नेफ्स्कूनको छैठौं रणनीतिक योजना
नेफ्स्कूनको छैठौं रणनीतिक योजना तर्जुमा कार्यशाला सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको छैठौं रणनीतिक योजना तर्जुमा कार्यशाला सुरु

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को छैठौं रणनीतिक व्यावसायिक योजना तर्जुमा कार्यशाला आजबाट काठमाडौंमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने कार्यशालाले संघको आगामी आर्थिक वर्षबाट कार्यान्वयमा जाने छैठौं रणनीतिक योजना निर्माणलाई अन्तिम रुप दिने छ ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित कार्यशालाको उद्घाटन सत्रका प्रमुख अतिथि सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे रहनुभएको थियो । उद्घाटन कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, महासचिव घनश्याम अधिकारी, कोषाध्यक्ष दिपक थापा, लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेलसँगै नेफ्स्कूनको सिङ्गो सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटासहितको उच्च व्यवस्थापन सहभागी छ ।

अमेरिकी सहयोग नियोग (यूएसएड) को प्राविधिक सहयोगमा सञ्चालित कार्यशालाको सहजीकरण मौद्रिक अर्थशास्त्रका विज्ञ नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाको रहेको छ ।

साकोस अभियानलाई नै दिशाबोध गर्ने नेफ्स्कूनको आगामी रणनीतिक योजनाका सम्बन्धमा देशव्यापी चासो रहेको छ । साकोस अभियानको दीर्घकालीन मार्गचित्रप्रति समग्र सहकारी अभियानको नै ध्यानाकृष्ट भएको छ ।

नेफ्स्कूनको २०८० पुस ७ र ८ गते काठमाडौंमा सम्पन्न ३२औं वार्षिक साधारणसभाबाट संघमा नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति निर्वाचित भएपछि छैठौं रणनीतिक योजना निर्माण गर्न लागिएको हो ।

नेफ्स्कूनले राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको विवचेनासहित यो पटक साकोस अभियानको सञ्जाल व्यवस्थापनलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्दैछ । यसका साथै नीतिगत सर्वोच्चता तथा कार्यगत एकतालाई केन्द्रमा राखेर रणनीतिक योजनाको खाका तयार पारिएको छ । सञ्जाल व्यवस्थापनमार्फत साकोस अभियानको समूल दिगोपना, व्यावसायिकता र संस्थागत विकास सम्भव हुने विश्वास नेफ्स्कूनले लिएको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप