नेफ्स्कून-ओकू सम्बन्ध
नेफ्स्कून र ओकूबीच महत्वपूर्ण एवम् उपलब्धिमूलक छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र ओकूबीच महत्वपूर्ण एवम् उपलब्धिमूलक छलफल

काठमाडौं । विश्व क्रेडिट युनियन सम्मेलन-२०२४ मा सहभागिताका लागि अमेरिकाको बोस्टनमा रहनुभएका नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले आज विश्व ऋण परिषद् (ओकू) की प्रमुख कार्यकारी अधिकृत एलिसा म्याक्कार्टर लाबोर्डसँग नेपालको साकोस अभियानका समसामयिक विषयमा ओकूका तर्फबाट उपलब्ध हुनसक्ने प्राविधिक सहयोग एवम् सहजीकरणका साथै द्धिपक्षीय हित प्रवर्धनका विविधि विषयमा छलफल गर्नुभएको छ ।

संघका प्रमुख कार्यकारी अधिकृतले दिनुभएको जानकारी अनुसार नेफ्स्कून-ओकूबीच खासगरी लघुवित्त नवप्रवर्तन, व्यवसाय प्रवर्धन सेवा (बीडीएस), साकोसहरुमार्फत डिजिटल वित्त सेवा प्रवाहमा सहयोगी सूचना प्रविधि विकासका सम्भावना र आयामहरु, वित्तीय सहकारी ऐनका लागि बहसपैरवी, महिलाद्वारा नेतृत्व गरिएका साकोसहरुको सक्षमता अभिवृद्धिका लागि पाइलटिङका रुपमा परियोजना सञ्चालन लगायतका सम्भाव्य विषयमा विस्तृत, महत्वपूर्ण र उपलब्धिमूलक छलफल भएको थियो ।

यसैगरी, उहाँहरुले ओकूको इन्क्लुसिभ फाइनान्सियल सर्भिसेजकी प्राविधिक निर्देशक इलिन मियामिडियनसँग पनि यी यावत् विषयमा छलफल गर्नुभएको थियो ।

यस्तै, अन्य समसायिक विषयका साथै विश्व क्रेडिट युनियन सम्मेलन भव्यरुपमा सम्पन्न भएकोमा नेफ्स्कूनले ओकूलाई बधाई समेत दिएको थियो । यसैगरी, ओकूकी सिईओ एलिसाले परिषद्को बार्षिक साधारण सभा अन्तर्गत पहिलो पटक नेफ्स्कून निर्वाचनमा उम्मेदवार (सञ्चालक सदस्य पदमा) भई प्रजातान्त्रिक प्रक्रियामा सहभागी भएको भन्दै उच्च प्रशंसा गर्नुभएको थियो ।

यसैगरी, भेटमा नेफ्स्कून ओकू सम्बन्धलाई आगाी दिनमा अझै प्रगाढ बनाउँदै लाने विषयमा पनि दुबैतर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने सहमति भएको संघका प्रमुख कार्यकारी अधिकृत डा. सापकोटाले जानकारी गराउनुभयो ।
 
भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ घण्टा अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

४ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ घण्टा अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

११ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप