सहकारी संघ संस्थाहरुलाई गण्डकी सरकारको २१ बुँदे निर्देशन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी संघ संस्थाहरुलाई गण्डकी सरकारको २१ बुँदे निर्देशन

काठमाडौं । गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले सहकारी संघ तथा संस्थाहरूको लागि २१ बुँदै निर्देशन जारी गरेको छ । सहकारी संघ र संस्थाहरूको काम कारवाहीलाइ जिम्मेवार, पारदर्शी एवं विधिसम्मत् तरिकाले संचालन गराउन तथा सहकारी संंघसंस्थामा सुशासन प्रवर्धन गर्न उक्त निर्देशन जारी गरिएको रजिष्ट्रार कार्यालयले जजनाएको छ । 

निर्देशनमा सहकारी मुल्य, मान्यता र सिद्धान्तको परिपालन, समयमा साधारण सभा गरी जानकारी गराउन, ऋण असुली प्रभावकारी बनाइ सदस्यकोहरूको बचत समयमा फिर्ता गर्न भनिएको छ । 

ऋण नियमित भुक्तान नभएको अवस्थामा पाकेको ब्याजको ५० प्रतिशतमात्र भुक्तानी गरेमा ३ महिनासम्म ऋण पुनर्तालिकीकरण गर्ने व्यवस्था मिलाउन, एक व्यक्ति एक समयमा एकमात्र सहकारी संस्थाको संचालक हुने व्यवस्था पालना गर्न, विनियममा उल्लिखित भन्दा बढी पुँजी संकलन नगर्न, पुँजी कोषको १० प्रतिशत भन्दा बढी रकम एक व्यक्तिलाइ कर्जा प्रवाह नगर्न निर्देशनमा भनिएको छ। 

२१ बुँदे निर्देशनः

१. सहकारी मूल्य, मान्यता, सिद्धान्त आत्मसात गरी सहकारी ऐन, नियम लगायतका प्रचलित सहकारी कानूनको परिपालना गर्ने ।

२. सहकारी संघरसंस्थाले गणपुरक संख्या पूरा गरी साधारणसभा गर्ने र सोको जानकारी १५ दिनभित्र यस कार्यालयमा अनिवार्य रुपमा पेश गर्ने ।

३. ऋण तथा वाँकी वक्यौता असुलीलाई थप प्रभावकारी बनाई आफ्ना सदस्यहरुको बचत रकम समयमै फिर्ता गर्ने ।

४. परिस्थितिजन्य कारणले समस्यामा परी ऋणलाई नियमित गर्न नसकेका ऋणीहरुलाई ऋण चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी माग, आवश्यकता र औचित्यता समेतको आधारमा गत वर्ष खराव ऋणीको सूचीमा नपरेका र यस अघि यस्तो सुविधा नलिएका ऋणीहरुको हकमा मात्र ऋणमा पाकेको ५० प्रतिशत व्याज भुक्तानी गरेमा बाँकी साँवालाई ३ महिनाको अवधिका लागि पुनर्तालिकीकरण गर्न सकिने । यसरी ऋण पुनर्तालिकीकरण गर्नुपर्ने स्पष्ट आधारहरु प्रत्येक ऋणीका फाइलमा संलग्न हुनु पर्ने । पुनर्तालिकीकरण पश्चात् ऋण नोक्सानी व्यवस्थावाट Write back  हुने अवस्था आएमा Write back गरिए बराबरको रकम संचित मुनाफा खाताबाट खर्च गरी छुट्टै खातामा लेखाङ्कन गर्नुपर्ने। यसरी लेखांङ्कन गरिएको रकमवाट लाभांश तथा कर्मचारी बोनस वितरण गर्न नपाइने साथै पुनर्तालिकीकरण गरेवापत ऋणी सदस्यबाट कुनै प्रकारको शुल्क हर्जना लिन नपाइने ।

५. पुनर्तालिकीकरण गरिएका ऋणको किस्ता लगातार छ महिनासम्म नियमित भएपश्चात त्यस्ता कर्जाको ऋण नोक्सानी व्यवस्थावाट Write back गरिएको रकम मात्र छुट्टाई संचित मुनाफा खातामा लेखांकन गर्न सकिने ।

६. सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा ९५० मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको संचालक हुन सक्नेछ भन्ने व्यवस्था रहेकोले सो को पूर्ण परिपालना गर्नु गराउनुहुन अनुरोध गरिन्छ । यदि कुनै व्यक्ति दुई वा सो भन्दा बढी संस्थाको संचालक रहेको भए एउटा संस्थाको मात्र कायम राखी अन्यको हकमा पद त्याग गर्नुपर्नेछ ।

७. आ.व.२०८०/८१ को व्याज २०८१ साल साउन १५ गतेभित्र भुक्तानी प्राप्त भएमा आ.व.२०८०/८१ को आयको रुपमा गणना गर्न सकिने ।

८. एउटै व्यक्तिरफर्मरकम्पनीवाट लगातार दुई वर्ष भन्दा बढी नहुने गरी आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र सहकारी संघरसंस्थाको लेखापरीक्षण सम्पन्न गरी सो को जानकारी अनिवार्य रुपमा पेश गर्ने।

९. हालसम्म अद्यावधिक नभएका सहकारी संस्थाहरुले तुरुन्त यस कार्यालयमा सम्पर्क गरी संघरसंस्था अद्यावधिक गर्ने ।

१०. सहकारी संघरसंस्थाहरुले आफूलाई तोकिएको कार्यक्षेत्रभित्र रही आफ्ना सदस्यहरुसँग मात्र बचत तथा ऋणको कारोवार गर्ने र सदस्यहरुसँग नियमित सम्पर्क समन्वय गर्दै सहकारीको वास्तविक अवस्थाको सम्प्रेषण गरी सदस्यको विश्वास आर्जनमा केन्द्रित रहने।

११. सहकारी संघरसंस्थाका संचालक, लेखा सुपरीवेक्षण समितिका सदस्य, कर्मचारी तथा शेयर सदस्यहरुलाई सहकारी शिक्षा, तालिम तथा सूचना प्रदान गर्दै वित्तीय साक्षरतामा जोड दिने । संस्थामा नियमित बचत जम्मा गर्ने तथा ऋण असुली गर्ने ।

१२. सहकारी संघरसंस्थाले स्वीकृत विनियममा उल्लेखित शेयर पूँजीभन्दा बढी शेयर रकम संकलन नगर्ने, संस्थाको तत्काल कायम रहेको प्राथमिक पूँजीकोषको अधिकतम १० प्रतिशत भन्दा बढी नहुने गरी एकै सदस्यलाई ऋण प्रवाह नगर्ने, त्यसरी ऋण प्रवाह गरिएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने।
 
१३. सहकारी ऐन तथा नियमावलीले तोके बमोजिमका कोषहरुमा रकमको वाँडफाँड गरी सोको उपयोग उद्देश्य अनुरुप गर्ने।
 
१४. आफ्नै वा मानो नछुट्टिएको एकाघर परिवारको मञ्जुरीनामा लिएर बाहेक संस्थाहरुले आफ्ना सदस्यहरुलाई तेस्रो पक्ष धितो राखी ऋण प्रवाह गर्ने कार्य नगर्ने, नगराउने। सहकारी संघ, सहकारी बैंकबाट सदस्यको धितो राखी ऋण लिँदा संस्थारसंघले सदस्यलाई प्रवाह गरिएको ऋण रकम बराबरको मात्र ऋण लिई सदस्यलाई प्रवाह गर्ने, गराउने।
 
१५. सदस्यको तिर्न सक्ने क्षमता तथा धितोको वास्तविक अवस्थाको मूल्याङ्कनरविश्लेषण, व्यावसायिक योजना, ऋण लगानीको उद्देश्य र प्रयोजन, ऋणी सदस्यको परियोजनामा स्वःपूँजी लगानीको अवस्था समेतलाई मध्यनजर गरी सदस्य बनेको ३ महिना व्यतित भएपछि मात्र ऋण लगानी गर्ने।
 
१६. सहकारी संघरसंस्थाहरुको खराब ऋण कुल ऋणको ५ प्रतिशत भन्दा कम कायम गर्ने, ऋण लगानीमा असल ऋणमा १ प्रतिशत, १२ महिनासम्म भाखा नाघेको ऋणमा ३५ प्रतिशत र १२ महिनाभन्दा बढी भाखा नाघेको त्रऋणमा १०० प्रतिशत ऋण हानी व्यवस्था (Loan Loss Provision) गरेर मात्र लाभांश कोषवाट लाभांश रकम वितरण गर्ने।
 
१७. बचत तथा ऋणको कारोवार गर्दा ऋणको सन्दर्भ ब्याजदर १६ प्रतिशत भन्दा बढी नहुने गरी तथा बचत र ऋणको औसत व्याजदरबीचको अन्तर ५ प्रतिशत भन्दा बढी नहुने गरी कारोबार गर्ने।
 
१८. संस्थाको तरलता कम्तीमा १५ देखि २० प्रतिशत रहने गरी वर्तमान अवस्थाको समेत ख्याल गरी तरलता व्यवस्थापनमा चनाखो भै काम गर्ने।
 
१९. ब्याज रकमलाई साँवामा जोडी पूँजीकृत नगर्ने।
 
२०. कतिपय सहकारी संघरसंस्थामा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहका राष्ट्रसेवक कर्मचारी, शिक्षक, प्राध्यापक, जनप्रतिनिधि, बैंक वित्तीय संस्थामा कार्यरत कर्मचारी समेत संचालक समिति, लेखा सुपरीवेक्षण समिति समेतमा रहेको पाइएको हुँदा प्रचलित कानुन विपरित त्यस्ता पदमा वस्न नमिल्ने भएकोले सोको परिपालना गर्ने, गराउने ।
 
२१. कार्यालयमा पठाउनुपर्ने चौमासिक तथा वार्षिक विवरणहरु समयमै पठाउने, आफ्नो संघ/संस्थाको विवरणहरु अनिवार्य रुपमा COPOMIS प्रणालीमा समेत प्रविष्ट गर्ने ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप