कोअप्स् डे-२०२४
‘मेरो पहिलो खाता नै सहकारीमा खोलिएको थियोः यूएनडीपी आवासीय प्रतिनिधि
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘मेरो पहिलो खाता नै सहकारीमा खोलिएको थियोः यूएनडीपी आवासीय प्रतिनिधि

ललितपुर । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) की नेपालस्थित आवासीय प्रतिनिधि आयसानी मेडागङगोडा लाबेले सहकारीले सबैको जीवनलाई प्रभावित तुल्याएको बताउनुभएको छ । वैयक्तिक अनुभव सुनाउँदै उहाँले आफ्नो पहिलो खाता सहकारीमा खोलिएको बताउनुभयो । 

१०२औं अन्तर्राष्ट्रिय सहकारी दिवस, ३० औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस एवम् ३१औं राष्ट्रिय सहकारी महासंघ दिवसको उपलक्ष्यमा आज पुल्चोकमा आयोजित कार्यक्रममा उहाँले सानैदेखि सहकारी आफ्नो जीवनको हिस्सा भएको बताउँदै खासगरी दक्षिण एशियाली मुलुकहरुमा सहकारीले सबैको जीवनमा कुनै न कुनै समयमा प्रभाव पारेको उल्लेख गर्नुभयो ।

करिब ७–८ वर्षको हुँदा मातापिताको मार्फतबाट श्रीलंकाको ग्रामीण सहकारीमा आफ्नो पहिलो खाता खोलिएको सुनाउँदै उहाँले २० रुपैयाँ (श्रीलंकाली रुपैयाँ) सहकारीमा बचत गर्ने गरेको पनि सुनाउनुभयो । त्यसैले सहकारी अभियान आम जनताको अभियान भएको उहाँले बताउनुभयो ।

सहकारीले सदस्यहरुको जीवनमा पारेको प्रभावबारे आज प्रर्दशन गरिएका भिडियो सामाग्रीहरुबाट धेरै विषयहरु जान्ने मौका मिलेको भन्दै उहाँले पैसा, बचत संकलन, ऋण लगानी, बिमा, कृषि, पशुपालन, बनजंगल, आदिबारे भिडियोमा गरिएको चर्चाले मानिसहरुलाई प्रकृति एवम् पृथ्वीसँग जोड्ने काम गरेको बताउनुभयो । उहाँले वातावरण, महिला नेतृत्व, सीप, शसक्तिकरण, आर्थिक, समाजिक, वातावरणीय विषयहरु दिगो विकाससँग जोडिएका स्तम्भहरु भएको बताउँदै सहकारीमार्फत यसका विश्वव्यापी लक्ष्यहरु हासिल गर्न सम्भव भएको उल्लेख गर्नुभयो ।

सहकार्यमा आधारित सहकारी अभियान मासिनहरुको मुटुसँग जोडिएको अभियान भएको पनि उहाँले बताउनुभयो । अतिनै महत्वपूर्ण सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरु कहिल्यै पूरानो नहुने तर्क उहाँले गर्नुभयो । सोही कारण संयुक्त राष्ट्र संघ र यसका बिशिष्टीकृत निकायहरुले नेपाल लगायत थुप्रै मुलुकका सहकारीहरुसँग सहकार्य गर्दै आएको उहाँले बताउनुभयो ।

सहकारीको अत्यन्त ठूलो क्षेत्र भएको भन्दै उहाँले यसमार्फत पिछडिएका समुदायका मानिसहरुको जीवन रुपान्तरण सम्भव हुने दाबी गर्नुभयो । 

नेपालमा प्रत्येक ४ जनामा एक जना सहकारीको सदस्य भएको बताउँदै ४० वर्ष उमेर पुगेका ३७ प्रतिशत महिला सहकारीमा आवद्ध भएको, ८३ प्रतिशत घरपरिवारले आधा घन्टाको हिडाइमा सहकारी भेट्टाउने तथ्य प्रस्तुत गर्दै उहाँले यस क्षेत्रमार्फत प्रचुर सम्भावना रहेको बताउनुभयो । पछिल्लो समय लुम्बिनी, सुदूर पश्चिम लगायतका प्रदेशका धेरै जिल्लाहरु भ्रमण गर्दा सहकारीमार्फत ग्रामीण समुदायलाई पुगेको सहजताबारे जानकारी प्राप्त गर्ने अवसर मिलेको उहाँको भनाइ थियो ।
सोही कारण ‘सहकारीले समुन्नत भविष्य निर्माण गर्दछ’ भन्ने अन्तर्राष्ट्रिय सहकारी दिवसको यस वर्षको थिमको सान्दर्भिकता अझ बढी रहेको तर्क उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल विश्वका यस्ता थोरै मुलुकमध्ये पर्दछ जसको संविधानले सहकारी क्षेत्रलाई मान्यता प्रदान गरेको छ । सरकारी र निजी क्षेत्र समान सहकारी क्षेत्रलाई पनि अर्थतन्त्रको खम्बा मानेको छ । यो नेपालको सहकारी क्षेत्रका लागि ठूलो अवसर पनि हो ।’ भावी सन्ततिको जीवन समुन्नत बनाउन पनि सहकारी क्षेत्रको भूमिका हुने भन्दै उहाँले विगतबाट पाठ सिक्दै यस क्षेत्रका चुनौतीहरु सामना गर्दै जानुपर्ने सुझाउनुभयो । 
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

पाठकबाट थप