधिकारीले जानकारी गराउनुभयो ।

‘गोष्ठीमा सहभागिता जनाउन हामीले अपेक्षा गरे अनुसार नै देशभरका संस्थाहरुबाट लेखा सुपरिवेक्षण समितिका पदाधिकारीले नाम दर्ता गराउनुभएको छ’, उहाँले भन्नुभयो, ‘गोष्ठीले लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुमा ज्ञान र सीप प्रदान गर्नुका साथै आफ्नो कर्तव्य के रहेछ भन्ने कुराको स्पष्ट जानकारी दिनेछ ।’ 

नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले यस अघि नै लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी सम्पन्न गरिसक्नुपर्ने भएपनि प्राविधिक कारणले केही ढिला भएको बताउनुभयो । संस्थाभित्र सुशासन कायम गर्न र लेखा समितिको क्षमता अभिवृद्धि गर्न यो गोष्ठी फलदायी हुने उहाँको दाबी छ । समय अनुकूल नभएपनि संघको नको साधारणसभा र बोर्ड बैठकले नै पारित गरिसकेकाले निर्धारित तालिका अनुसार नै गोष्ठी गर्न लागिएको उहाँले जानकारी गराउनुभयो । गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायका प्रमुख र प्रतिनिधिहरुले विविध विषयमा प्रस्तुतीकरण गर्ने भएकोेले सहभागिका लागि यो महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

गोष्ठीको पहिलो दिन ४ वटा कार्यपत्र प्रस्तुतिको कार्यक्रम छ । ‘संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूतिः प्रभावकारी लेखा सुपरिवेक्षण समिति’ भन्ने विषयमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शवजी सापकोटाले प्रस्तुतिकरण गर्ने कार्यक्रम छ जसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले टीप्पणी गर्ने कार्यक्रम छ भने उक्त सत्रको अध्यक्षता नेफ्स्कूनका पूर्व अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डीबी बस्नेतले गर्ने कार्यक्रम छ ।

त्यस्तै, दोस्रो  सत्रमा लेखा सुपरिवेक्षण समिति, आन्तरिक लेखा परिक्षण र र बाह्य लेखापरिक्षकको सम्बन्धः परीक्षणका क्षेत्र, विधि र प्रक्रियाहरु’ विषयमा आइक्यानका तर्फबाट एफसीए संजिव ढकालले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने त्यसमाथि नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले टीप्पणी गर्ने कार्यक्रम छ । उक्त सत्रको अध्यक्षता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाले गर्ने कार्यक्रम छ ।

त्यस्तै, ‘स्वस्थ एवम् सुरक्षित साकोस निर्माणः औजार र प्रविधि’ विषयको तेस्रो सत्रमा एशियाली ऋण महासंघ (अकू) की प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यान रोक्यो र प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचीले प्रस्तुतिकरण दिने कार्यक्रम छ । त्यसमाथि नेफ्स्कून एवम् अकूका पूर्व अध्यक्ष ऋषिराज घिमिरेले टीप्पणी गर्ने कार्यक्रम छ भने उक्त सत्रको अध्यक्षता नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले गर्नुहुनेछ ।

पहिलो दिनको अन्तिम सत्रमा ‘लेखासुपरिवेक्षण समितिको अभ्यासः सरोकारवालाको चासो र भूमिका’ भन्ने विषयमा सदस्य संस्थाका लेखा समिति संयोजक र विषयविज्ञहरुबीच सामुहिक छलफल (प्यानल डिस्कसन) हुनेछ । उक्त सत्रको अध्यक्षता नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेलले गर्नुहुनेछ भने बागमती प्रोस्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक देव प्रसाद त्रिपाठी, पिसल्याण्ड साकोसकी अध्यक्ष डा.सिता ढुङ्गाना, चण्डेश्वरी साकोसकी लेखा सुपरिवेक्षण समिति सदस्य ज्योत्सना सैंजु, नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष काजी श्रेष्ठ तथा नेफ्स्कून साकोस म्यानेजर्स क्लबका संयोजक एवम् चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ समूह छलफलमा सहभागी हुनुहुनेछ ।

त्यसैगरी दोश्रो दिन ‘नियामकीय दृष्टिकोणमा सहकारी क्षेत्रको विद्यमान समस्या र समाधानमा सदस्य र समितिको भूमिका’ भन्ने विषयमा सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले गर्ने प्रस्तुतीमाथि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पूर्व अध्यक्ष काशीराज दाहालले टीप्पणी गर्ने कार्यक्रम छ जुन सत्रको अध्यक्षता राष्ट्रिय सहकारी महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेले गर्नुहुनेछ ।

दोस्रो सत्रमा ‘वित्तीय सहकारीमा आन्तरिक नियन्त्रण प्रणालीः विश्व अभ्यास र नेपालको सम्भावना’ भन्ने विषयमा विश्व ऋण परिषद् (ओकु) की विज्ञ एरिन ओ हर्नले गर्ने प्रस्तुतीमाथि पूर्व मन्त्री डा. युवराज खतिवडाले टीप्पणी गर्नुहुनेछ भने उक्त सत्रको अध्यक्षता नेफ्स्कूनका निवर्तमान अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघ नेपालका सञ्चालक परितोष पौड्यालले गर्नुहुनेछ ।

‘संस्थागत सुरक्षा र सुपरिवेक्षणमा वित्तीय क्षेत्रको अभ्यास र साकोस अभियान’ विषयको तेस्रो सेसनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालको प्रस्तुतीकरण रहेको छ । उक्त प्रस्तुतिमाथि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले टीप्पणी गर्नुहुनेछ भने उक्त सत्रको अध्यक्षता नेफ्स्कूनका पूर्व अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेलले गर्नुहुने कार्यक्रम छ ।

यस्तै, ‘समस्या, नेतृत्व, सम्भावना र समाधान’ विषयमा रमण नेपालीको उत्प्रेरणात्मक प्रस्तुतिकरणको पनि कार्यक्रम रहेको छ । गोष्ठीमा देशभरबाट करिब साढे ३ सय सहभागी हुने तय भएको छ ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

पाठकबाट थप