भारतीय सहकारी मन्त्रीमा फेरि अमित शाह 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भारतीय सहकारी मन्त्रीमा फेरि अमित शाह 

नयाँ दिल्ली । भारतको सहकारी मन्त्रीमा अमित शाह पुनः नियुक्त हुनुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना विश्वास पात्र शाहलाई नयाँ मन्त्रिपरिषद्मा सहकारी मन्त्रालयको जिम्मा दिनुभएको हो । शाहलाई प्रभावशाली मानिएको गृह मन्त्रालयसँगै सहकारी मन्त्रालयको पनि जिम्मा दिइएको हो । हिजो तेस्रो पटक भारतको प्रधानमन्त्रीको शपथ लिएसँगै नरेन्द्र मोदीले हिजै मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । यद्यपि, मन्त्रालयको बाँडफाँड भने आज मात्र गरिएको हो ।

यसअघि मोदी नेतृत्वकोे दोस्रो कार्यकालमा पनि शाह नै गृह र सहकारी मन्त्री रहनुभएको थियो । भारत सरकारले सहकारी क्षेत्रलाई उच्च प्राथमिकता दिदैं सन् २०२१ को जुलाई ६ मा छुट्टै सहकारिता मन्त्रालय गठन गरेको थियो । उक्त मन्त्रालयको पहिलो मन्त्री शाह नियुक्त हुनुभएको थियो भने राज्य मन्त्रीको जिम्मा विएल वर्मालाई प्रदान गरिएको थियो ।  

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको नयाँ मन्त्रिपरिषद् ७२ सदस्यीय बनेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हिजो मात्र नरेन्द्र मोदीले प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । उहाँ तेस्रो पटक भारतको प्रधानमन्त्री निर्वाचित हुनुभएको हो ।

भारतमा हालै सम्पन्न १८औं लोकसभा निर्वाचनमार्फत सरकार निर्माणको जिम्मेवारी पाएको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडिएका नेताहरूले दलको नेताका रूपमा मोदीलाई नियुक्त गरेको जानकारी गराएपछि मोदी प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप