राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्ष पोखरेललाई बधाई एवम् शुभकामना 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्ष पोखरेललाई बधाई एवम् शुभकामना 

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्ष अर्जुनप्रसाद पोखरेललाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का तर्फबाट बधाई एवम् शुभकामना व्यक्त गरिएको छ ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, महासचिव घनश्याम अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव समेत रहनुभएका प्राधिकरणका प्रथम अध्यक्ष पोखरेललाई उहाँकै कार्यकक्षमा भेटी बधाई शुभकामना व्यक्त गर्नुभएको हो । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सचिव पोखरेललाई नै कामकारबाही गर्ने गरी प्राधिकरणको पहिलो अध्यक्ष नियुक्त गरेको थियो ।

भेटमा नेफ्स्कूनकातर्फबाट प्राधिकरण अध्यक्षको रुपमा पनि सचिव पोखरेलबाट सहकारी अभियानको विकास र प्रवर्धनका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो । यसैगरी, सहकारी अध्यादेश, नेपाल राष्ट्र बैंकबाट जारी मापदण्डको मस्यौदा तथा अन्य समसामयिक विषयमा पनि संक्षिप्त छलफल भएको थियो । भेटमा अध्यक्ष पोखरेलले सरकार र अभियानको साथ र सहयोगबाट सहकारी अभियानका समस्याहरु समाधान हुने विश्वास आफूले लिएको बताउनुभएको थियो । 

यसैगरी, नेफ्स्कूनका तर्फबाट प्राधिकरणका पदेन सदस्य तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रशासन, सहकारी तथा गरिबी निवारण महाशाखा प्रमुख सहसचिव मदन कोइरालालाई समेट भेट गरी शुभकामना व्यक्त गरिएको छ । 

सरकारले हालै जारी गरेको अध्यादेश मार्फत सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनको बाटो खोलेको हो ।

प्राधिकरणको केन्द्रीय कार्यालय ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी विकास बोर्डलाई बनाइएको छ । सहकारी अध्यादेश मार्फत बोर्ड ऐन खारेजीसँगै प्राधिकरण स्थापना भएको हो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप