राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्ष पोखरेललाई बधाई एवम् शुभकामना 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्ष पोखरेललाई बधाई एवम् शुभकामना 

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्ष अर्जुनप्रसाद पोखरेललाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का तर्फबाट बधाई एवम् शुभकामना व्यक्त गरिएको छ ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, महासचिव घनश्याम अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव समेत रहनुभएका प्राधिकरणका प्रथम अध्यक्ष पोखरेललाई उहाँकै कार्यकक्षमा भेटी बधाई शुभकामना व्यक्त गर्नुभएको हो । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सचिव पोखरेललाई नै कामकारबाही गर्ने गरी प्राधिकरणको पहिलो अध्यक्ष नियुक्त गरेको थियो ।

भेटमा नेफ्स्कूनकातर्फबाट प्राधिकरण अध्यक्षको रुपमा पनि सचिव पोखरेलबाट सहकारी अभियानको विकास र प्रवर्धनका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो । यसैगरी, सहकारी अध्यादेश, नेपाल राष्ट्र बैंकबाट जारी मापदण्डको मस्यौदा तथा अन्य समसामयिक विषयमा पनि संक्षिप्त छलफल भएको थियो । भेटमा अध्यक्ष पोखरेलले सरकार र अभियानको साथ र सहयोगबाट सहकारी अभियानका समस्याहरु समाधान हुने विश्वास आफूले लिएको बताउनुभएको थियो । 

यसैगरी, नेफ्स्कूनका तर्फबाट प्राधिकरणका पदेन सदस्य तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रशासन, सहकारी तथा गरिबी निवारण महाशाखा प्रमुख सहसचिव मदन कोइरालालाई समेट भेट गरी शुभकामना व्यक्त गरिएको छ । 

सरकारले हालै जारी गरेको अध्यादेश मार्फत सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनको बाटो खोलेको हो ।

प्राधिकरणको केन्द्रीय कार्यालय ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी विकास बोर्डलाई बनाइएको छ । सहकारी अध्यादेश मार्फत बोर्ड ऐन खारेजीसँगै प्राधिकरण स्थापना भएको हो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

५ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

७ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

७ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

पाठकबाट थप