नेफ्स्कूनको छैठौं रणनीतिक योजना
नेफ्स्कूनको छैठौं रणनीतिक योजना तर्जुमा कार्यशाला सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको छैठौं रणनीतिक योजना तर्जुमा कार्यशाला सुरु

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को छैठौं रणनीतिक व्यावसायिक योजना तर्जुमा कार्यशाला आजबाट काठमाडौंमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने कार्यशालाले संघको आगामी आर्थिक वर्षबाट कार्यान्वयमा जाने छैठौं रणनीतिक योजना निर्माणलाई अन्तिम रुप दिने छ ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित कार्यशालाको उद्घाटन सत्रका प्रमुख अतिथि सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे रहनुभएको थियो । उद्घाटन कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, महासचिव घनश्याम अधिकारी, कोषाध्यक्ष दिपक थापा, लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेलसँगै नेफ्स्कूनको सिङ्गो सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटासहितको उच्च व्यवस्थापन सहभागी छ ।

अमेरिकी सहयोग नियोग (यूएसएड) को प्राविधिक सहयोगमा सञ्चालित कार्यशालाको सहजीकरण मौद्रिक अर्थशास्त्रका विज्ञ नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाको रहेको छ ।

साकोस अभियानलाई नै दिशाबोध गर्ने नेफ्स्कूनको आगामी रणनीतिक योजनाका सम्बन्धमा देशव्यापी चासो रहेको छ । साकोस अभियानको दीर्घकालीन मार्गचित्रप्रति समग्र सहकारी अभियानको नै ध्यानाकृष्ट भएको छ ।

नेफ्स्कूनको २०८० पुस ७ र ८ गते काठमाडौंमा सम्पन्न ३२औं वार्षिक साधारणसभाबाट संघमा नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति निर्वाचित भएपछि छैठौं रणनीतिक योजना निर्माण गर्न लागिएको हो ।

नेफ्स्कूनले राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको विवचेनासहित यो पटक साकोस अभियानको सञ्जाल व्यवस्थापनलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्दैछ । यसका साथै नीतिगत सर्वोच्चता तथा कार्यगत एकतालाई केन्द्रमा राखेर रणनीतिक योजनाको खाका तयार पारिएको छ । सञ्जाल व्यवस्थापनमार्फत साकोस अभियानको समूल दिगोपना, व्यावसायिकता र संस्थागत विकास सम्भव हुने विश्वास नेफ्स्कूनले लिएको छ । 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप