नालाछाप प्रगतिशील महिला साकोसको रणनीतिक योजना निर्माण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नालाछाप प्रगतिशील महिला साकोसको रणनीतिक योजना निर्माण सम्पन्न

काठमाडौं । भक्तपुर चाँगुनारायणस्थित नालाछाप प्रगतिशिल महिला साकोसको चार वर्षीय रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला सिन्धुपाल्चोकको भोटेचौरमा सम्पन्न भएको छ । साकोसले आर्थिक वर्ष २०८२।०८३ देखि २०८५।०८६ सम्मका लागि योजना निर्माण गरेको हो । २०८१ माघ ११ देखि १३ गतेसम्म आयोजित कार्यशालामा १७ जनाको सहभागिता थियो । नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण (कर्ब्स) कार्यक्रममा आवद्ध साकोसको कुल सम्पत्ति ११ करोड ६५ लाख बढी छ ।

संस्थाकी अध्यक्ष मिरा वाग्लेको अध्यक्षतामा आयोजित कार्यक्रमको समापन सत्रमा नेफ्स्कून सञ्चालक मन्दरा मिश्रले नालाछाप साकोसले अब आफ्नो एउटा निश्चित बाटो तय गरेको भन्दै बधाई दिनुभयो । उहाँले निकै दुख र परिश्रमले संस्था यस अवस्थामा आइपुगेको भन्दै योजना कार्यान्वयनले अब थप सफलताको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।  त्यसका लागि योजनाको प्रभावकारी कार्यन्वयनमा मिश्रको जोड थियो । उहाँले सहकारीको सफलताका लागि सञ्चालक समिति, कर्मचारी र सदस्यहरुमा एकता हुनुपर्ने भन्दै सदस्य केन्द्रित भएर संस्था सञ्चालन गर्न सुझाव राख्नुभयो ।

यसैगरी, उहाँले उद्यमशीलतालाई जोड दिएर काम गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो । त्यसका लागि नालाछाप साकोसलाई स्थानीय तह, छाता संघ लगायतसँग नियमित सहकार्य गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

अर्को एक प्रसङ्मा नेफ्स्कून सञ्चालक मिश्रले सरकारले बचत तथा ऋण सहकारीको नियमनका लगि ल्याएको अध्यादेशका केही प्रावधानहरु संशोधनका लागि नेफ्स्कूनले पहल गरिरहेको पनि जानकारी गराउनुभयो । 

समापन सत्रमा संस्थाकी अध्यक्ष मिरा वाग्लेले कार्यशाला सोचेभन्दा राम्रो भएको प्रतिक्रिया व्यक्त गर्दै कार्ययोजना कार्यन्वयनको प्रभावकारितामा साकोसको सफलता भरपर्ने बताउनुभयो । उहाँले रणनितिक व्यावसायिक योजनालाई सबैले आ आफ्नो तह बाट कार्यन्वयन गर्दा पक्कै सफलता प्राप्त हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

समापन कार्यक्रम सञ्चालन संस्थाकी सचिव सरिता थापाले गर्नुभएको थियो । कार्यशाला सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत कोमलराज अधिकारी तथा अधिकृत श्यामराजा तिमल्सिनाले गर्नुभएको थियो ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

पाठकबाट थप