व्यास पूर्णिमा
के हो गुरु पूर्णिमा ? किन यो पर्व मनाइन्छ ?
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
के हो गुरु पूर्णिमा ? किन यो पर्व मनाइन्छ ?

काठमाडौं । गुरु पूर्णिमा गुरुको सम्मानमा मनाइने एउटा पर्व हो। त्यस्ता गुरु आध्यात्मिक पनि हुन सक्छन् वा प्राज्ञिक ।मानिसको जीवनको प्रारम्भिक कालदेखि नै गुरुहरूको महत्त्वपूर्ण भूमिका र प्रभाव रहँदै आएको छ । कुनै पनि व्यक्ति सफल वा असफल हुने कुरा समेत गुरुले उनलाई कस्तो शिक्षा दिन्छन् भन्नेमा निर्भर हुने ठानिन्छ।

त्यस्ता गुरु भनेका औपचारिक शिक्षा दिने शिक्षक मात्र नभएर जो कोही हुन सक्छन्। त्यसरी सफल जीवनका लागि मार्गदर्शन गर्ने व्यक्तिप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने दिवस गुरु पूर्णिमा भएको संस्कृतिविद्प्राहरुको भनाइ छ ।

विशेषगरी हिन्दू धर्मावलम्बीहरूले आषाढ शुक्ल पूर्णिमाको दिनलाई गुरु पूर्णिमाका रूपमा मनाउँछन्। हिन्दू संस्कृतिको प्रभाव तथा उक्त संस्कृतिलाई पछ्याउँदै अन्य कतिपय धार्मिक सम्प्रदायले पनि नेपालमा गुरु पूर्णिमा मनाउने गरेका छन्।

यस वर्षको गुरु पूर्णिमा आज आइतबार परेको छ र नेपालसहित हिन्दूहरूको बसोबास भएका भारतसहितका देशहरूमा यो पर्व मनाइँदै छ।

पौराणिक मान्यताअनुसार गुरु पूर्णिमा भनेको वेद व्यासको जन्मदिन पनि हो। कतिपय जानकारहरू उनैको सम्मानमा गुरु पूर्णिमा मनाउन थालिएको र यो दिनलाई व्यास पूर्णिमा पनि भनिने गरेको बताउँछन्।

कतिपय हिन्दू शास्त्रहरूमा गुरु पूर्णिमाको दिन महर्षि वेद व्यासले चार वटै वेदको रचना गरेका हुनाले उनको नाम वेद व्यास राखिएको उल्लेख भएको बताइन्छ।

प्राचीन कालदेखि नै नेपालमा गुरुको भूमिका महत्त्वपूर्ण रहेको मान्यता छ। विशेष गरी पूर्वीय सभ्यतामा गुरुलाई उच्च स्थान र सम्मान दिने चलन रहेको छ। त्यो आधुनिक कालमा पनि जारी रहेको देखिन्छ।

अर्को पौराणिक मान्यता अनुसार भगवान् शिवले गुरु पूर्णिमाकै दिनबाट सप्त ऋषिलाई योग सिकाउन थालेका थिए। बौद्ध धर्म मान्नेहरूले पनि गौतम बुद्धको सम्झनामा गुरु पूर्णिमा मनाउने गर्छन्। उनीहरूका मान्यतामा गौतम बुद्धले यसै दिन आफ्नो पहिलो उपदेश दिएका थिए।

गुरु पूर्णिमालाई आधुनिक शिक्षालयहरूमा पनि धूमधामसँग मनाउने गरिन्छ । यो दिनमा छात्रछात्राहरूले गुरु महिमा गाउने, उनीहरूको सम्मानका कार्यक्रम राख्ने तथा उपहार दिने समेत चलन चलेको छ।

अहिले आधुनिक तरिकाले गुरु पूर्णिमा मनाउने कुरामा कतिपय चलन राम्रै पनि छन् तर गुरु र शिष्यको पहिलेको जस्तो मान्यता अब नरहेको संस्कृतिविद्हरुको धारणा छ । अहिले समाजमा हरेक कुरालाई आर्थिक कुरासँग जोडेर हेर्न थालियो त्यसले पूर्वीय सभ्यतामा गुरु शिष्यको जुन खाले परम्परा थियो त्यसमा व्यापक परिवर्तन आएको उनीहरुको ठहर छ ।

त्यस्तै हिन्दू मान्यता अनुसार आफूलाई गायत्रीमन्त्र सुनाउने गुरुलाई यो दिनमा गुरु दक्षिणा दिने चलन पनि छ। त्यस्ता गुरुहरू भेट नभएमा विभिन्न माध्यमबाट सम्झना गर्ने र पछि गुरु दक्षिणा चढाउने पनि कतिपयले गर्ने गर्छन्।
 
(स्रोतः बीबीसी नेपाली सेवा)
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप