‘सहकारी अध्यादेश समुदायमा आधारित सदस्य केन्द्रीत सहकारीहरुको अहितमा छ’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारी अध्यादेश समुदायमा आधारित सदस्य केन्द्रीत सहकारीहरुको अहितमा छ’ 

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का उपाध्यक्ष हरि कृष्ण बल्लले सहकारी मुल्य मान्यता विपरित सरकारले सहकारी अध्यादेश जारी गरेको बताउनुभयो । सोही कारण भक्तपुर जिल्ला बचत संघले उक्त अध्यादेशको विरोध गरेको बताउनुभयो । उहाँले अध्यादेश सदस्य केन्द्रीत समुदायका सहकारी संस्थाको अहितमा रहेको धारणा राख्नुभयो । सहकारी पीडितहरुको माग बचत फिर्ता भएको र अध्यादेश नभएको स्पष्ट पार्दै सहकारीमा ठगी गरेका व्यक्तिहरुलाई बचाउन र संरक्षण गर्न अध्यादेश जारी भएको भन्दै आपत्ति जनाउनुभयो ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को शिक्षा तथा संस्थागत उपसमितिको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक साझेदारीमा सञ्चालित दुई दिवसीय सम्पत्ति तथा दायित्व व्यवस्थापन तालिमको समापनमा संघका उपाध्यक्ष बल्लले उक्त धारणा राख्नुभएको हो ।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी संस्थामा दायित्वको जोखिम सहकारीको छविसँग समेत जोडिने भएकोले सहकारीले भुक्तानी गर्नुपर्ने छोटो र लामो अवधिका दायित्वको उचित व्यवस्थापनका लागि सम्पत्ति दायित्व व्यवस्थापन तालिम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले हाल जारी भएको अध्यादेशको विरोध गर्न सक्छौ तर कानुन पालना गर्दैनौं भन्न नमिल्ने भएकोले अध्यादेश अनुसार संस्थाको सम्पत्ति तथा दायित्व व्यवस्थापनका लागि अभ्यासको थलनी गर्नुपर्ने बताउनुभयो । 

संघका उपसमिति सदस्य चन्दिका छुकांले संस्थाको सम्पत्ति र दायित्व व्यवस्थापन तालिमबाट सिकेका ज्ञान सिप कार्यरत संस्थामा प्रयोग गरी दक्षता हासिल गर्नुपर्ने विचार राख्नुभयो । सघका उपसमिति सदस्य विकुलाल सुवालले सहभागिहरुलाई धन्यवाद मन्तव्य दिनुभयो ।

सहजकर्ता नेफ्स्कूनका तालिम अधिकृत श्याम राजा तिमल्सिनाले संस्थाको स्रोत र स्रोतको परिचालनमा ध्यान दिनुपर्ने कुराहरु, वित्तीय विश्लेषण, सम्पत्ति दायित्वको संचित फरक गणना, सम्पत्ति दायित्वको व्यवस्थापनका नीतिगत व्यवस्था लगायतका विषयमा सहजिकरण गर्नुभभएको थियो ।  

तालिममा सहभागीहरुले सैद्धान्तिक, नीतिगत तथा प्रयोगात्मक सहितको सिकाइ भएको भन्दै खुशी व्यक्त गर्नुभयो । तालिममा संघमा आबद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा बरिष्ठ कर्मचारीहरु गरी २४ जनाको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रम संचालन संघका कर्मचारी रोकेश जोशीले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप