सहकारीका साझा सवाल सम्बन्धी सचेतना कार्यक्रम
नेफ्स्कूनले उदाहरणीय कार्य गर्दै आएको छ: मन्त्री शाह
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनले उदाहरणीय कार्य गर्दै आएको छ:  मन्त्री शाह

सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले सहकारीहरु नाफामूलक मात्रै नभइ सेवामूलक हुनुपर्ने बताउनुभएको छ । बिहीबार वीरेन्द्रनगरमा नेफ्स्कूनले आयोजना गरेको 'सहकारीका सझा सवाल सम्बन्धी सचेतना कार्यक्रम' मा बोल्दै मन्त्री शाहले सदस्यहरुको सेवामा सहकारीहरु तल्लिन हुनुपर्ने बताउनुभएको हो ।

मन्त्री शाहले सहकारी संस्थाहरु सहरी क्षेत्रमा मात्रै केन्द्रीत भएकाले अब ग्रामिण क्षेत्रतर्फ पनि लाग्नुपर्ने सुझाव राख्नुभयो । ‘पवित्र रुपमा स्थापना भएका सहकारीहरु सदस्यहरुका काममा फोकस हुनुपर्छ। ग्रामिण क्षेत्रको अर्थतन्त्र बढाउन सहकारीको महत्वपूर्ण भूमिका हुनेगर्छ। राज्यले पनि सहकारीलाई महत्वका साथ हेरेको छ।’ मन्त्री शाहले भन्नुभयो,  ‘बचत तथा ऋणका लागि सञ्चालनमा आएका आएका सहकारीहरु ग्रामिणमुखी हुनुपर्छ । त्यहाँका नागरिकहरुको जीवनस्तर सुधारमा ध्यान दिन जरुरी छ।’

साथै मन्त्री शाहले गाउँको विकास भएपछि देशकै विकास हुने भएकाले ग्रामीण क्षेत्रका नागरिकहरुको अर्थतन्त्र उकास्नका लागि सहकारीलाई आफ्नो क्रियाकलाप गर्न आग्रह गर्नुभयो ।

यस्तै, कर्णाली प्रदेशमा सहकारीहरुको थप प्रभावकारी कार्यान्वयनका लागि कर्णाली प्रदेश सरकारले सहकारी ऐन, नियमावली जारी गरेको र भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रटारको कार्यालयले सहकारीहरुको अनुगमन गर्दै आएको मन्त्री शाहले दाबी गर्नुभयो । 

उहाँले सहकारीहरुको एकीकरण अनुगमन, सहकारी नीतिको तर्जुमा तथा कार्याविधीहरुको निर्माण गरेर मन्त्रालयले काम गरिरहेको जानकारी गराउनुभयो ।

मन्त्री शाहले बचत तथा ऋण सम्बन्धी सञ्चालनमा रहेका सहकारीहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाउन जन्मिएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले उदाहरणीय कार्य गर्दै आएको बताउनुभयो ।

यस्तै, कार्यक्रममा नेफ्स्कूनका सञ्चालक एवम् कर्णाली प्रदेश संयोजक वीरबहादुर रावत भोटेले नेफ्स्कूनका देशभर १५० भन्दा बढी कर्मचारीहरु रहेको बताउनुभयो । उहाँले भन्नुभयो,  ‘देशभरका सहकारीहरुबाट थप व्यवस्थित र गुणस्तरीय सेवा प्रदानका लागि हाम्रा १५० भन्दा बढी कर्मचारीहरु छन्। हामी विभिन्न समयमा सहकारी सञ्चालक, कर्मचारी तथा बचतकर्ताहरुसँग समन्वय र सहकार्य गरेर नयाँ योजना बनाएर अघि बढ्ने गर्दछौँ।’

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप