NEFSCUN-MIS
नेफ्स्कून एमआइएसबाट गुणस्तर मापन र जोखिम विश्लेषण गर्न सकिने (भिडियोसहित)
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून एमआइएसबाट गुणस्तर मापन र जोखिम विश्लेषण गर्न सकिने (भिडियोसहित)

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. ले सदस्य संघ संस्थाहरुका लागि कार्यसम्पादन मापन गर्न सकिने गुणस्तर सुनिश्चतता र जोखिम विश्लेषण गर्न सकिने गरी सदस्य सूचना प्रणाली (विकास गरेको छ । 

सदस्यले वित्तीय विवरण विशेष गरी सन्तुलन परीक्षण (ट्रायल ब्यालेन्स), सदस्य संख्या र भाखा म्यादको आधारमा ऋणको वर्गीकरणका सूचनाहरु राखिसकेपछी यसले वासलात, आय विवरण, पर्ल्स प्रतिवेदन तयार गर्दछ । साथै प्रणालीले माग गरेको सुशासनका सूचकहरु अद्यावधिक गरेपश्चात यसले व्यवस्थापन प्रतिवेदन तयार गर्दछ ।

नेफ्स्कून सदस्य सूचना प्रणालीमा गुणस्तर मापनका लागि एक्सेस, प्रोबेसनको स्व मूल्याकंन सूचकहरु रहेका छन भने जोखिम विश्लेषणका लागि जोखिम विश्लेषणका स्वस् मूल्याकंनका सूचकहरु राखिएका छन । साथै यस एम आइ एस प्रणालीमा जोखिम भारित सम्पति र पूँजी पर्याप्तता मापनको गणना गर्न सकिन्छ ।

नेफ्स्कून एम आइ एस मार्फत नेफ्स्कूनका सदस्य संघ संस्थाहरुले अनिवार्य सूचना पठाउनुपर्दछ । यसले संस्थालाइ संस्थाको अवस्था विश्लेषण गर्न, कार्यसम्पादनको स्तर मापन गर्न, सदस्य संघसंस्थालाई संघसँग सञ्चार गर्न, प्रतिवेदनलाई भविष्यको लागि सुरक्षित राख्न एवम् चाहेको समयमा सजिलै प्राप्त गर्न, संघबाट गैह्रस्थलगत सुपरिवेक्षण सेवा प्राप्त गर्न सहज र सरल बनाउँछ । 

यसैगरी, सदस्य संघ संस्थाले सूचना प्रवाह गर्नाले संघले समग्र अभियानको सक्षमता र तुरुन्तै सुधार गर्नुपर्ने विषयहरुको लागि एकीकृत सूचना प्राप्त गर्न, बहस पैरवीका लागि आवश्यक सूचनाहरु संकलन र सरोकारवाला समक्ष तथ्यपरक सूचना प्रवाह गर्न, सदस्य संघ संस्थालाई सुपरिवेक्षण मार्गदर्शन गर्न संघलाई यो सदस्य सूचना प्रणाली उपयोगी हुनेछ ।

सदस्य संघ संस्थाले नेफ्स्कून सदस्य सूचना प्रणाली मार्फत कसरी सूचना अद्यावधिक गर्ने तरिका बारे संघले भिडियो तयार गरि सदस्य संघ संस्थाहरुलाइ उपलब्ध गराएको छ । सदस्य सूचना प्रणालीमा विवरण राख्न कुनै समस्या देखिएमा संघको सम्पर्क नम्बर ०१-४७९१९६३ वा ४७९०२०१ मा डायल गरि एक्स्टेन्सन २३० मा सम्पर्क गर्न सकिनेछ । साथै msd.nefscun@gmail.com  मार्फत सूचना पठाइ प्राविधिक सहयोग प्राप्त गर्न सकिनेछ ।

यसैबीच, सदस्य संघ संस्थाहरुलाई यसबारे थप सहजीकरणका लागि नेफ्स्कूनले अगामी आइतबार अर्थात् २०८१ साउन १३ गतेदेखि एक सातासम्म हरेक दिन बिहान ११ बजेदेखि १२ बजेसम्म भर्चुअल अनुशिक्षण कार्यक्रम राखेको छ । https://zoom.us/j/98909590304?pwd=PDnCtEbbf3VGuyZCoFjyII96K4U7r2.1 लिङ्कमार्फत अनुशिक्षण कार्यक्रममा जोडिनुहुन एवम् सूचना तथा जानकारी अद्यावधिक गर्न संघ विशेष अनुरोध गर्दछ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप