टुगा आस्था विकास साकोसको छैठौं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
टुगा आस्था विकास साकोसको छैठौं वार्षिक साधारण सभा सम्पन्न

भैरहवा । ओमसतिया गाउँपालिका वडा नं –१, ठुटीपीपल केन्द्रीय कार्यालय रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाको छैठौं वार्षिक साधारणसभा, निर्णय प्रमाणित कार्यक्रम केन्द्रीय कार्यालयको सभाहलमा असोज १२ गते शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डीबी थापाको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघ नेपालको लेखा सुपरिवेक्षण समिति संयोजक भिम प्रसाद तुलाचनको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

एकाईगत साधारणसभा सम्पन्न गरेको साकोसले असोज १२ गते प्रतिनिधिमूलक निर्णय प्रमाणित सभा सम्पन्न गरेको हो । समुदायमा आधारित टुगा आस्था साकोसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारीका सिद्धान्तहरुलाई आत्मसात गर्दै अघि बढेको र बचत तथा ऋणको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको लागि काम गर्दै आएको छ ।

४३ जना प्रतिनिधि सदस्य तथा माइन्युट प्रमाणित प्रतिनिधिको उपस्थितिमा विनियम संशोधित प्रस्तावितसहित १० वटा कार्यसूचीमा रहेको प्रस्तावहरुलाई सर्वसम्मतिले निर्णय गरेको छ ।

प्रमुख अतिथि तुलाचनले पहिलेका सहकारीहरु सिप ज्ञान बिना संचालनमा हुने गथ्र्यो भने अब सहकारी मूल्य मान्यता अनुसार नीति, बिधि र प्रविधि अनुसार संचालन गर्न सकिएन भने जोखिम आउने बताउँदै टुगा आस्था विकास साकोसले सहकारी मूल्य मान्यता र विधि प्रविधि अपनाएको हुदाँ जोखिम नरहेकोले ढुक्क भएर कारोबार गर्न बताउदै संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रममा सल्लाहकारहरु लक्ष्मण कुमार थापा, जित बहादुर रासकोटी, बरिष्ठ सल्लाहकार भिम बहादुर पुन र प्रमुख सल्लाहकार तारा प्रसाद छन्तेलले आयातित सहकारीमा समस्या देखिएकोले स्थानीय स्तरमा संचालित सहकारीमा सदस्य बनी कारोबार गर्न आग्रह गर्नुभयो ।

टुगा आस्था विकास साकोसको असार मसान्तसम्मको कुल ८२ करोड ५७ लाखको वासलात मध्ये ७ करोड ६४ लाख सेयर पूंजी, ६२ करोड १० लाख बचत निक्षेप तथा संस्थाले करिब १ करोड ६० लाख शुद्ध बचत गरेको संस्थाका अध्यक्ष थापाले जानकारी दिनु भयो ।

सम्मान कार्यक्रम
यसैगरी टुगा बचत तथा ऋण सहकारी संस्थाले वार्षिक साधारण सभामा ५ जना शैक्षिक सम्मान गरी १ जनालाई विशिष्ट शैक्षिक सम्मान गरेको छ । पीएचडी उपाधि हासिल गर्नु भएका शेयर सदस्य डा. दिपक कोइरालालाई टुगा विशिष्ट शैक्षिक सम्मानद्वारा सम्मान गर्नुको साथै चिकित्सा शास्त्रमा एमडी, एमबिबिएस, बिडीएस उत्तीर्ण गर्नु भएका सेयर सदस्य तथा सदस्यको छोराछोरीलाई टुगा शैक्षिक सम्मान गरेको छ ।

त्यसैगरी संस्थाको उन्नति र प्रगतिमा पुर्याउनु भएको योगदानको उच्च मूल्याड्ढन गर्दै आव २०८०/०८१ को उत्कृष्ट कर्मचारीकोरुपमा अस्मिता रानालाई सम्मान गरेको छ ।  सम्मानित हुनेहरुलाई मायाको चिनो र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष परसुराम बास्तोलाको थियो भने कार्यक्रम संचालन गोकुल पोखरेलले गर्नुभएको थियो । बचत, ऋण तथा सामाजिक कार्यमा शेयर सदस्यहरुको हित कार्यमा केन्द्रीत रहेको टुगा आस्था विकास साकोसको ६ हजार ७ सय ५१ जना शेयर सदस्य छन् भने ३ वटा सेवा केन्द्रहरु रहेका छन् ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप