नेफ्स्कूनको ३३ औं वार्षिक सभाः तयारीलाई गति, सभाहल निर्क्यौलदेखि आवश्यक अन्य निर्णय गरियो
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३३ औं वार्षिक सभाः तयारीलाई गति, सभाहल निर्क्यौलदेखि आवश्यक अन्य निर्णय गरियो

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आगामी ३३ औं वार्षिक साधारण सभाको तयारीलाई गति दिएको छ । संघको गत असोज १४ गते सोमबार बसेको सञ्चालक समितिको ३ सय ३३औं बैठकले आउँदो वार्षिक साधारण सभा काठमाडौं बाहिर पुस ५ र ६ गते लुम्बिनी प्रदेशको बुटवलमा गर्ने निर्णय गरेको थियो । आगामी वार्षिक साधारण सभाको तयारीका लागि संघका बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर अधिकारीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति समेत गठन गरिएको थियो । उक्त उपसमितिले आफ्नो काम जोडतोडले सुरु गरेको छ । 

सोही सन्दर्भमा आज २०८१ कार्तिक ७ गते नेफ्स्कूनको रुपन्देही सदस्य सेवा कार्यालयमा उक्त उपसमितिका संयोजक अधिकारीको अध्यक्षतामा बसेको बैठकले आधा दर्जन प्रस्ताव उपर छलफल गरी आवश्यक निर्णयहरु समेत गरेको छ ।

उपसमिति सदस्यहरु सञ्चालकहरु कमलादेवी गिरी, ज्ञानु पौड्याल, दिप्ती शाही र गोपालप्रसाद गौतमसँगै विशेष उपस्थितिको रुपमा नेफ्स्कूनका कोषाध्यक्ष दिपक थापा र संघका पूर्व सञ्चालक एवम् लुम्बिी प्रोस्कूनका अध्यक्ष कृष्ण प्रसाद नेपाल सम्मिलित बैठकले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) लाई साधारण सभाको सभाहलको रुपमा सर्वोपयुक्त भएको निष्कर्ष सहित सोही स्थानमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । 

यस सन्दर्भमा कार्तिक ६ गते साधारण सभा व्यवस्थापन उपसमितिका पदाधिकारी, लुम्बिनी प्रोस्कून अध्यक्ष तथा संघको रुपन्देही सदस्य सेवा कार्यालय व्यस्थापन उपसमिति सदस्य समेतबाट जिल्लाका ३ वटा स्थानहरुको स्थलगत अवलोकन पछि बीआईसीसीलाई उपयुक्त स्थान भएको निचोड निकालिएको थियो ।

यसैगरी, बैठकले आगामी साधारण सभालाई सद्भावपूर्ण सहकार्यका साथ सभ्य तथा भव्य रुपमा सम्पन्न गर्न रुपन्देही जिल्लाका स्थानीय निकायहरु, लुम्बिनी विकास कोष, होटल व्यवसायी संघ, नेपाल पत्रकार महासंघ लुम्बिनी रुपन्देही शाखा लगायतसँग आगामी मंसिरको पहिलो साता संघका अध्यक्ष, उपसमिति पदाधिकारीहरु एवम् प्रमुख कार्यकारी अधिकृत सम्मिलित बैठक गर्ने सर्वसम्मत निर्णय गरेको छ । 

त्यसैगरी, आउँदो सभालाई सहकारी सञ्जालको सक्रिय सहभागितामा स्वागत, साँस्कृतिक कार्यक्रम, झाकी, सदस्य उत्पादन स्टलसँगै सहभागीहरुको लुम्बिनी भ्रमणबारे तयारी कार्ययोजना निर्माण गर्न साकोस सञ्जालसँग पनि मंसिरको पहिलो सातामै समन्वय बैठक गर्ने सर्वसम्मत निर्णय आजको बैठकले गरेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय पर्यटन वर्ष २०२५ को पूर्वसन्ध्यामा नेपालको ऐतिहासिक, पुरातात्विक, साँस्कृतिक एवम् धार्मिक महत्वको लुम्बिनी क्षेत्रमा हुने नेफ्स्कूनको ३३ औं वार्षिक साधारण सभामा देशभरबाट सहभागी हुने प्रतिनिधिहरुलाई स्थानीय साकोसहरुको समन्वय र सहभागितामा लुम्बिनी भ्रमण गराउने निर्णय समेत बैठकले गरेको छ ।

त्यस्तै, आजको बैठकले साधारण सभाका लागि विभिन्न जिल्लाबाट आउने प्रतिनिधिहरुको आवासको सहज र सर्वसुलभ व्यवस्थाका लागि हिजो लुम्बिनी प्रदेश होटल व्यवसायी संघका अध्यक्ष माधव नेपालसँग छलफल गरी प्राप्त सुझावको आधारमा व्यवस्थापनलाई आवश्यक निर्देशन समेत दिएको छ ।

यसैगरी, गुणस्तरीय खाजा खानाको आवश्यक प्रबन्धका लागि प्रक्रिया अघि बढाउन पनि उपसमितिले व्यवस्थापनलाई निर्देशन दिएको छ ।

नेफ्स्कूनले २०६४ सालपछि पहिलो पटक काठमाडौं बाहिर वार्षिक साधारण सभा गर्न लागेको हो । संघका बरिष्ठ उपाध्यक्ष एवम् उपसमिति संयोजक अधिकारीले धार्मिक, ऐतिहासिक एवम् साँस्कृतिक महत्व बोकेको बुद्धभूमिमा हुने आगामी साधारण सभामा सबै सदस्यहरुको सक्रिय र उत्साहजनक सहभागिताको लागि आग्रह गर्नुभएको छ । उहाँले संघीयताको मर्म अनुरुप साधारण सभा काठमाडौं बाहिर गर्न लागिएको बताउँदै यसले नयाँ प्रकारको सन्देश प्रवाह गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

यसैबीच, उपसमिति तथा नेफ्स्कूनका कोषाध्यक्ष दिपक थापासहितको टोलीले स्थानीय साकोसको पनि स्थलगत भ्रमण गरी वस्तुस्थितिबारे जानकारी लिनुका साथै संघको तर्फबाट आवश्यक विचारहरु समेत राखेको नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालयकी प्रमुख कल्पना भण्डारी अर्यालले साकोस आवाजलाई जानकारी गराउनुभयो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

पाठकबाट थप