नालाछाप प्रगतिशील महिला साकोसको रणनीतिक योजना निर्माण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नालाछाप प्रगतिशील महिला साकोसको रणनीतिक योजना निर्माण सम्पन्न

काठमाडौं । भक्तपुर चाँगुनारायणस्थित नालाछाप प्रगतिशिल महिला साकोसको चार वर्षीय रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला सिन्धुपाल्चोकको भोटेचौरमा सम्पन्न भएको छ । साकोसले आर्थिक वर्ष २०८२।०८३ देखि २०८५।०८६ सम्मका लागि योजना निर्माण गरेको हो । २०८१ माघ ११ देखि १३ गतेसम्म आयोजित कार्यशालामा १७ जनाको सहभागिता थियो । नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण (कर्ब्स) कार्यक्रममा आवद्ध साकोसको कुल सम्पत्ति ११ करोड ६५ लाख बढी छ ।

संस्थाकी अध्यक्ष मिरा वाग्लेको अध्यक्षतामा आयोजित कार्यक्रमको समापन सत्रमा नेफ्स्कून सञ्चालक मन्दरा मिश्रले नालाछाप साकोसले अब आफ्नो एउटा निश्चित बाटो तय गरेको भन्दै बधाई दिनुभयो । उहाँले निकै दुख र परिश्रमले संस्था यस अवस्थामा आइपुगेको भन्दै योजना कार्यान्वयनले अब थप सफलताको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।  त्यसका लागि योजनाको प्रभावकारी कार्यन्वयनमा मिश्रको जोड थियो । उहाँले सहकारीको सफलताका लागि सञ्चालक समिति, कर्मचारी र सदस्यहरुमा एकता हुनुपर्ने भन्दै सदस्य केन्द्रित भएर संस्था सञ्चालन गर्न सुझाव राख्नुभयो ।

यसैगरी, उहाँले उद्यमशीलतालाई जोड दिएर काम गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो । त्यसका लागि नालाछाप साकोसलाई स्थानीय तह, छाता संघ लगायतसँग नियमित सहकार्य गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

अर्को एक प्रसङ्मा नेफ्स्कून सञ्चालक मिश्रले सरकारले बचत तथा ऋण सहकारीको नियमनका लगि ल्याएको अध्यादेशका केही प्रावधानहरु संशोधनका लागि नेफ्स्कूनले पहल गरिरहेको पनि जानकारी गराउनुभयो । 

समापन सत्रमा संस्थाकी अध्यक्ष मिरा वाग्लेले कार्यशाला सोचेभन्दा राम्रो भएको प्रतिक्रिया व्यक्त गर्दै कार्ययोजना कार्यन्वयनको प्रभावकारितामा साकोसको सफलता भरपर्ने बताउनुभयो । उहाँले रणनितिक व्यावसायिक योजनालाई सबैले आ आफ्नो तह बाट कार्यन्वयन गर्दा पक्कै सफलता प्राप्त हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

समापन कार्यक्रम सञ्चालन संस्थाकी सचिव सरिता थापाले गर्नुभएको थियो । कार्यशाला सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत कोमलराज अधिकारी तथा अधिकृत श्यामराजा तिमल्सिनाले गर्नुभएको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२२ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप