कोअप्स् डे २०२४
अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न व्यक्तित्व तथा संघ संस्था पुरस्कृत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न व्यक्तित्व तथा संघ संस्था पुरस्कृत

ललितपुर । राष्ट्रिय सहकारी महासंघ लि. नेपालले १०२ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, ३० औं संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा ३१ औं राष्ट्रिय सहकारी महासंघ दिवसको अवसरमा विभिन्न व्यक्तित्व तथा उत्कृष्ट सहकारी संघरसंस्थालाई पुरस्कृत गरेको छ ।

महासंघकी अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठले विभिन्न व्यक्तित्व तथा संघरसंस्थालाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

राष्ट्रिय सहकारी पुरस्कारबाट महासंघका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री केशव बडाल पुरस्कृत हुनुभएको  छ । सहकारी अभियानको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउनुभएका बडाललाई महासंघले सम्मान गरेको हो ।

त्यस्तै उत्कृष्ट सहकारी कर्मचारी पुरस्कारबाट बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहाल, सहकारी पत्रकारिता पुरस्कारबाट सहकारी खबरका सम्पादक काजी श्रेष्ठ र मेरो लगानीकी संचारकर्मी सुधा देवकाटा पुरस्कृत हुनुभएको छ ।

त्यसैगरी, उत्कृष्ट सहकारी पुरस्कारबाट मोरङ जिल्ला बचत तथा ऋण सहकारी संघ सम्मानित भएको छ । उत्कृष्ट व्यवासय पुरस्कारतर्फ ७ प्रदेशका एक एक संस्था पुरस्कृत भए । जसमा कोशीबाट झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था, मधेश प्रदेशबाट सर्लाहीको साना किसान कृषि सहकारी संस्था, बागमती प्रदेशबाट भक्तपुरको युवा साकोस, गण्डकीबाट नवलपरासीको नवप्रतिभा साकोस, लुम्बिनीबाट दाङको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था, कर्णालीबाट सल्यानको ग्रामीण साकोस र सूदूरपश्चिमबाट कैलालीको किसान बहुउद्देश्यीय सहकारी संस्था सम्मानित भएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप