स्वस्तिक साकोस: सदस्यको सफलताको कथा
‘केरा खेती र भैसीपालनबाट खर्च कटाएर बर्षमा १७ लाख बचाउँछु’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘केरा खेती र भैसीपालनबाट खर्च कटाएर बर्षमा १७ लाख बचाउँछु’

मेरो नाम मैया कुमारी कार्की हो । मेरो घर रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ३ गैंडाटारमा पर्छ । मेरो परिवारमा हामी श्रीमान् श्रीमती र २ जना छोराछोरी छौं । मेरो मुख्य पेशा व्यावसायिक केरा खेती हो । सहायक पेशाको रुपमा भैंसीपालन समेत गरेकी छु ।

मैले चन्द्रपुरस्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्यता लिएको ५ वर्ष भयो । म स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गठन गरेको नारी सचेतना बचत समूह, चन्द्रपुर–३ को सक्रिय सदस्य हुँ । सदस्यता लिए देखि मैले नियमित रुपमा समूह बैठकमा उपस्थित भई बचत गर्दै आइरहेकी छु । हाम्रो बचत समूहको बैठक हरेक महिनाको २ गते बस्ने गर्छ ।

मेरो खेतीयोग्य जग्गा ५ कठ्ठा छ । मुख्य पेशा व्यावसायिक केरा खेतीका लागि ४ बिघा जग्गा भाडामा लिएकी छु । ती सबै जग्गामा केरा खेती लगाएकी छु । केरा खेतीको लागि लिएको जग्गाको भाडा वार्षिक ४ लाख ७५ हजार रुपैयाँ छ । केरा उत्पादनको लागि चाहिने औषधी, मलखाद र ज्याला बापत वार्षिक ३ लाख ५० हजार रुपैयाँ खर्च हुन्छ । एक पटक लगाएको केराले ५ वर्ष सम्म उत्पादन दिन्छ । शुरुमा एक कठ्ठामा ८० वटाका दरले केराको बिरुवा खरीद गर्नु पर्छ । ४ विघा खेतमा शुरुमा ६४०० केराको बिरुवाको लागि १ लाख २८ हजार रुपैयाँ खर्च लागेको छ। केरा खेतीबाट सम्पूर्ण खर्च कटाएर वाार्षिक खुद आम्दानी १५ लाख हाराहारी हुन्छ ।

त्यस्तै सहायक पेशाको रुपमा उन्नत भैंसीपालन समेत गरेकी छु । भैंसी पालनमा सामान्य दाना र औषधी उपचारमा मात्र खर्च हुन्छ । मैले मासिक १५–२० हजार रुपैयाँको दूध बिक्री गर्ने गरेकी छु । दुवै व्यवसायबाट सरदर वार्षिक १७ लाख रुपैयाँ जति आम्दानी हुन्छ ।

मैले  स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ऋण लिएर यी व्यवसायका लागि लगानी जुटाएको हुँ । ऋणको किस्ता समयमै बुझाउँदै आएको छु । अब १ वर्ष भित्र सबै ऋण चुक्ता गर्ने योजना छ ।

मैले परिवारका चारै जनाको स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नियमित बचत गर्ने गरेकी छु । नियमित बचत बाहेक आम्दानीबाट बचेको रकम समेत यही सहकारी संस्थामा जम्मा गरेकी छु । यी पेशा व्यवसाय अंगालेकाले छोराछोरीलाई राम्रो विद्यालयमा पढाउन सकेकी छु ।

अहिले चन्द्रज्योती बोर्डिङ स्कूलमा छोरी  ७ कक्षा र छोरा ४ कक्षामा पढ्दैछन् । छोराछोरीको पढाई खर्च मासिक १० हजार  रुपैयाँ जति हुन्छ । यो व्यवसायबाट नानीबाबुहरुलाई राम्रो शिक्षा प्रदान गर्ने तथा व्यवसायलाई अझै विस्तार गर्दै स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको असल सदस्य र सफल उद्यमीको परिचय बनाउने धोको राखेकी छु । 

हाम्रो स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ग्रामीण क्षेत्रका आर्थिक रुपले कमजोर समुदायलाई लक्षित गरी समूह गठन गरी बचत र ऋणको कारोवार मार्फत ती व्यक्तिहरुको आयआर्जनमा टेवा पुर्याउँदै आइरहेको छ । त्यस्तै बाल क्लब गठन गर्ने र बालबालिकाहरुलाई बचत गर्न सिकाउने राम्रा कामहरु पनि गरिरहेको छ ।

स्वस्तिक दिवसको अवसर पारेर संस्थाले २०८० फागुन ९ गते आयोजना गरेको बृहत स्वास्थ्य शिविर लगायत बाल सम्मेलन, बाल भ्रमण जस्ता कार्यक्रमहरु अन्य सहकारी संस्थाहरुको भन्दा भिन्न र नयाँ छन् । अबका दिनहरुमा हाम्रो स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले हामी जस्ता उद्यमी सदस्यहरुलाई उद्यमशीलता तालिम तथा अध्ययन अवलोकन भ्रमणको कार्यक्रम राख्नेछ भन्ने अपेक्षा राख्दछु ।

आगामी दिनहरुमा समेत हाम्रो स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यसरी नै ग्रामीण क्षेत्रका महिला, दलित, जनजाति, आर्थिक रुपले पिछडिएका व्यक्ति र समुदायलाई लक्षित गरी समूह गठन गरी बचत र ऋणको कारोवार मार्फत ती व्यक्तिहरुको आयआर्जनमा उल्लेख्य भूमिका खेल्नेछ भन्ने अपेक्षा राख्दछु । साथै स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आवद्ध सम्पूर्ण सदस्य, बालबालिका, सञ्चालक र कर्मचारीहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।  

भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ घण्टा अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

४ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ घण्टा अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

११ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप