सहकारी एकीकरणका लागि राज्यको प्रोत्साहनमूलक नीति आवश्यकः नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी एकीकरणका लागि राज्यको प्रोत्साहनमूलक नीति आवश्यकः नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी

प्यूठान । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले सहकारी क्षेत्रको विकास र प्रवर्धनका लागि राज्यले प्रोत्साहनमूलक एकीकरण नीति ल्याउनु पर्ने बताउनुभएको छ ।

बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्थाको सभा हल जुम्रीमा शनिबार आयोजित साकोस सञ्जाल व्यवस्थापन विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले राज्यले सहकारीलाई एकीकरण गर्ने मात्र भनेर औपचारिकता पुरा नगरी एकीकरणमा आउने संस्थालाई प्रोत्साहन गर्ने नीति लिनु पर्नेमा जोड दिनुभयो । 

कुनै पनि संस्था बाहिर हेर्दा राम्रो देखिएर मात्र नहुने भन्दै अधिकारीले एउटा मानिसको शरीर मोटो भएर मात्र स्वस्थ नहुने भए जस्तै सहकारी संस्था स्वस्थ्य हुन पनि हरेक वित्तीय तथा संस्थागत पक्ष स्वस्थ्य हुनु पर्ने भन्दै उहाँले सहकारीहरुको अब संख्यात्मक होइन गुणस्तर वृद्धि आवश्यक भएकाले त्यसका लागि बृहत रुपमा प्रोत्साहनमूलक एकीकरण अभियानको नीति ल्याउनु पर्ने प्रष्ट्याउनुभयो । 

धेरै सहकारीका सदस्यहरु दोहोरिएकोले अब संस्थाहरु एकीकरणमा जानु पर्ने बेला आएको अधिकारीले ध्यानाकर्षण गराउनुभयो । यतिवेला सहकारी क्षेत्रलाई बदनाम गर्न विभिन्न भाष्य सृजना गर्न थालिएको भन्दै नेफ्स्कूनका प्रवक्ता समेत रहनुभएका अधिकारीले दूई चार वटा संस्थाले बद्मासी गरेको कुरा उठाएर सवै सहकारी बद्मास् नै हुन् भन्ने कुरा कुनै पनि हिसाबले मान्य नहुने बताउनुभयो ।

कोरोना संकट जस्तो नागरिकले संकट खेपेको अवस्थामा सहकारी संस्थाहरुले ज्यानको बाजी राखेर सदस्यलाई सेवा पूर्याइ जनताको सुःख दुःखको साथी बनेको कुरा कसैले भुल्न नहुने स्मरण गराउनुभयो । वर्तमान समयमा सहकारीको बर्गीकरण गरी स्थानीय तह तथा सम्वन्धित निकायले सहकारी क्षेत्रको प्रवर्धनमा ध्यान दिनुका साथै नीति मिचेर जनताको रकमको दुरुपयोग गर्नेलाई राज्यले कार्वाही गर्नु पर्ने समेत बरिष्ठ उपाध्यक्ष अधिकारीले प्रष्ट्याउनुभयो ।

लुम्विनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपालको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कूनन सञ्चालक सदस्य ज्ञानु पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रमका विशेष अतिथि प्यूठान नगरपालिकाका उप‐मेयर देवेन्द्र बर्माले सहकारी संस्थालाई व्यवस्थित रुपले नीति अनुसार हिडाउन व्यवस्थापकको महत्वपूर्ण भुमिका रहने बताउनुभयो । संचालकहरुलाई नीतिमा हिडाउन व्यवस्थापकले भुमिका खेल्नु पर्ने उहाँले बताउनुभयो ।

बर्तमान समयमा सहकारी संस्थाहरुले धेरै राम्रा कामहरु गरेको भन्दै बर्माले ती राम्रा कामहरुलाई बाहिर ल्याउन तथा सहकारीलाई हित हुने खालका नीति निर्माणमा सहकारीका विभिन्न संघहरु तथा अभियन्ताहरुको लविङ्ग पुग्न नसकेको बताउनुभयो ।
 
उहाँले सहकारी क्षेत्रको विकास र प्रवर्धनमा प्यूठान नगरपालिका सदैव सकारात्मक रहेको समेत उपमेयर बर्माले जानकारी गराउनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघ लि. प्यूठानका अध्यक्ष सुशील पोखरेल ,बचत तथा ऋण सहकारी संघ लि प्यूठानका अध्यक्ष भोज बहादुर बस्नेत लगायतले मन्तव्य राख्नुभएको थियो ।

जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरुको सहभागिता रहेको कार्यक्रममा नेफ्स्कून सदस्य सेवा कार्यालय दाङ्गका इन्चार्ज विष्णु दत्त जोशीले विश्व ऋण परिषदका पहिलो र दोश्रो दशकका रणनीतिक अभ्यासहरु ,सञ्जाल साझेदारी कार्यक्रम, सञ्जाल विकासका चरणहरु, सहकारी क्षेत्रका बर्तमान समस्याका कारण र निराकरणका उपायहरु ,नेफ्स्कूनको सञ्जाल व्यवस्थापनको आगामी रणनीतिक योजना लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।

लुम्विनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को आयोजना , नेफ्स्कूनको आर्थिक तथा प्राविधिक सहयोग, बचत तथा ऋण सहकारी संघ लि. प्यूठानको सह आयोजना तथा प्यूठान नगरपालिका बिजुवारको सहयोगमा सम्पन्न भएको हो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप