‘सदस्यका लागि समाधान लिएर यहाँबाट फर्किनुहोस्’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सदस्यका लागि समाधान लिएर यहाँबाट फर्किनुहोस्’

भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लि.को सञ्चालक समिति तथा व्यवस्थापन प्रमुखले ‘कार्यसम्पादन समीक्षा तथा उत्कृष्टताका लागि योजना कार्यशाला–२०८१’ सकेर कार्यक्षेत्र फर्कदा प्रत्येक सहभागीले सदस्य संघ संस्थाहरुका लागि समाधान ‘कोसेली’ बोकेर फर्कन सुझाउनुभएको छ । 

हिजोबाट भक्तपुरमा शुरु भएको तीन दिने कार्यशालाको उद्घाटनमा मन्तव्यदेखि सत्रहरुमा प्रस्तुतीकरण गर्ने क्रममा बक्ताहरुले सदस्य हितलाई ध्यानमा राखेर नेफ्स्कूनको उपस्थितिलाई प्रबल र प्रभावकारी बनाउने गरी कर्मक्षेत्रमा खटिन संघको मानव संशाधनलाई निर्देशन दिनुभयो ।

कार्यशालामा संघका बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर अधिकारीले तीन दिने बसाइपछि सदस्यहरुका लागि गतिलो निष्कर्ष लिएर फर्कन सुझाउनुभयो । उहाँले साकोस अभियानको शुद्धीकरण र सबलीकरणमा नेफ्स्कून सञ्चालक समिति लागिपरेको जानकारी गराउँदै त्यसको व्यावहारिक प्रभाव देखाउने माध्यम कर्मचारीहरु भएको भन्दै त्यो अनुभूति हुने गरी काम गर्न निर्देशन दिनुभयो । कर्मचारीको एकताले संघ बलियो हुने भन्दै उहाँले एक्लै कुनै पनि काममा सफल नभइने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विश्वास, एकता र सहकार्यमार्फत साकोस अभियानको छवि निर्माणका लागि हामी सबै मिलेर लाग्नुपर्छ ।’ कर्मचारीहरुको वृत्ति विकास, सक्षमता अभिवृद्धि तथा रोजागारीको सुरक्षा र सुनिश्चितताका लागि नयाँ सञ्चालक समिति झनै बढी चिन्तनशील रहेको पनि बरिष्ठ उपाध्यक्ष अधिकारीले विश्वास दिलाउनुभयो । संघले साकोस संस्कृतिलाई बुझाउन फेरि एकपटक मेचीमहाकाली चेतना अभियान सञ्चालन गर्न लागेको पनि उहाँले बताउनुभयो ।

संघका महासचिव घनश्याम अधिकारीले कर्मचारीहरुलाई व्यावसायिकता विकास गर्न, उच्च मनोबलका साथ काम गर्न, अध्ययन, अनुसन्धान तथा अन्वेषणमा संघको अग्रदुत भई लाग्न विशेष आग्रह गर्नुभयो । उहाँले साकोस संस्कृतिलाई स्मार्ट संस्कृतिको पर्याय बताउँदै त्यसलाई आधार बनाएर कर्मक्षेत्रमा होमिन आग्रह गर्नुभयो । महासचिव अधिकारीले भन्नुभयो, ‘नेफ्स्कूनका कर्मचारीले निधार खुम्च्याउनुनपर्ने गरी तपाईहरुको वृत्ति विकासका लागि सञ्चालक समिति लाग्नेछ । ढुक्क हुनुहोस् ।’
यस्तै, संघका कोषाध्यक्ष दिपक थापाले पनि क्रेडिट युनियनका मूल्य, मान्यता र सिद्धान्तलाई शिरोपर गरेर सदस्यहरुको समृद्धिको आधार तय गर्ने गरी काममा लाग्न र नवीनता प्रदर्शन गर्न आग्रह गर्नुभयो । त्यसका लागि विश्व क्रेडिट युनियनसँग एकाकार हुने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । स्थानीय तहसँग आधारशिला कार्यक्रम हुँदै केन्द्रीय तहका सरकारसँग पनि विभिन्न कार्यक्रमहरुमामर्फत जोडिने तथा साकोस अभियानका समसामयिक मुद्दाहरुको बहसपैरवीमा नेफ्स्कून लाग्नुपर्ने कोषाध्यक्ष थापाको भनाइ थियो ।

यसैगरी, संघकी सञ्चालक मन्दरा मिश्रले कर्मचारीहरु संघको स्पन्दन भएको संज्ञा दिनुभयो । कर्मचारीहरुले नै संघको छवि निर्माणमा अहम् भूमिका खेल्ने भन्दै उहाँले अहिले केही समस्या र चुनौती आएपनि सबैको साथ सहयोग र सक्रियताम यस्ता खालका समस्याबाट त्राण पाउन सकिने विश्वास व्यक्त गर्दै सोही प्रकारको आत्मबल र हौसला साथ भोलिको सुन्दर भविष्य निर्माणमा लाग्न प्रेरित गर्नुभयो ।

यस्तै, संघका सञ्चालक खेमराज सुवेदीले पनि कर्मचारीहरुलाई अभिप्रेरित गर्दै प्रवेशको हिसाबले संघको कान्छो सञ्चालकको रुपमा आफूले नेफ्स्कून स्कुलिङ बुझ्दै अघि बढिरहेको बताउनुभयो । अभियानमा बिताएको लामो अनुभवका आधारमा बोल्दै उहाँले सहकारी अभियान अहिलेसम्मकै सबैभन्दा कठीन परिस्थितिबाट गुज्रिएपनि सबैको मिलेर एकदमै मिहेनतका साथ काम गर्दा साकोस अभियान र नेफ्स्कूनको गरिमा पुनःस्थापित गर्न सहजै सकिने उहाँले बताउनुभयो ।

यस्तै, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले संघलाई साकोस संस्कृति सिकाउने गुरुकुलको रुपमा चिनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । नेफ्स्कूनको विकासात्मक चरणको चर्चा गर्दै उहाँले जागरण, प्रवर्धनको कालखण्डमा साकोस संस्कृतिबारे देशब्यापी अभियान संघले चलाएपनि पछिल्लो समय संस्कृतिका सारभूत विषयहरु ओझेलमा पर्दै गएको भन्दै पुनः देशव्यापी रुपमा अभियान चलाइने जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, 'नेफ्स्कूनलाई फेरि एकपटक साकोस संस्कृतिको गुरुकुलका रुपमा चिनाउन देशब्यापी कार्यक्रम गर्नुपर्ने भएकाले रणनीतिक मार्गचित्रमा यो विषय प्राथमिकतामा परेको छ । साकोस शिक्षा वा संस्कृति पुनर्जागृत गराउने अभियान चलाउनुपर्ने समय आएको छ । तीब्र प्रतिस्पर्धा र व्यावसायिकताको बोझका कारण पनि साकोसको मौलिक तथा विशिष्ट पहिचान स्याडोमा परेको आभाष भएको छ, त्यसैले यो समय अब साकोस शिक्षा वा कल्चर सिकाउनुपर्छ र नेफ्स्कून फेरि एकपटक त्यो सिकाउने गुरुकुल बन्नुपर्छ ।'  

उहाँले नेफ्स्कूनका कर्मचारीहरु सदस्यहरुको सोलुसन भएको बताउँदै जिम्मेवारी पूवर्क उत्प्रेरित भएर काममा खटिन आग्रह पनि गर्नुभयो । संघका हरेक कर्मचारी आफै नेतृत्व लिएर काम गर्न सक्षम भएको भन्दै समयअनुसार विश्व क्रेडिट युनियन अभियान र घरेलु अभियानका जल्दाबल्दा विषयमा आफूलाई सधै अपडेटेड राख्न निर्देशन दिनुभयो ।

यसअघि, उद्घाटन सत्रमा कार्यक्रमको उद्देश्यबारे बोल्दै प्रमुख कार्यकारी अधिकृत सापकोटाले भन्नुभयो, ‘प्रफुल्ल भएर पर्फमेन्शमा ध्यान दिनुहोस् । मोटिभेशन लिएर माइन्ड खोलेर जानुहोस् । आफ्नो सदस्य सेवा कार्यालय भित्रका सबै संघ संस्थाहरुलाई नेफ्स्कूनले समेट्नुपर्छ । त्यसका लागि सदस्यहरुलाइ वर्गीकरण गरी सपोर्ट गर्नुहोस् । नेफ्स्कूनको उपस्थिति अझ बलियो बनाउने गरी तपाईहरु लाग्नुहोस् । टुगेदर वी क्यान डु मोर । आफ्नो क्षमता विकास तथा अध्ययनमा विशेष ध्यान दिनुहोस् । रिसोर्सफूल बन्नुहोस् । तपाईहरु यो तीन दिनको बसाइबाट हरेक सदस्यका लागि समाधान लिएर फर्कनुहोस् ।’

कार्यशालामा संघको सम्पूर्ण सदस्य सेवा कार्यालयका प्रमुखहरुसँगै केन्द्रीय कार्यालयका केही कर्मचारीहरुको सहभागिता रहेको छ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप