शिक्षण कल्याण साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
शिक्षण कल्याण साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

काठमाडौं । शिक्षक कल्याण साकोस चरिकोट दोलखाको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहजीकरणमा साकोस सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC) भक्तपुरको नगरकोटमा सम्पन्न भएको छ । असार १३ गतेदेखि १६ गतेसम्म सञ्चालित तालिममा साकोसको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति तथा उच्च व्यवस्थापनको सहभागिता थियो । 

तालिम समापनमा सहभागी हुनुभएका नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले तालिमको सिकाइ संस्थाको व्यवहारमा झल्कनुपर्नेमा जोड दिनुभयो । सहकारी क्षेत्रका समसामयिक विषयवस्तु र नेफ्स्कूनको बहसपैरवीबारे पनि उहाँले सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।

सहकारी क्षेत्रले राज्यलाई तिरेको करको बारेमा अर्थमन्त्रालयसँग जानकारी माग गरिएको भन्दै अध्यक्ष ढकालले सहकारी क्षेत्रले राज्यलाई तिरेको करको आधारमा यस क्षेत्रको विकास र प्रवर्धनका लागि भएका प्रयासहरुको अब वस्तुगत मूल्याङकन तथा विश्लेषण गर्ने बेला आएको बताउनुभयो ।

यसैगरी, उहाँले कर्जा असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोष लगायत सहकारी ऐनका प्रावधानहरु छिट्टै कार्यान्वयन हुने जानकारी गराउनुभयो । उक्त तालिम सहजीकरण नेफ्स्कूनका अधिकृतहरु कोमलराज अधिकारी तथा श्यामराजा तिमल्सिनाले गर्नुभएको थियो । तालिम उपलब्धिमूलक भएको प्रतिक्रिया सहभागीहरुको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप