मेरो सफलताको श्रेय : स्वस्तिक साकोस 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मेरो सफलताको श्रेय : स्वस्तिक साकोस 

धन बहादुर खड्का 
उद्यमी 

रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ५ सुन्दर बस्तीमा मेरो घर छ । श्रीमती, १ छोरा र २ छोरीहरु सहित ५ जनाको परिवार छ । मुख्य पेशा गमला उद्योग हो । विगत ८ वर्ष देखि गमला निर्माणको कामलाई निरन्तरता दिँदै आएको छु । त्यसको अलावा बंगुरपालन र ई रिक्सा चलाउने काम पनि गर्छु । मलाई यी सवै कामप्रति हौसला बढाउने र आर्थिक सहयोग उपलब्ध गराउने एक मात्र आधार स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाको नै हो । विगत १० बर्षदेखि स्वस्तिक साकोसमा शेयर सदस्य छु । साकोसद्वारा गठित उन्नतिशील बचत समूहको समेत सदस्य हुँ ।

समूहको सदस्यता लिएदेखि नियमित रुपमा समूहमा उपस्थित भई हरेक महिनाको ९ गते बस्ने बैठकमा सहभागी हुने गरेको छु । मासिक बचतलाई निरन्तरता दिएको छु । 

सुरुमा उद्योग सञ्चालनका लागि आवश्यक फर्मा र अन्य औजार खरीद गर्न रु. २५ हजार लागेको थियो । स्वस्तिक साकोसबाटै ऋण लिएर उद्योगको शुरुवात गरेको थिएँ । अहिले महिनामा ३ सय ५० देखि ४ सय थान गमला उत्पादन गरिरहेको छु । करिब ४ सय थान गमला उत्पादन गर्न रु. २० हजार लागत पर्छ । उक्त संख्यामा गमला उत्पादन गर्न ४ ट्रिप बालुवा र १५ बोरा सिमेन्ट खपत हुन्छ । १ ट्रिप बालुवा ल्याउन रु. ७ सय र १ बोरा सिमेन्टको रु. ८ सय ५० पर्छ । रंगरोगनको लागि रु. २ हजार देखि रु. ३ हजार खर्च हुन्छ । २ जनाले १० देखि १५ दिनमा उक्त गमला तयार पार्छन् । गमलाको मुल्य प्रतिगोटा रु १ सयमा बिक्री हुन्छ । औषत गमला उद्योगबाट मासिक रु. २० हजार नाफा हुन्छ ।

बंगुरपालन व्यवसायमा पनि राम्रो सफलता मिलेको छ । १ वटा माउ बंगुरबाट वर्षमा २ वेतमा १५ देखि २० वटा पाठा उत्पादन हुन्छन् । बच्चा जन्मेको सरदर १ महिना भित्र रु. ३ हजार ५ सय देखि ४ हजार सम्ममा बिक्री हुन्छ । केही पाठाहरुलाई घर मै पालेर ठूलो बनाएर पनि बेच्ने गरिन्छ । 

ई–रिक्सा चलाएर मासिक रु. २० देखि रु. २५ हजार कमाइ गर्ने गरेको छु । ३ वटै पेशा व्यवसायबाट मासिक औषत रु. ४० हजार देखि रु. ५० हजार नाफा हुन्छ । यही पेशाबाट ८ धुर घडेरी खरीद गरेको छु भने दैनिक घर खर्च धान्न र छोराछोरी पढाउन सजिलो भएको छ । दुई छोरी ११ र १२ मा पढ्दैछन् भने छोरा कक्षा ६ मा पढ्दैछ । साकोसमा केही रकम बचत गरेका छौं । श्रीमती र सबै छोराछोरीहरुको सहकारीमै खाता सञ्चालन गरी नियमित बचत गर्दै आइरहेका छौं । सहकारी संस्थाबाट सुरुदेखि हालसम्म गरी ४ पटक ऋण लिइसकेको छु भने ऋणको किस्ता र ब्याज पनि नियमित रुपमा बुझाइरहेको छु । नियमित किस्ता र ब्याज तिरे बापत सहकारी संस्थाले स्वस्तिक दिवसको अवसरमा उत्कृष्ट ऋण कारोबारी सदस्यको रुपमा समेत सम्मान गरेको छ । स्वस्तिक साकोस नै मेरो सफलताको श्रेय हो । 

ग्रामीण क्षेत्रका महिला, दलित, जनजाति, आर्थिक रुपले पिछडिएका व्यक्ति र समुदायलाई लक्षित गरि समूह मार्फत बचत र ऋणको कारोबार गरी सदस्यहरुको आयआर्जनमा सहयोग पुर्याउने स्वस्तिक बचत तथा ऋण सहकारी संस्था सम्पूर्ण सदस्यहरुका सुख दुखको साथी बनेको छ । 


साकोस परिचय

२०६९ फागुन ९ गते डिभिजन सहकारी कार्यालय, रौतहटमा दर्ता भई सञ्चालनमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि. सदस्यहरुको सुख दुखको साथी बनेको छ । स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले ग्रामीण क्षेत्रका आर्थिक रुपले कमजोर समुदायलाई लक्षित गरि समूह गठन गरि बचत र ऋणको कारोवार मार्फत ती व्यक्तिहरुको आयआर्जनमा टेवा पु¥याउदै आइरहेको छ ।

३ हजार ९०९ शेयर सदस्य र २ हजार १०८ बालबचतकर्ताहरु सहभागी साकोसको २ करोड ७ लाख शेयर पूँजी रहेको छ । १४ करोड २२ लाख बचत संकलन र १७ करोड ८८ लाख ऋण लगानी रहेको साकोसको कुल पुँजी २० करोड ५३ लाख पुगेको छ । साकोसमा १० कर्मचारी कार्यरत छन् । सञ्चालक समितिमा ९ जना (महिला ७, पुरुष २) र लेखा सुपरिवेक्षण समितिमा ३ जना (महिला २, पुरुष १) रहेका छन् भने ६ वटा बालक्लब र १ सय ४९ समुह साकोसमा आबद्ध छन् । 

सुशासनमा प्रतिबद्ध स्वस्तिक साकोस जोखिममा आधारित साकोस सुवरिवेक्षण कार्यक्रम कर्ब्समा पनि आबद्ध छ । 
 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप