सहकारी अभियानद्वारा संसदीय छानविन विशेष समिति समक्ष सुझाव पेश
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियानद्वारा संसदीय छानविन विशेष समिति समक्ष  सुझाव पेश

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारी अभियान सँग आज छलफल गरेको छ ।  समितिले आज राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ र राष्ट्रिय सहकारी बैंकसँग सहकारी क्षेत्रको विद्यमान तरल अवस्थासँग सम्बन्धित विषयमा छलफल गरी सुझाव मागेको हो ।

समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा छलफल भएको थियो । छलफलमा महासंघ अध्यक्ष ओमदेवी मल्लले समस्या हुनुको मुख्य कारण र समाधानका उपायहरुको विषयमा जानकारी गराउँदै लिखित सुझाव बुझाउनुभएको थियो । छलफलमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेल, उपाध्यक्ष डिवि बस्नेत, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती,  महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईको उपस्थिति थियो ।

छलफलमा समितिका सभापति सुर्य थापाले सहकारी समस्याका बारेमा र समाधानको उपाय पत्ता लगाउने सम्बन्धमा विभिन्न सरोकारवालासँग छलफल जारी रहेको बताउनुभयो ।

उहाँले तथ्यगत रुपमा अध्ययन अनुसन्धान गरेर समस्या समाधानका लागि उपाय खोजी गर्ने बताउनुभयो । उहाँल विगतका विभिन्न समितिका प्रतिवेदन समेत अध्ययन गरिरहेको बताउँदै समस्या पालेर समाधान खोज्न नहुने बताउनुभयो ।

छलफलमा सांसद ध्रुवबहादुर प्रधान, लेखनाथ दाहाल, शिशिर खनालले सहकारी संस्थाहरुमा देखिएको संकट समाधानका लागि गर्नुपर्ने आवश्यक कार्यको विषयमा अभियानकर्मीसँग सुझाव लिनुभएको थियो ।

समितिले राष्ट्रिय राजनीतिक दलहरुसँग पनि सुझाव माग गर्ने निणर्य गरेको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप