स्वस्तिक साकोस: सदस्यको सफलताको कथा
‘केरा खेती र भैसीपालनबाट खर्च कटाएर बर्षमा १७ लाख बचाउँछु’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘केरा खेती र भैसीपालनबाट खर्च कटाएर बर्षमा १७ लाख बचाउँछु’

मेरो नाम मैया कुमारी कार्की हो । मेरो घर रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ३ गैंडाटारमा पर्छ । मेरो परिवारमा हामी श्रीमान् श्रीमती र २ जना छोराछोरी छौं । मेरो मुख्य पेशा व्यावसायिक केरा खेती हो । सहायक पेशाको रुपमा भैंसीपालन समेत गरेकी छु ।

मैले चन्द्रपुरस्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्यता लिएको ५ वर्ष भयो । म स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गठन गरेको नारी सचेतना बचत समूह, चन्द्रपुर–३ को सक्रिय सदस्य हुँ । सदस्यता लिए देखि मैले नियमित रुपमा समूह बैठकमा उपस्थित भई बचत गर्दै आइरहेकी छु । हाम्रो बचत समूहको बैठक हरेक महिनाको २ गते बस्ने गर्छ ।

मेरो खेतीयोग्य जग्गा ५ कठ्ठा छ । मुख्य पेशा व्यावसायिक केरा खेतीका लागि ४ बिघा जग्गा भाडामा लिएकी छु । ती सबै जग्गामा केरा खेती लगाएकी छु । केरा खेतीको लागि लिएको जग्गाको भाडा वार्षिक ४ लाख ७५ हजार रुपैयाँ छ । केरा उत्पादनको लागि चाहिने औषधी, मलखाद र ज्याला बापत वार्षिक ३ लाख ५० हजार रुपैयाँ खर्च हुन्छ । एक पटक लगाएको केराले ५ वर्ष सम्म उत्पादन दिन्छ । शुरुमा एक कठ्ठामा ८० वटाका दरले केराको बिरुवा खरीद गर्नु पर्छ । ४ विघा खेतमा शुरुमा ६४०० केराको बिरुवाको लागि १ लाख २८ हजार रुपैयाँ खर्च लागेको छ। केरा खेतीबाट सम्पूर्ण खर्च कटाएर वाार्षिक खुद आम्दानी १५ लाख हाराहारी हुन्छ ।

त्यस्तै सहायक पेशाको रुपमा उन्नत भैंसीपालन समेत गरेकी छु । भैंसी पालनमा सामान्य दाना र औषधी उपचारमा मात्र खर्च हुन्छ । मैले मासिक १५–२० हजार रुपैयाँको दूध बिक्री गर्ने गरेकी छु । दुवै व्यवसायबाट सरदर वार्षिक १७ लाख रुपैयाँ जति आम्दानी हुन्छ ।

मैले  स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ऋण लिएर यी व्यवसायका लागि लगानी जुटाएको हुँ । ऋणको किस्ता समयमै बुझाउँदै आएको छु । अब १ वर्ष भित्र सबै ऋण चुक्ता गर्ने योजना छ ।

मैले परिवारका चारै जनाको स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नियमित बचत गर्ने गरेकी छु । नियमित बचत बाहेक आम्दानीबाट बचेको रकम समेत यही सहकारी संस्थामा जम्मा गरेकी छु । यी पेशा व्यवसाय अंगालेकाले छोराछोरीलाई राम्रो विद्यालयमा पढाउन सकेकी छु ।

अहिले चन्द्रज्योती बोर्डिङ स्कूलमा छोरी  ७ कक्षा र छोरा ४ कक्षामा पढ्दैछन् । छोराछोरीको पढाई खर्च मासिक १० हजार  रुपैयाँ जति हुन्छ । यो व्यवसायबाट नानीबाबुहरुलाई राम्रो शिक्षा प्रदान गर्ने तथा व्यवसायलाई अझै विस्तार गर्दै स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको असल सदस्य र सफल उद्यमीको परिचय बनाउने धोको राखेकी छु । 

हाम्रो स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ग्रामीण क्षेत्रका आर्थिक रुपले कमजोर समुदायलाई लक्षित गरी समूह गठन गरी बचत र ऋणको कारोवार मार्फत ती व्यक्तिहरुको आयआर्जनमा टेवा पुर्याउँदै आइरहेको छ । त्यस्तै बाल क्लब गठन गर्ने र बालबालिकाहरुलाई बचत गर्न सिकाउने राम्रा कामहरु पनि गरिरहेको छ ।

स्वस्तिक दिवसको अवसर पारेर संस्थाले २०८० फागुन ९ गते आयोजना गरेको बृहत स्वास्थ्य शिविर लगायत बाल सम्मेलन, बाल भ्रमण जस्ता कार्यक्रमहरु अन्य सहकारी संस्थाहरुको भन्दा भिन्न र नयाँ छन् । अबका दिनहरुमा हाम्रो स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले हामी जस्ता उद्यमी सदस्यहरुलाई उद्यमशीलता तालिम तथा अध्ययन अवलोकन भ्रमणको कार्यक्रम राख्नेछ भन्ने अपेक्षा राख्दछु ।

आगामी दिनहरुमा समेत हाम्रो स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यसरी नै ग्रामीण क्षेत्रका महिला, दलित, जनजाति, आर्थिक रुपले पिछडिएका व्यक्ति र समुदायलाई लक्षित गरी समूह गठन गरी बचत र ऋणको कारोवार मार्फत ती व्यक्तिहरुको आयआर्जनमा उल्लेख्य भूमिका खेल्नेछ भन्ने अपेक्षा राख्दछु । साथै स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आवद्ध सम्पूर्ण सदस्य, बालबालिका, सञ्चालक र कर्मचारीहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।  

भर्खरै
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

६ घण्टा अगाडि

अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न

७ घण्टा अगाडि

इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

७ घण्टा अगाडि

शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न
शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न

८ घण्टा अगाडि

जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न
जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न

९ घण्टा अगाडि

सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान  अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 
सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 

१ दिन अगाडि

साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता
साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता

१ दिन अगाडि

सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न
सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न

१ दिन अगाडि

पाठकबाट थप