एफआईयूको प्रतिवदेन
एक वर्षमा सहकारीबाट ४८ लाख बढीको शंकास्पद कारोबार
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक वर्षमा सहकारीबाट ४८ लाख बढीको शंकास्पद कारोबार

काठमाडौं । गत वर्ष सहकारीहरुबाट ४८ लाख बढी रुपैयाँको शंकास्पद कारोबार तथा गतिविधि भएको एक प्रतिवदेनले देखाएको छ । सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्मको विवरणअनुसार सहकारीहरुबाट ४८ लाख बढी रुपैयाँको शंकास्पद कारोबार तथा गतिविधि (एसटीआर/एसएआर) भएको नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू) ले जनाएको छ ।

एफआईयूका अनुसार गत वर्ष नेपालमा ४० अर्ब रुपैयाँ बराबरको शंकास्पद कारोबार तथा गतिविधि भएको थियो । गत वर्ष सहकारीमा दुई वटा शंकास्पद कारोबार भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार सबैभन्दा बढी शंकास्पद कारोबार वाणिज्य बैंकहरूमा देखिएको छ । वाणिज्य बैंकमा मात्रै ३८ अर्ब ७२ करोड ८७ लाख बराबरको शंकास्पद कारोबार भएको छ भने दोस्रो स्थानमा विकास बैंकबाट ४७ करोड २२ लाख बराबरको यस्तो कारोबार भएको छ ।

तेस्रो नम्बरमा रहेका सेयर ब्रोकर कम्पनीबाट ४२ करोड ९६ लाख बराबरको शंकास्पद कारोबार भएको छ भने वित्त कम्पनीबाट २६ करोड ५१ लाख, रेमिट्यान्स कम्पनीबाट ११ करोड १३ लाख, जीवन बिमा कम्पनीबाट तीन करोड ६१ लाख, पिएसपीरपिएसओबाट एक करोड १५ लाख रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, सहकारीबाट ४८ लाख, मर्चेन्ट बैंकबाट ४१ लाख र लघुवित्तबाट २२ लाख बराबरको शंकास्पद कारोबार भएको छ ।

प्रतिवेदनअनुसार २०२३ मा शंकास्पद कारोबार ५७.२० प्रतिशत बढेको देखिएको छ । २०२२ मा नेपालमा तीन हजार नौ सय ७९ वटा शंकास्पद कारोबार भएकोमा २०२३ मा छ हजार दुर्ई सय ५५ कारोबार भएको देखिएको छ । वाणिज्य बैंकमा मात्रै पाँच हजार दुई सय ८२ वटा शंकास्पद कारोबार भएको छ भने विकास बैंकमा तीन सय ३०, भुक्तानी सेवा प्रदायक (वालेट) मा दुई सय ११, रेमिट्यान्समा एक सय ५६, वित्त कम्पनीमा ९९, सेयर ब्रोकरमा ६२, भुक्तानी प्रणाली सञ्चालकमा ४९ र जीवन बिमा कम्पनीमा २६ शंकास्पद कारोबार भएका छन् ।

यस्तै, लघुवित्तमा २४, राष्ट्र बैंकमा ११, निर्जीवन बिमा कम्पनीमा दुई, र मर्चेन्ट बैंकमा एउटा शंकास्पद कारोबार भएको छ । कुल कारोबारमा सम्पत्ति शुद्धीकरणमा मात्रै तीन हजार एक सय ९९ वटा कारोबार भएको प्रतिवेदनमा उल्लेख छ । 

यस्तै, गत वर्ष सहकारीहरुबाट दुई लाख ६० हजार तीन सय नौं वटा सीमा कारोबारको जानकारी प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।  

सम्पति शुद्धीकरण निवारण सम्बन्धी सहकारी संघ संस्थालाई जारी गरिएको निर्देशन २०७४ अनुसार चित्त बुझ्दो आधार र कारणबाहेक एकै पटक वा पटक पटक गरी दैनिक रु १० लाख वा सोभन्दा बढी भएको जुनसुकै किसिमको कारोबार सीमा कारोबार हो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप