वार्षिक साधारण सभा सञ्चालन प्रक्रिया तथा निर्णय लेखन अभिमुखीकरण
'सदस्यहरुप्रति अनवरत जवाफदेहिता पुष्टि गर्ने थलो साधारण सभा हो'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सदस्यहरुप्रति अनवरत जवाफदेहिता पुष्टि गर्ने थलो साधारण सभा हो'

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले वार्षिक साधारण सभा सञ्चालन प्रक्रिया तथा निर्णय लेखन सम्बन्धी भर्चुअल अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । आज बिहान जुम प्लेटमर्फमा आयोजित कार्यक्रममा साधारण सभाको औचित्य, अवधारणा, सभा सञ्चालन, नीतिगत व्यवस्था, आम अभ्यास, साझा समस्या, समाधानका उपायहरु, निर्णय लेखन तरिका आदिबारे नेफ्स्कूनका सेवा विभाग प्रमुख एवम् सहायक कार्यकारी अधिकृत दुर्गाप्रसाद ढकालले सहजीकरण गर्नुभएको थियो । 

नेफ्स्कूनले आफ्ना सदस्य संघ संस्थाहरुका लागि महत्वपूर्ण विषयहरुमा यस प्रकारका कार्यक्रमहरु मासिक रुपमा आयोजना गर्ने जानकारीसहित वार्षिक साधारण सभाको समय भएकाले यो कार्यक्रम आयोजना गरिएको हो । अभिमुखीकरणमा साधारण सभालाई औपचारिक बैधानिक अपरिहार्य सभा भएको जानकारी गराइएको थियो ।

सहकारीको जवाफदेहिता पुष्टि गर्ने ठाउँ साधारण सभा भएको उल्लेख गर्दै सभालाई हलुका रुपमा वा तामझाम गर्ने ठाउँ वा अवसरको रुपमा मात्र लिन नहुने जानकारी गराइएको थियो । 

वित्तीय प्रतिवेदन तथा कार्य सम्पादन समीक्षा गर्ने थलो, संस्थाको नीति, कार्यक्रम तथा बजेट स्वीकृत गर्ने सभा भएको उल्लेख गरिएको थियो । 

सहकारीमा प्रजातान्त्रिक नियन्त्रण प्रणाली अभ्यास गर्ने थलो साधारण सभा भएको बताउँदै सदस्यको सर्वोच्चता कायम गर्ने ठाउँलाई सदस्यहरुको अभिमत बुझ्ने, सुन्ने र निर्णय प्रक्रियाद्धारा विधिसम्मत् गराउने सभाको रुपमा विकास गरिनुपर्ने बताइएको थियो ।

साधारण सभाले सामाजीक पुँजी निर्माणमा समेत सहयोग गर्ने भन्दै सदस्यहरुप्रतिको अनवरत जवाफदेहिता पुष्टि गर्ने ठाउँलाई त्यही रुपमा गहन, संवेदनशील र विषयकेन्द्रीत बहसको थलोको रुपमा विकास गर्नुपर्नेमा खाली तामझाम, अतिथि केन्द्रीत, पेपर एजीएम बनिरहेको भन्दै चिन्ता व्यक्त गरिएको थियो । 

हरेक सहकारीले प्रचलित कानून अधिनस्थ साधारण सभा सञ्चालन कार्यविधि, निर्वाचन निर्देशिका लगायत नीतिगत प्रबन्धहरु गरेरै जानुपर्ने आवश्यकता अभीमुखीकरणमा औंल्याइएको थियो । सभामा बहुमत सदस्यहरुको सहभागिता गराउनुपर्ने, सभालाई मितव्ययी बनाउनुपर्ने (कुल सञ्चालन खर्चको ५ प्रतिशतभित्र  सक्नुपर्ने), ८५ प्रतिशत सदस्य सन्तुष्टि सुनिश्चित गर्नुपर्ने, सूचकहरु विकास गरी सभाको प्रभावकारिता मापन गर्नुपर्ने, आदि विषयमा पनि सहजीकरण गरिएको थियो । 

सभाले सदस्यहरुलाई पनि जिम्मेवार बनाएको, कुनै न कुनै रुपमा नियामकीय संलग्नताको पनि स्पेश दिएको, सदस्यलाई सभामा प्रस्ताव राख्ने अवसर प्रदान गरेको, आदि विषयहरुमा प्रकाश पारिएको थियो । 

यसैगरी, साधारण सभाको निर्णय लेखन तरिका र साधारण सभाका साझा समस्याहरु पनि औंल्याइएको थियो । हरेक प्रस्तावहरुको निर्णय सभाबाट तत्कालै गराउने नीतिग व्यवस्थाको आवश्यकता, निर्णय लेखन समग्रतमा नगरी के कस्ता प्रस्ताव उपर के कस्तो निर्णय भयो भन्ने विषयहरु खुल्ने गरी लेख्नुपर्ने जानकारी गराइएको थियो ।

नेफ्स्कूनका बरिष्ठ अधिकृत कोमलराज अधिकारीले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुले उठाएका साधारण सभा सम्बन्धी विविध जिज्ञासाहरुको सम्बोधन सहजकर्ता ढकालले गर्नुभएको थियो । 
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२० घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप