सहकारी विभागको निर्देशन
सहकारी सञ्चालकहरुलाई बहुपद त्याग्न अल्टिमेटम
३० दिनभित्र एउटा संस्थाको मात्र सञ्चालक पद कायम राखी अन्यको हकमा त्याग्न निर्देशन दिदैं अन्यथा कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाईने विभागले जनाएको छ ।  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी सञ्चालकहरुलाई बहुपद त्याग्न अल्टिमेटम

काठमाडौं । सहकारी विभागले सहकारी संस्थाका सञ्चालकहरुलाई बहुपद त्याग गर्न एक महिनाको अल्टिमेटम दिएको छ । विभागले एक व्यक्ति एक मात्र सहकारीको सञ्चालक हुने पाउने कानूनी व्यवस्था लागु गर्न निर्देशन जारी गरेको छ । सहकारी ऐन, २०७४ को दफा (४१) को उपदफा (५) मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने उल्लेख छ । 

सोही व्यवस्था लागु गर्न विभागले आज संस्थाहरुलाई निर्देशन जारी गरेको हो । यदि कुनै व्यक्ति दुई वा सो भन्दा बढी संस्थाको सञ्चालक रहेको भए यो निर्देशन जारी भएको ३० दिनभित्र एउटा संस्थाको मात्र सञ्चालक पद कायम राखी अन्यको हकमा त्याग्न निर्देशन दिदैं अन्यथा कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाईने विभागले जनाएको छ ।  

सहकारी संस्था भन्नाले संस्था वा संघ सम्झनुपर्दछ र सो शब्दले सहकारी बैंक समेतलाई जनाउने निर्देशनमा स्पष्ट पारिएको छ । सञ्चालक भन्नाले सहकारी ऐनको दफा ४१ को उपदफा १ बमोजिमको सञ्चालक समितिको सदस्य सम्झनुपर्ने र सो शब्दले समितिको पदाधिकारीलाई समेत जनाउने उल्लेख छ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप