एजेन्सी । उत्तर अमेरिकी मुलुकहरुका क्रेडिट युनियनहरुले आज अर्थात् जुलाई २६ लाई ‘आई लभ माई क्रेडिट युनियन डे’ को रुपमा मनाउने प्रचलन छ । क्रेडिट युनियनहरुको योगदान, यिनको भूमिका र महत्व दर्शाउन खासगरी सामाजिक सञ्जालमा सुरु गरिएको यो अभियानले बिस्तारै वहृत् रुप लिएको हो ।
यो अभियानको उद्देश्य क्रेडिट युनियनमा आवद्ध सञ्चालक, कर्मचारी तथा सदस्यहरुले आफ्नो संस्था र क्रेडिट युनियनको विशेषता झल्कने कार्यक्रमहरु गरी प्रचार प्रसार र जनचेतना अभिवृद्धि गर्ने रहेको छ । क्रेडिट युनियनप्रति सदस्य, सरोकारवाला र समुदायको विश्वास र छवि उच्च बनाउने उद्देश्यका साथ यो दिवस मनाइन्छ ।
यस दिन क्रेडिट युनियनको मूल्य, मान्यता र सिद्धान्त जानकारी गराउने तथा यिनको प्रवर्धनमा भूमिका खेल्ने रचनात्मक कार्यक्रमहरु आयोजना गरिन्छ । यो दिनलाई ‘मेम्बर अप्रिसिएसन डे’ अर्थात् सदस्य प्रशंसा वा कदर दिवस’ का रुपमा समेत मनाइन्छ ।
केही क्रेडिट युनियनहरुले जुलाई २८ लाई यो दिवसका रुपमा मनाउने गरेका छन् ।
१९ घण्टा अगाडि
२० घण्टा अगाडि
२० घण्टा अगाडि
२१ घण्टा अगाडि
४ दिन अगाडि
८ दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
२० घण्टा अगाडि
२१ घण्टा अगाडि
९२६ दिन अगाडि
५८६ दिन अगाडि
५९७ दिन अगाडि
६०५ दिन अगाडि
६१२ दिन अगाडि
६२४ दिन अगाडि